बर्दियामा अवैध रूपमा बोतलमा राखेर बेच्न राखेको दुई सय लिटर पेट्रोल नेपाल प्रहरीले बरामद गरेको छ । बर्दियाको विभिन्न पालिकामा अवैध रुपमा बेच्न राखेको पेट्रोल बरामद गरी नेपाल आयल निगमलाई जिम्मा लगाएको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न पाँचौँ प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ ।
दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको पुननिर्माण गरिएको छ । घोराही उपमहानगरपालिका –१७ चौघेरामा मन्दिरलाई पुरानै शैलीमा करिव पाँच बर्षपछि पुनःनिर्माण गरिएको हो ।
नेपालगन्जमा शुक्रबारदेखि सञ्चालनमा आएको रोजगार मेला शनिबार पनि जारी छ । मेलामा विशेषगरी बेरोजगार व्यक्तिहरूको आकर्षण देखिएको छ । बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त मेला सञ्चालनमा ल्याएको हो ।
मध्य म्यानमारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिबाना तोकेको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताउनुभएको छ।
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
शुक्रबाररातिदेखि टेंढुवा गाउँ पसेको बाघ शनिबार दिनभर स्थानीय विमला चौधरीको गहुँबारीमा बसिरहेको छ। बाघलाई नियन्त्रणमा लिनका लागि वनकर्मीको टोलीले घेरबार लगाइसकेको वडा अध्यक्ष कलवीर चौधरीले जानकारी दिनुभयो।
मकवानपुरमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र ११ जना घाइतेभएका छन्। हेटौँडा उपमहानगरपालिका–१९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरको चालकको मृत्युभएको छ।
पाँचथरको फालेलुङमा आयोजित ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार राशीको म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ प्रथम हुनुभएको छ।
भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ ।
आर्थिक सहायता कटौतीले झण्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
शुक्रबार काठमाडौँमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा भएको पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध लमजुङका पत्रकारले सडकमा विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ लमजुङले शनिवार सदरमुकाम बेसीसहरको भिमसेनस्थान चोकमा विरोध प्रदर्शन गरेको हो ।