• १ भदौ २०८१, शनिबार

बुढ्यौली (कविता)

blog

गयो बैँस सारा गयो यो जवानी

नजानी नजानी बित्यो जिन्दगानी

कतै रङ्गमञ्च कतै घाम पानी

कतै भोक प्यासी कतै छन् सुदामा ।

कतै शीर दुख्छ कतै दुख्छ पाउ

कतै पीर दुख्छ कतै दुख्छ घाउ

चलेको छ यस्तै धरामा कहानी

नजानी नजानी बित्यो जिन्दगानी ।

यहाँ फूल रुन्छ यहाँ रुन्छ माली

छ माली बसेको छ आँसू खसाली

उज्यालो दुखेको छ यस्तै कहानी

नजानी नजानी बित्यो जिन्दगानी ।