• ६ साउन २०८१, आइतबार

‘नेता गिरी सिरहाका सबै राजनीति दलको साझा अभिभावक हुनुहुन्थ्यो’

blog

लfहान, भदौ ५ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिरहा निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएको प्रदीप गिरीको उपचारको क्रममा निधन भएको खबरले सिरहाका हरेक दलका नेताहरुले एक साझा अभिभावक गुमाएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले उहाँको निधनले देशलाई जे क्षति भयो सिरहाका नेपाली काँग्रेसलाई ठुलो क्षति भएको बताउनुभयो । काँग्रेसका नेता कार्यकर्ताहरु वैचारिक खुराक पाउने गर्दथ्यो । उहाँ नेताभन्दा पनि अभिभावक हुनुहुन्थ्यो’ यादवले भन्नुभयो ।

नेपाली काँग्रेस पार्टीमा मात्रै होइन, नेकपा एमालेले समेत उहाँको विचार र आदर्शको कदर गर्दथ्यो । गिरी नेताभन्दा पनि बौद्धिक तार्किक र दार्शनिक व्यक्तित्वको रुपमा लिएको नेकपा एमालेको केन्द्रीय सदस्य तथा सिराहा –३ का सङ्घीय सांसद लीलानाथ श्रेष्ठले भन्दै मार्क्सवादको प्रशिक्षक भएको नाताले नेकपा एमालेले एक असल नेता गुमाएको बताउनुभयो ।

मधेसी जनताको हक अधिकार स्थापित गराउन प्रदिप गिरीको महत्पूर्ण भूमिका रहेको जनता समाजवादी सिराहाका उपाध्यक्ष राकेश रोशन गुप्ताले बताउनुभयो । उहाँ नेपाली काँग्रेसको नेता मात्रै नभएर प्रजातान्त्रि आन्दोलनका एक शिखर पुरुषको रुपमा लिएको प्रतिक्रिया दिनुभयो ।

नेकपा माओवादीलाई शान्तिवार्तामा ल्याउन प्रदिप गिरीले ठूलो भूमिका खेल्नुभएको स्मरण गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व शान्ति मन्त्री विश्वनाथ साहले भन्नुभयो,‘देशलाई क्षति भएपनि सिराहा जिल्लालाई अपूरणीय क्षति भएको छ । उहाँको आदर्श सादा जीवन उच्च विचारको शैली सबै दलका नेताहरुले अपनाउन सके मात्रै सच्चा श्रद्धाञ्जलि हुनेछ ।’

लाहान –१४ खुटी नदीको किनारमा आश्रम बनाएर चिन्तन गरिरहने गिरी गरीब दलितको हितमा ठूलो काम गर्नुभएको दलित अभियानकर्मी विनोद बिसुन्केले भन्दै उहाँकै योगदानले अभियान चलाएर दलितहरुलाई अधिकारको लागि जागरुक बनाउन सकेको बताउनुभयो ।

१८ वर्षकै उमेरमा उहाँको पिता नेपाली काँग्रेसका नेता मित्रलाल गिरी देश निकालामा परेपछि भारतमा बसेर अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका गिरी जस्तो नेता अब सिराहा जिल्लामा नेपाली काँग्रेसले पाउन नसक्ने बस्तीपुरका स्थानीय वीरेन्द्रकुमार यादवले तर्क गर्नुभयो ।

सन्त नेताको रुपमा छवि बनाउनुभएका गिरीको अन्तिम संस्कार उहाँकै राजनीतिक चिन्तत गर्ने लाहान –१४ खुटी किनारको आश्रमम हुनुपर्ने मैथिली साहित्यकार धिरेन्द्र प्रेमर्षिले ध्यानाकर्षण गर्नुभयो । नेता गिरीको आश्रलाई राजनीति पर्यटकीय केन्द्रको रुपमा विकास गरेर उहाँको योगदानलाई कदर गर्नुपर्ने समकक्षी मानव अधिकारवादी नेता राजकुमार राउतले सुझाउनुभयो ।

Author

जिवछ यादव