राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि १६ अर्ब २० करोड रुपियाँ थप बजेट सुनिश्चित गरेको छ । कृषि मन्त्रालयको मागअनुसार अर्थ मन्त्रालयले रकम सुनिश्चित गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । रकमको सुनश्चित भइसकेपछि भारतबाट मल ल्याउनका लागि प्रचिङ अर्डर (पीओ) पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
राजधानीमा डेरा गरी बसेर उच्च शिक्षा हासिल गरिरहेका दुर्गमका विद्यार्थीलाई यसै साता निःशुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले करिब १० हजार यस्ता विद्यार्थीलाई दिने तयारी गरे पनि दुई हजार आठ सय आवेदन मात्र योग्य भएकाले हाल यतिलाई मात्रै विद्युतीय चुलो उपलब्ध गराउने तयारी गरिएको हो ।
प्रशासन यन्त्रलाई कुनै पनि देशको स्थायी सरकार भनेर चिनिन्छ। राजनीतिक नेतृत्व जनादेशअनुसार फेरबदल भइरहे पनि कर्मचारी संयन्त्र उही रहेर आम नागरिकलाई सेवा प्रवाह गरिरहन्छ। कर्मचारीको मनोबल उँचो राख्न नसकिएसम्म आम नागरिक अर्थात् सेवाग्राहीले सरकारी सेवा प्रवाह चुस्त, दुरुस्त तथा प्रभावकारी तवरले प्राप्त गर्न सक्ने अवस्था रहँदैन। नेपालमा निजामती सेवा कर्मचारीको हितमा सङ्घीय निजामती सेवा ऐन निर्माणका निम्ति लामै गृहकार्य नभएको होइन। प्रयास हुँदाहुँदै पनि हालसम्म सोसम्बन्धी विधेयकले सार्थक निकास दिन सकेको छैन। विधेयक निर्माणकै प्रक्रियामा छ। निजामती कर्मचारी चाँडो नयाँ ऐन बनोस् भन्ने चाहना र प्र
केही विषयवस्तु विवादमा आइरहन्छन्। कुनै विषय विवादित बनाइन्छ, कुनैमा विवाद नै हुन्छ। दुवैथरीको उपचार आवश्यक छ। अहिले नागरिकता विधेयक सम्बन्धमा विवाद बनाइएको छ। २०४७ सालमा बहुदलीय व्यवस्थाको संविधान जारी गर्दाको अवस्थामै तराईका समस्या समाधान गर्न भनेर नागरिकता ऐन, २०२० बमोजिम अङ्गीकृत नागरिकता प्राप्त गरेकालाई नागरिकसरह नै मानेको थियो। २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्मेका, नेपालमा नै स्थायी बसोबास गरिआएकालाई जन्मसिद्ध नागरिकता दिने गरी संविधानमा व्यवस्था गरियो। यो कामको निम्ति निवेदन दिन दुई वर्षको समय दिइयो। यसरी नेपालमा वंशज र जन्मसिद्ध नागरिकताको प्रारम्भ भयो। यही बेलादेखि नै नागरिकताको भाँडभैलो भयो। अर्को नागरिकता ऐन, २०२० को दफा ६ (२) ले नेपालीसँग विवाह गरेर आएकी महिलाले नेपालको नागरिकता लिन सक्ने व्यवस्था गरियो। यो २००९ सालको नागरिकता ऐन र त्यसअगाडिको व्यवहारलाई निरन्तरता दिएको हो।
अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय सङ्गठनका रूपमा रहेका अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क छन्। देशको अर्थतन्त्र कसरी बलियो र समृद्ध बनाउने भन्ने सम्बन्धमा यिनीहरूको ठूलो भूमिका हुन्छ। अर्थ मन्त्रालयको नेतृत्व अर्थमन्त्रीले गरेका हुन्छन् भने नेपाल राष्ट्र बैङ्कको नेतृत्व गभर्नरले गरेका हुन्छन्। अर्थ मन्त्रालयमा राजनीतिक प्रभाव परेको हुन्छ भने नेपाल राष्ट्र बैङ्क स्वतन्त्र संस्था हो। यसले आफ्ना गतिविधि स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने प्रावधान नेपाल राष्ट्र बैङ्क ऐनले दिएको छ। त्यसैले देशको अर्थतन्त्रलाई प्रभावकारी बनाउन यी दुई सङ्गठनको महत्वपूर्ण भूमिका हुन्छ।
दुई/दुई पटक संसद् विघटन गरेर आफ्नो महत्त्वाकाङ्क्षा परिपूर्ति गर्न मरिहत्ते गर्ने नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओली निश्चय नै बूढा नेता हुन्। आफ्नो पार्टीको करिब करिब दुईतिहाइको बहुमत सम्हाल्न नसकेर सङ्घीय गणतन्त्र स्थापना भइसकेपछिको नेपालको राजनीतिलाई अस्थिर बनाई धमिलो पानीमा माछा मार्ने उद्देश्य राख्ने ओली उमेर र कार्यशैलीका कारण राजनीतिबाट बाहिरिनुपर्छ भन्ने चाहना जनताले राख्नुलाई स्वाभाविकै मानिएला। असमयमै संसद् ढालेर राजनीति अस्थिर बनाइयो भने लोकतन्त्रमाथिको जनआस्था डगमगाउन सक्छ। त्यसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेतृत्व लिन अभिप्रेरित गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल र अस्थिर राजनीतिको बागडोर सम्हाल्ने देउवा दुवै नेतालाई बूढा भए भनी ओलीसँगै एउटै तुलोमा राखेर जोख्न कत्तिको उपयुक्त हुन्छ, मननीय विषय हो।
लोकतन्त्रमा सुशासन कायम गर्न सञ्चारको महत्त्वपूर्ण भूमिका रहन्छ। लोकतन्त्रको आधारभूत तत्त्व सुशासन हो। लोकतन्त्रमा सुशासन कायम हुन नसके लोकतान्त्रिक शासन व्यवस्थाको अर्थ हुँदैन। लोकतन्त्र र स्वतन्त्र सञ्चार (प्रेस) एकअर्काका परिपूरक हुन्। यिनीहरूबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ। स्वतन्त्र पे्रसबिना लोकतन्त्र अधुरो हुन्छ। अर्थात् लोकतन्त्र नाम मात्रको हुन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।
सुर्खेतस्थित सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थीको चापका कारण निजी शिक्षक राख्नुपर्ने बाध्यताका कारण अभिभावकबाट शुल्क लिनुपरेको बताएका छन्। राज्यले विद्यालयलाई आवश्यक भौतिक पूर्वाधार, शिक्षक उपलब्ध गराएको अवस्थामा अभिभावकबाट कुनै पनि शुल्क नलिइनेसमेत बताएका छन्। जननमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले अभिभावकबाट रहरले नभई बाध्यतावश शुल्क लिनुपरेको बताउनुभयो। उहाँले शिक्षकको अनुपातमा विद्यार्थीको सङ्ख्या कैयन् गुणा धेरै भएकाले अभिभावकको सहयोगबिना पठनपाठन सञ्चालन गर्न समस्या हुने बताउनुभयो।
बैतडीमा एकै परिवारका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन्। आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्। दुई बहिनीमध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा रहेका छन्। बाँकी दुई जना शिक्षण पेसामा छन्।बैतडीको मेलौली नगरपालिका–७, गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको पढाइसमेत पूरा गरेका छन्। भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए। नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भन्नुभयो, “लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे। छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ।”
पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनुभयो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बाराका अधिकांश पुल जीर्ण हुँदा सवारीसाधन आलोपालो गुडाउनुपर्ने बाध्यता रहेको छ। झन्डै पाँच दशक पहिला निर्माण भएका ती राजमार्गअन्तर्गतका पुलको मर्मत कार्य नहुँदा एकतर्फी मात्र सवारीसाधन सञ्चालन हुने गरेका छन्। यो सडकमा २४औँ घण्टा आवतजावत गर्ने सवारीसाधनहरू घण्टौँसम्म रोकिँदा गन्तव्यतर्फ जान ढिलो हुने गरेको छ। अधिकांश पुलको पाया भासिसकेका छन्, पुलमा प्रयोग भएको डन्डीहरू खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । तोकिएको समयमै सम्बन्धित ठाउँमा पुग्ने हतारसँगै दुवैतर्फ चारकोसे जङ्गल भएकाले सुरक्षाको चुनौतीलाई पनि सामना गर्नुको साथै बाटोमा घण्टौँसम्म कुर्दा गाडी साहु र यात्रुको गाली खानुपर्ने आफूहरूको बाध्यता बनेको चालक बृजकिशोर सिंहले बताउनुभयो ।
उपचारको क्रममा शनिबार राती निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि ९आइतबार० गरिने भएको छ ।
नदीको धार परिवर्तन भएपछि निर्माण कार्य रोकिएर अधुरो रहेको दुर्गाभगवती गाउँपालिका–५ स्थित रौतहट र सर्लाही जोड्ने बागमती पुलको पुनर्निर्माण सुरु भएको छ। छिमेकी जिल्ला जोड्ने महत्त्वाकाङ्क्षी परियोजनाअन्तर्गत लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा ठेक्का सम्झौता गर्दै २०७० जेठ ३० मा काम सम्पन्न गर्न पुल निर्माण सुरुलगत्तै नदीले धार परिवर्तन गरेपछि बन्द भएको निर्माण कार्य १२ वर्षपछि पुनः सुरु भएको हो।