स्याङ्जाको वालिङ नगरपालिकालाई आगामी २०८३ मङ्सिर सम्ममा पूर्ण रुपमा बालमैत्री बनाइने भएको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डो-याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएकाे छ ।
बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिँचाइ गरिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते भएका छन् ।
इटहरीको मुख्य चोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ ।
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । संसद्मा विपक्षी दलहरूले उहाँमाथि उहाँका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए ।
नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।
अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिनुभएको थियो, उतिनै उहाँका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उहाँका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए ।
इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ ।
प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।
जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीया रोशनकुमार यादवको वैदेशिक रोजगारीको क्रममा मृत्युु भएको छ । वैदेशिक रोजगारीका लागि २० दिन अघि कतार गएको यादवको रोजगारीकै क्रममा यही चैत ६ गते मृत्युु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो ।
दन्तकाली क्वेरिजले धनकुटाको सहिदभूमि गाउँपालिका ७ साल्बोटे र पाखाटोलमा २५ हेक्टर क्षेत्रफलमा सिमेन्ट बनाउने ढुङ्गा निकाल्छ । क्वेरिजको मुख्य कार्यालयमार्फत शिवम्, सौर्य र रिद्धि सिमेन्ट उद्योगले यतिवेला दैनिक ४० वटासम्म टिप्परले उक्त क्षेत्रबाट ढुङ्गा लैजाने गरेको छ ।
उत्तरी वेस्ट बैंकको कल्किल्या शहरमा इजरायली सेनाले मङ्गलवार एक प्यालेस्टिनी व्यक्तिको गोली हानी हत्या गरेको छ । सैन्य सुदृढीकरणको समर्थनमा इजरायली विशेष बलहरू, यसको पूर्वी र उत्तरी दृष्टिकोणबाट शहरमा प्रवेश गरेका थिए ।