• १ भदौ २०८१, शनिबार

अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

blog

नियन्त्रणमा लिइएको सालको काठ र ट्याक्टर ।

राधाकृष्ण डुम्रे

वालिङ, भदौ १ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अवैध सालका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका–५ रुपाखानीबाट कालिगण्डकीको मिर्मीतर्फ लैजानेक्रममा सालको काठ र लु ४ त ६५६५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सालको चिरान (चारपाटे) काठ थान ७ (सात) थान, १५.०६ क्यु फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठसहित ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय  गल्याङमा बुझाइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।