सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसीको कटानलाई नियन्त्रण गरी बाढी प्रभावित क्षेत्रका मानिस र जमिनलाई सुरक्षित राख्न वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। सो कुरा मन्त्री कार्कीले शनिबार उदयपुरको बेलका नगरपालिका वडा नं. ८, डुम्रिबोटस्थिते कोसी कटान क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बताउनुभएको हो।
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा मासिक करोडौँ रुपियाँ राजस्व उठ्न छाडेको छ। सङ्घीय सरकारले स्थानीय तहलाई भूमिको वर्गीकरण गर्न पत्राचार गर्दासमेत नभएकाले अहिले जग्गाको कित्ताकाट गरी हुने किनबेच रोकिएको र त्यसबाट प्राप्त हुने राजस्व गुमेको जनाइएको छ। चितवनमा रहेका चारवटा मालपोत कार्यालयले गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा एक तिहाइभन्दा कम मात्रै राजस्व सङ्कलन गरेका छन्।
महाबौद्धस्थित वीर अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्नेक्रममा एक जना बिरामीको तीनवटा दाँत भाँचिएको घटना सार्वजनिक भएको छ । बिरामीका आफन्तले चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् । अस्पताल प्रशासनले भने लापरबाही गरिएको नभई, उपचार गर्दा हुने जटिल समस्याका रूपमा अथ्र्याएको छ ।
काठमाडौँ महानगरपालिकाले पहिलो पटक निर्माण गरेको सिनामङ्गलस्थित व्यायाम तथा हिँडडुल गर्ने मार्ग बर्खाको झाडीले ढाकेपछि सरसफाइ गरिएको छ । विशेष गरेर सहरी बासिन्दालाई बिहान र साँझको समयमा हिँडडुल गर्नका लागि निर्माण गरिएको त्रिभुवन विमानस्थलको गेट आसपासको क्षेत्रमा घाँसपास, झाडीले ढाकेपछि लायन्स क्लब डिस्ट्रिक ‘एच’ अन्तर्गतको काठमाडौँ बाग्मती र बबरमहल क्लब मिलेर शनिबार सरसफाइ गरिएको छ ।
नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ।
अमरराज नहर्कीतनहुँ, भदौ ४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय रहनु परेको बताउनु भएको छ । भानु नगरपालिका –१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो । गाउँमा बिजुली, पानी, मोटर बाटो पुगेर पनि आम्दानी र रोजगारी नपाएर नअडिएकोले रोजगारी र आम्दानी दिने सपना पूरा गर्न सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने सपना पुरा नभएकोले राजनीति नछाडेको पौडेले बताउनुभयो । ‘‘गाउँमै रोजगारी सिर्जना गर्ने हो । त्यसको लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो’’, पौडेलले भन्नुभयो । यो देश बनाउने कांग्रेसले, देश बचाउने पनि काँग्रेस नै भएकोले अन्तर्राष्ट्रियले विश्वास गर्ने कांग्रेस भएको उहाँको दाबी छ । कम्युनिष्टलाई विदेशीले नपत्याउँने हुँदा कांग्रेसलाई विजयी बनाउनुपर्ने उहाँको भनाइ छ । नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन र सिंहदरबारको अधिकार गाउँमा ल्याउन केन्द्रीय राजनीतिमा बढी समय दिएको पौडेलले बताउनुभयो । गएको चुनावको परिणामले जिल्लामा विकास दिन नसकेको उहाँको भनाइ छ । काँग्रेस हार्दा विकास अवरुद्ध भएर पहिले भन्दापछि परेको पौडेलले आरोप लगाउनुभयो । भानु नमूनाको नगरपालिका बनाउने आफ्नो अठोट रहेको उहाँको भनाइ छ । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्वतमान महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले तनहुँले नेताले देशकै नेतृत्व गर्ने नेता हुनु पर्ने त्यसको वरिष्ठ नेता पौडेले तनहुँबाट चुनाव लड्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस भानु नगरपालिका –१ का वडा सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको थियो ।
परराष्ट्र मन्त्री डा.नारायण खड्काले वर्तमान सरकार गठन भएपछि नेपालको अन्तराष्ट्रिय छवि धेरै सुध्रिएको र नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकाय लालायत हुन थालेको बताउनुभएको छ।
नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ ।
पुस्तकको समीक्षा कार्यक्रममा सहभागी स्रष्टा।तस्बिर : राधा लुइटेल
नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला एमालेका लागि सधैं मक्का मदिना भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उदघाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । झापाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
६ जना कलाकारका ३५ थान कलाकृति अरुपण आर्ट ग्यालरीमा शनिबारबाट प्रदर्शनी सुरु भएको छ।
कैलालीको कैलारी गाउँपालिका –७ रामपुरस्थित कटैनी नदीले बगाएको अस्थायी काठे पुल निर्माणमा स्थानीयवासी जुटेका छन् । सामुदायिक वनले काठ उपलब्ध गराएपछि भुइयाँफाँटा र रामपुर गाउँवासीले नदीमा नयाँ काठेपुल बनाउन जुटेका हुन् ।
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको चौंथो स्मृति दिवसको अवसरमा एक लाख ५० हजार राशिको पुरस्कार पुनलाई प्रदान गरिएको हो।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा उहाँको छ ।