• १६ चैत २०८१, शनिबार

ट्रक दुर्घटनामा चालक घाइते

blog

बागवानी जङ्गलमा पल्टिएको ट्रक । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत १३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते भएका छन् । 

फलाम बोकेर पूर्वतर्फ हिँडेको ना. ७ ख ८६१ नम्बरकाे ट्रक मङ्गलबार राति उष्णप्रदेशीय बागवानी केन्द्रको गेट नजिकै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक निवासी ४५ वर्षीया इन्द्रबहादुर तामाङ घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

हातमा चोट लागेर घाइते तामाङको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । पल्टिएको ट्रक घटनास्थलमा नै छ । 

धमाधम विस्तार भइरहेको राजमार्गमा स्काभेटर लगाएर खनिरहेको र खनेको भागतर्फ धेरै मोड्दा ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने आशङ्का गरिएको छ ।