पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो ।
कृष्ण अष्टमीकाबेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । प्रहरीले समूहका ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एउटै प्रकृतिका दुई संघ खेलकुदका आवश्यक नरहेको बताउनुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहकाबीच उहाँहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको चुरे क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार एकाबिहानै ४.८ म्याग्निच्यूटको भूकम्प गयो । भुकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको थियो ।
कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरी नेपालको प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक भएको चर्चा नेताहरुले गर्नुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकका गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो ।
भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र पर्नुभएका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।
म्याग्दीको बेनीमा आयोजित इच्छा स्मृति पाँचौं ‘एभरग्रीन कप’ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा एभरग्रीनले मालिका युवा क्लबलाई टाईब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि जितेको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ श्रीलङ्का टापुका कोशी बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । विभिन्न दातृ संस्थाबाट प्रदान गरिएको राहत सामग्री संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आतिथ्यतामा वितरण गरिएको हो ।
बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अबिवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय हुँदै सदरमुकाम चौतारा पु¥याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएको वडा अध्यक्ष चौलागाइँले जानकारी दिनुभयो ।