नयाँ दिल्ली, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ। भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ।जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ। जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’ मा सहकार्य गरिरहेका छन्।मोदी र आबेबीच उहाँ प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो। सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेट्नुभएको थियो। गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गर्नुभएको थियो। जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उहाँ होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उहाँको अवस्था गम्भीर बन्दै गएको थियो।त्यही दिन स्थानीय अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो। आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो। सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ।यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो। (रासस/एएनआई)
२० वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि बुधबार प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।
धीरेन्द्रप्रसाद साहजनकपुर, भदौ ८ गते । उच्च अदालत जनकपुरले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको हो ।२०७८ फागुन १५ गते दर्ता गरिएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । निहारिकाले न्यायकाे माग गर्दै लामाे समयदेखि विभन्न खालका आन्दोलन गर्दै आउनुभएको छ ।
तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।
गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको पशुवधशाला प्रयोग विहिन भएको छ । निर्माण भएको वर्षौ बितिसक्दा समेत सो वधशालाको सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ । वधशालाको प्रयोग नहुँदा स्वस्थ मासु र माछा पाउन समस्या भएको स्थानीयको भनाइ छ ।
नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गर्नुभएको छ । एमाले मुख्यालय च्यासलमा सामुहिक भेट भएको सो दलले जनाएको छ ।
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो।
दाङको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ।
बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ डुम्रिबोटे लाहुरे खोचबाट सप्तकोसी नदी गाउँ पसेपछि विस्थापित भएका तीन सय परिवारलाई लायन्स क्लब ३२५ एफले राहत सामग्री वितरण गरेको छ।