प्रमुख जिल्ला अधिकारी सीता परियारले दुुई दिन लगाएर उत्तरी चीनसँगका सीमामा स्थापना भएका प्रहरी चौकीको अनुगमन गर्नुभएको छ । कोरोना कहरपछि चीनसँगको हिल्सा नाका बन्द रहेकाबेला उहाँको टोलीले त्यहाँ स्थापना भएर सुचारु हुँदैआएका प्रहरी चौकीको अनुगमन गरेका हो ।
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आगामी निर्वाचनमा वाम गठबन्धन बन्ने वातावरण नरहेको बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने घोषणा उहाँले गर्नुभयो ।
लगातार तेस्रो जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् ।
काठमाडौं, भदौ ५ गते । गायक शिव परियारको नयाँ म्युजिक भिडियो 'फूलै फूल दिन्छौ कि' सार्वजनिक गरिएको छ । गीतको भिडियो 'आशिष अविरल'को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ । विवेक रसाइलीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन सौरभ लामिछानेले गर्नुभएको हो भने भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।
काठमाडौं, भदौ ५ गते । पाकिस्तानी चर्चित गायिका नायरा नूरको आइतबार निधन भएको छ । भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार ‘बुलबुल–ए–पाकिस्तान’नामबाट चिनिने ७१ नूरका भतिजा राणा जैदीले उहाँको निधनबारे जानकारी दिनुभएको हो । ‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा–ए–दिल’जस्ता गीतहरुमा उहाँले स्वर भर्नुभएको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिरहा निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएको प्रदिप गिरीको उपचारको क्रममा निधन भएको खवरले सिरहाका हरेक दलका नेताहरुले एक साझा अभिभावक गुमाएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
दोलखाको जिरी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन् । जिरी नगरपालिका –८ आहालेका अन्दाजि ५६ वषीय हर्क बहादुर जिरेल र उनकी श्रीमती अन्दाजी ५२ वर्षीया कृष्ण कुमारी जिरेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सरकारले आजबाट दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ।
भारतमा तीन वर्ष बसेर आउनुभएका अर्घाखाँचीको पाणिनि गाउँपालिका–४, पटौटीका ३० वर्षीय माधव घिमिरेलाई त्यसपछि कहिले विदेश जाने इच्छा भएन । उहाँ अहिले गाउँकै उदाहरणीय कृषक बन्नुभएको छ । गाई र भैँसीपालन गर्दै आउनुभएका घिमिरेले मासिक ४५ हजार रुपियाँको दूध बिक्री गर्दै आउनुभएको छ । “घरमा तीनवटा गाई र दुईवटा भैँसी छन्, कात्तिक, मङ्सिरमा धेरै दूध बिक्री हुन्छ । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ,” उहाँले भन्नुभयो । अन्य खेतसहित पशुपालन गरिरहनुभएका घिमिरेलाई गत वर्ष गाउँपालिकाले ४४ हजार ३६४ रुपियाँ अनुदान दिएको थियो । मासिक ४०–५० हजार रुपियाँ कमाउन गाह्रो नभएको उहाँले बताउनुभयो ।
सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो । सो निर्देशनबमोजिम अब सहकारी संस्थाले सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य सङ्ख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकमबारे सदस्यलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ । यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
वर्षभरि सञ्चालन हुने मासिक साहित्यिक शृङ्खलामा नियमित सहभागी हुने धनकुटाकी बिन्दु अधिकारी ढकाल र इलामका डम्बर पहाडीलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ।