• ६ साउन २०८१, आइतबार

दोलखाको जिरीमा एक दम्पती मृत फेला

blog

दोलखा, भदौ ५ गते । दोलखाको जिरी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन  । जिरी नगरपालिका –८ आहालेका अन्दाजी ५६ वर्षीय हर्कबहादुर जिरेल र उनकी श्रीमती अन्दाजी ५२ वर्षीया कृष्णकुमारी जिरेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

श्रीमान् आफ्नै १ तले घरको सुत्ने कोठाको दलिनमा पासो लगाइ झुन्डिएको अवस्थामा र श्रीमती घरदेखि एक हजार पाँच सय मिटरमा रहेको बोक्से भीरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले बताउनुभयो । 

दुबै जनाको शवलाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल जिरीमा लगिएको निरिक्षक सिग्देलले बताउनुभयो । 

घटनाबारे थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।  


Author

सुजन काफ्ले