• ६ साउन २०८१, आइतबार

अध्यक्ष ओली, दाहाललगायतका नेताबाट शोक सन्देश जारी

सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी

blog

काठमाडौं, भदौ ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

नेता गिरीको निधनको खबरले अत्यन्त दुः खी बनाएको र हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं, उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ । उहाँले शोकाकुल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ । 

नेताहरुबाट पनि समवेदना

नेता गिरीको निधनप्रति नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीद्वारा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको उहाँले बताउनु भएको छ । अध्यक्ष ओलीले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 


नेता गिरीको निधनप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली राजनीतिक बाैद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तकलाई गुमाएको भन्दै उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै  शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 


त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गिरीको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । नेपाली राजननीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको उहाँले बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप दाइले पुराउँनु भएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहने उहाँको भना छ । नेता कोइरालाले शोकाकुल यस समयमा समस्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।