• १ भदौ २०८१, शनिबार

गजल

blog

सम्झनाका साना नसा, सुके पनि हुन्थ्यो

एक चित्र सलबलाउँछ, लुके पनि हुन्थ्यो ।

बाहिर हेर्दा ठिकै छु म, भित्र चल्छ हुरी

मेरो जस्तै मुटु उनको, दुखे पनि हुन्थ्यो ।

सञ्जालमा कहीँ छैनन्, कहाँ गइन् उनी ?

सुटुक्क आई चौबाटोमा, ढुके पनि हुन्थ्यो ।

खरानीले छोपेको छु, मनभित्रको आगो

अधरमा अधर जोडी, फुके पनि हुन्थ्यो ।