सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वार्ड नं १ स्थाई घर भई अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएका आङ जाङबु शेर्पालाई अमेरिकी सरकारले सम्मान गरेको छ । नेपाल शेर्पा संघ अमेरिकाको निवर्तमान अध्यक्ष शेर्पालाई प्रेसिडेन्ट भोलुन्टर सर्भिस अवार्डबाट सम्मान गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक केजी ८० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी–११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन्। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामप्रसाद ज्ञवालीले शङ्कास्पद गतिविधि देखेपछि उनलाई विमानस्थलको आगमन गेटबाट शनिबार नियन्त्रणमा लिएको जानकारी दिनुभयो।
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनले उहाँको जन्मथलो बस्तीपुर र लहान नगरवासी शोकमग्न भएका छन्। स्थानीय जमिनदार परिवारमा जन्मेर पनि समाजवादी आन्दोलनमा होमिनुभएका गिरीको निधनमा स्थानीय किसान, दलित तथा सबै तह र तप्काले शोक मनाएका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुन्जेल स्वास्थ्य लाभका लागि पूजापाठ गरिरहेका बस्तीपुरवासी गिरीको निधन भएको सुन्नेबित्तिकै राति नै बस भाडामा लिएर काठमाडौँ लागे। अहिले गाउँ खाली जस्तै छ। गिरीको जन्मघर सुनसान छ, हेरालुसमेत गिरीको पुरानो घरमा छैनन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सुरु गर्नुभएको छ । आइतबार पहिलो दिन उहाँले मन्त्रालयको कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत श्रमिकका गुनासा सुन्दै कार्यक्रमको सुरुवात गर्नुभएको हो । प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकको गुनासो सुन्ने र तिनको सामाधनका लागि पहल गर्नुहुने बताइएको छ ।
गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको अवधिमा २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली बिक्री भएको प्राधिकरणले जनाएको छ । यो अवधिमा औसत दैनिक पाँच करोड ९३ लाख रुपियाँको बिजुली बिक्री भएको छ ।
समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उहाँका केही सपना अधुरा रहेका छन्। त्यस्ता कतिपय सपना र अठोट उहाँ सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए। गिरीलाई रोगले च्यापेर दुःसाध्य अवस्थामा पु-याउँदा पनि आफ्नो वैचारिक व्यक्तित्व संसद्मार्फत जनसमक्ष प्रस्तुत गर्ने अठोट गर्नुभएको थियो। त्यसका लागि उहाँले चिकित्सकसँग झगडा पनि गर्नुभएको थियो।
स्थानीय शासन विज्ञहरूले असारे विकासको अन्त्य गर्न स्थानीय तहमा कार्यतालिकाअनुसार अब धमाधम काम थाल्न सुझाव दिनुभएको छ। आगामी २०८० सालको जेठसम्म कार्यतालिका बनाएर काम गर्दा स्थानीय तहमा असारे विकास रोक्न सकिने सुझाव उहाँहरूको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरिसक्ने बताउनुभएको छ। आइतबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भइसकेको बताउनुभयो। “१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ” उहाँले भन्नुभयो, “१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन्। अब तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ।”
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ। त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो। सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो।
"संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे। माक्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो”, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गर्नुभयो।
प्रदेश सभा सांसदले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन्।
महाकाली सिँचाइको नहरको डिलबाट नुहाउनका लागि हाम फाल्दै गरेका किशोर
चरिकोट (दोलखा) भदौ ५ गते । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले सङघीयतापछि वडा अध्यक्ष सबै भन्दा शत्तिशाली रहेको बताउनुभएको छ ।
चितवनको भरतपुर उपमहानगरपनलिकामा भूमिहीन सुकुम्बासीलाईआइतबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवनजिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभएको हो ।
जिल्लाको सिलिचोङ गाउँपालिका –३ मा एक जना भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । सो गाउँपालिकाको साप्तेल गाउँका ७० बर्षीय जुद्धमाया राईलाई आइतबार विहान भालुले आक्रमण गरेको थियो ।