• ६ साउन २०८१, आइतबार

मलद्वारबाट सुन बरामद

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ ६ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक केजी ८० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी–११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन्।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामप्रसाद ज्ञवालीले शङ्कास्पद गतिविधि देखेपछि उनलाई विमानस्थलको आगमन गेटबाट शनिबार नियन्त्रणमा लिएको जानकारी दिनुभयो। 

नियन्त्रणमा लिएका उनलाई सोधपुछ गर्दा अस्वीकार बयान दिएपछि प्रहरीले काठमाडौँ मेडिकल कलेजमा लगेर एक्स–रे गरेको थियो। एक्स–रे रिपोर्टमा पेटभित्र शङ्कास्पद पोका देखिएपछि प्रहरीले शौच गराएर सुन बरामद गरेको हो। 

प्रहरीका अनुसार बरामद सुन रसायनमार्फत गलाएर पिठो पारी बेलना आकारमा मलद्वारभित्र लुकाएको खुलेको छ। पक्राउ परेका भारतीय नागरिकलाई बरामद सुनसहित प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले तस्करीका रूपमा मलद्वारमा लुकाएर ल्याएको सुन र पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।