• १९ चैत २०८१, मङ्गलबार

केपी ओली कप क्रिकेट पोखरामा

blog

प्रतियोगिताको तयारी बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, चैत १६ गते । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्(राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र उपविजेताले ५ लाख रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही २० हजार तथा हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत संस्करणमा मधेश प्रदेश च्याम्पियन बनेको थियो ।