छन् छोरा दुई नाति तीन अहिले, छिन् नातिनी भोमिला । छन् हाम्रा सुतका बधू पनि अहा ! तारा तथा मोमिला ।। पूरै शिक्षित शिष्ट सभ्य सबले, भन्छन् प्रशंसा गरी । एक्लै छौँ र अशक्त छौँ दुई यहाँ, आधार छन् श्रीहरि !!
मान्नोस् विचारको सौन्दर्य बलेको छैन अझै आस्था ब्यूँझाउने जाँगर फलेको छैन अझै कुँजिएका छैनन् पाइला यात्रा चलिरहेको छ हिँड्नु साँच्चै पर्छ अठोटमा गलेको छैन अझै ।
एउटा पक्कीघरको बाहिरी भर्याङ उक्लेर चोकमा निस्किँदा केही बच्चाबच्ची भर्याङकै छेउमा बसेर मस्तीले हाँसिरहेका थिए । एकै क्षण तिनलाई नियालेँ । हाँस्दा खोपिल्टा परेका तिनका राता पुक्क परेका गालाले जो कोहीलाई नतान्ने कुरै थिएन । उनीहरूका खुसी समेट्ने रहरले फोटो खिच्न लाग्दा तिनले आफ्ना साना हत्केलाले अनुहार छेक्दै फोटो खिच्न इन्कार गरे । सायद नाम्चेमा पर्यटकका क्यामराले ताक्दा–ताक्दा तिनका आँखा नै टट्याइसकेका हुनुपर्छ । ती कोपिला संवाद र तिनका उन्मुक्त हाँसोलाई त्यहीँ छाडेर म नाम्चेबजार निहाल्न माथि उक्लिएँ ।
केही समय नेपाल, केही समय बेलायत बस्दै गर्दा रहरले बनेका पी. सिंहका चित्र तारागाउँ म्युजियमको सानो कक्षमा गत हप्ता प्रदर्शित भए– ‘भ्रमण २०२२’ को नामबाट । प्रदर्शनकक्ष सानो छ, यस अर्थले चित्रहरू पनि कमै छन् । सबैजसो चित्रहरू यथार्थपरक हुँदा अलि टाढाबाट हेर्नुपर्ने हुँदैन । अमूर्त चित्रहरू भएको भए ठूलो कोठा अनि अलि टाढाबाट हेर्न मिल्ने ठूलै कक्ष पनि चाहिन्थ्यो । उहाँको चाहिँ यथार्थवादी चित्रगत शैली हुँदा यसलाई ठूला कोठाको पनि जरुरत परेन ।
पर्यटकीय तथा धार्मिक महत्त्व बोकेको रसुवास्थित गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुद्री सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित यो कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्छ । जैनपूर्णिमाका दिन भने श्रद्धालुहरूको यहाँ भीड लाग्छ । यस क्षेत्रमा १०८ वटा कुण्ड रहेका छन् । यीमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि प्रमुख हुन् । यहाँको प्राकृतिक वातावरणले गोसाइँकुण्डको यात्रालाई अझ मनोरम बनाउँछ । यात्राका क्रममा तामाङ संस्कृतिसँग पनि जम्काभेट हुन्छ ।
वीरेन्द्रनगर सुर्खेतका सबै सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार वीरेन्द्रनगर–६ को जननमुना माध्यमिक विद्यालयमा छापा मारी उच्च अदालतको परमादेशविपरीत विद्यार्थीबाट शुल्क उठाएको आरोपमा दुई लाख ७६ हजार रुपियाँसहित विद्यालयका कागजात नियन्त्रणमा लिएको थियो। अख्तियारको सो कार्यको विरोध जनाउँदै सुर्खेतका सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।
‘अफ सिजन’मा सगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटक बढेका छन् । गत वर्ष यही समयमा दैनिक दुई/तीन जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२–१४ जनासम्म भित्रिरहेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र गाई ल्याउने प्रयास गरेको थियो । त्यो बल्ल सफल हुने भएको छ । यो सबै प्रक्रिया पूरा भएपछि उन्नत जातका २० वटा साँढे र १०१ वटा गाई ल्याइने भएको हो । अबको दुई महिनाभित्र ती साँढे र गाई नेपाल आइपुग्ने हेफर इन्टरनेसनलले जनाएको छ ।
नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएकाे उहाँका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्नसमेत समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८÷७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको बजेट प्रस्तुत गरे पनि कुल आय भने ३७ अर्ब ११ करोड रुपियाँ मात्रै रहेको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले खर्च र आय दुवैमा लक्ष्य भेट्टाउन सकेन ।
ललितपुरको सानेपामा सुरु भएको छैटाैँ महिला उद्यमी व्यापार मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन एकै थलोमा राखिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सुरु गरिएको मेलामा एकै स्थानमा सबै सामान खरिद गर्न पाउने हुँदा अवलोकन गर्ने ग्राहकको आकर्षण बढ्दै गएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा सुरु भएको मेलामा सात प्रदेशका ३० जिल्लामा महिला उद्यमीले उत्पादन गरेका सामान राखिएको छ ।
हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा आन्तरिकतर्फका १६ वटा विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन् । हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थल छन् । तीमध्ये आन्तरिकतर्फका १९ वटा विमानस्थल गौचरनमा परिर्वतन भइसकेका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये विमानस्थलमध्ये १८ वटा विमानस्थल मात्रै नाफामा सञ्चालन हुँदै आएका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थल आन्तरिक उडानमा प्रयोग हुँदै आएका छन् । तराई र उच्च हिमाली क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेका छन् ।
सायल गाउँपालिका–४ का पदम विक विगत पाँच वर्षदेखि जिल्ला सदरमुकाम सिलगढीमा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । बाबुबाजेका पालादेखि आफ्नै गाउँमा आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको उहाँको परिवार पछिल्लो समय सदरमुकाम सरेपछि गाउँका कृषकले सास्ती भोग्नुपरेको छ । अहिले सायलका कृषक कृषि औजार बोकेर एक दिनको यात्रा गर्दै पदमले सदरमुकाममा सञ्चालन गरेको आरनमा धाउने गरेका छन् ।
सुदूरपश्चिमको महत्त्वपूर्ण चार्ड गौरा पर्व नजिकिँदै गर्दा बजारमा बिरुडाको व्यापार फस्टाएको छ। बजारमा डालोमा राखिएको कलौं (सानो केराउ), गुरुँस (एक प्रकारको दाल), गहुँ, मास, गहतलगायत पञ्च अन्न राखिएको बिरुडा खरिद गर्नेको भीड लाग्न थालेको छ। गौरा पर्वका लागि नभई नहुने बिरुडा पहिला आफ्नै घरमा डालोमा जतन गरी राख्ने प्रचलन थियो। यद्यपि अहिले अधिकांशले बजारबाटै डालो खरिद गरेर गौरा पर्व मनाउने गरेको पाइन्छ।
पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।