• ११ मंसिर २०८१, मङ्गलबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ३ गते । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी हुनुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समजावादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुभएको छ। परियारले बैठकमा राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। 

मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको छलफल हुँदै आएको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटमा शीर्ष नेतासँग छलफलपछि सहमति जुटाउने जनाएको थियो।