काभ्रेपलाञ्चोकको बनेपामा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा कन्याहरुको पूजा गर्ने प्रचलन रहेको छ ।
अष्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गर्नुभएको छ। शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उहाँले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गर्नुभयो।
निर्वाचन आयोगले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको विषयमा स्पष्टीकरण माग गरेको छ।
काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै शुक्रबार सामूहिक प्रार्थना सभा गरिएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइ रहनु भएका राजनीतिक विश्लेषक, समालोचक एवं साहित्यकारसमेत रहनुभएका नेता गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै सामूहिक प्रार्थना सभा गरिएको हो।समाजवादी चिन्तक गिरी विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ। भारतमा उपाचारपाछि स्वास्थ लाभ गरिरहनु भएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। मेडिसिटी अस्पतालको आईसीयूमा उपचारत गिरीको स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस वैचारिक अभियानले नेपाल सांस्कृतिक संघ डिल्ली बजारमा प्रार्थना सभाको आयोजना गरेको हो। सभामा नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली राजनीतिलाई मुल बाटोमा डोर्याउने नेता गिरी जस्ता चिन्तक देशलाई अझ आवश्यक रहेकाले पुनः स्वास्थ्य लाभको कामना गर्नुभयो। नेता साउदले भन्नुभयो, “श्रद्धेय नेता र बौद्धिक व्यक्तित्व प्रदीप गिरीजी अस्पतालको शैय्यामा हुनुहुन्छ, युवराज खातीले कार्यक्रमको आयोजना गरेको मैले उहाँलाई सुनाएँ। सायद सुन्नुभयो होला। तर, केही प्रतिक्रिया दिन सक्नु भएन।”
छायाँनाथ रारा नगरपालिका ११ रोवा गाउँका अजबहादुर कुमाइको बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको छ । साँझ ५ बजेतिर पाटनको बागजलेमा भेडा चराउँदैगर्दा कुमाइलाई चट्याङ लागेको थियो । चट्याङ लागेर एक जना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरिएको अल्ट्रासाउण्डसहितको उपकरणहरु प्रयोगविहीन बनेका छन् । खडक नगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज रुपमा सेवा दिन गत आर्थिक वर्षको बजेटले खरिद गरेको अल्ट्रासाउण्ड मेसिन, एक्सरे, इसीजी मेसिन जनशक्ति अभावको कारण सञ्चालनमा आएको छैन ।
गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनु भएको छ।
छत्रेश्वरी गाउँपालिका–२ कालाखोलामा श्रमदान गरी स्थानीयले पुल निर्माण गरेका छन् । बर्खाको समय आवतजावतमा समस्या हुने भएपछि स्थानीयले गाउँघरमै पाईने वाँसको प्रयोग गरेर पुल निर्माण गरेका हुन ।
काठमाडौं, भदौ ३ गते । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी हुनुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समजावादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुभएको छ। परियारले बैठकमा राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको छलफल हुँदै आएको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटमा शीर्ष नेतासँग छलफलपछि सहमति जुटाउने जनाएको थियो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर संगठन ई–रिक्सा दमक नगर समितिको तेस्रो नगर अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभयो ।
काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो। उहाँले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले भन्नुभयो, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ। तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो।’’तीन तहको सरकारले फोहोर उठाउन नसक्नु लज्जाको विषय भएको उहाँको टिप्पणी छ। महामन्त्री शर्माले थप भन्नुभयो, ‘‘मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ।’’उहाँले समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनुभयो।
सर्लाहीसहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाईको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ ।
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । शुक्रबार मात्रै गुल्मीमा ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
बागलुङको दक्षिण भेग जोड्ने मुख्य सडक अवरुद्ध भएको एक महिनापछि पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङ गएको ठूलो पहिरोले रोकिएको बागलुङ मालढुङ्गा–कुश्मिसेरा सडकमा पहिरो हटाएर एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको हो ।