• १ भदौ २०८१, शनिबार

युवाको कर्तव्य (कविता)

blog

देशका धेरै युवालाई छ बिदेसिने चाहना

विदेशमै बस्नलाई खोज्ने गर्छन् बहाना

सबै युवा बिदेसिए खै त देशका गहना ?

म त भन्छु विदेश बस्ने नराखौँ है चाहना ।

रोजगारीका लागि होइन पढ्न विदेश जाने हो

पढी लेखी सिकेका सिप देशमा ल्याउन आउने हो

खोज्दै हिँड्ने होइन रोजगार सृजना पो गर्ने हो

आफ्नै देशमा काम गरी देशको सेवा गर्ने हो ।

हामी देशमै बसी गरौँ विकृतिको अन्त्य

देशका सबै नागरिकको यही हो प्रमुख कर्तव्य

परिवारलाई छाडी विदेश जानु होइन उचित

देशकै निम्ति केही गरौँ बनी सबै सचेत ।