भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो ।
काठमाडौं, भदौ ३ गते । झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवद् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युबबाट फिल्मबारे जानकारी दिइएको हो । जनकपुरधामको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा उहाँकाे प्रस्तुती देख्न सकिन्छ ।सार्वजनिक टिजरले फिल्मको मुख्य पात्र गीतको चरित्रलाई स्थापित गरेको छ । फिल्मको नायक भने सार्वजनिक गरिएको छैन ।२०८० सालको वैशाख १ गतेकाे रिलिज घोषणासमेत गरिएको छ । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सहनिर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ हुनुहुन्छ ।सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, उत्तम न्यौपानेको ध्वनि डिजाइन रहेको छ । कृष्ण जन्माष्टमीमा फिल्मको औपचारिक घोषणा भएको हो।
कपिलवस्तुको शिवराज नगरपालिकामा तीज महोत्सव सञ्चालनमा आएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सञ्चालनमा आएको महोत्सव भाद्र १४ गतेसम्म चल्ने बताइएको छ । तीजको अवसरमा पर्यटन प्रवर्धन सँगै कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बिहीबारदेखि सुरु भएको हो ।
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमृत कोषको स्थापना गरिनु मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभएको छ । परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीको ६३ औं वार्षिकोत्सव तथा स्तनपान व्यवस्थापन केन्द्रको शुक्रबार यहाँ उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो ।
काठमाडौं, भदौ ३ गते । प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । 'जी म्युजिक कम्पनी'बाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर सार्वजनिक गरिएको हो । निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुनेछ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ । फिल्म सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको हो । प्रदीप र मनीषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायाङ्कन गर्नुभएको हो । हिन्दी टिजरनेपाली टिजर
चितवनमा शुक्रबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार शुक्रबार बिहान रत्ननगर नगरपालिका ९ मा पर्ने पूर्व–पश्चिम राजमार्गको टिकौलीको खगेरी खोला पुल नजिकै नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा रत्ननगर ९ गणेशचोक बस्ने बर्ष ७५ को खडकबहादुर रानामगरको मृत्यु भएको हो ।
बैतडीको सिगास गाउँपालिकामा दुई जना युवायुवती चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सिगास गाउँपालिका –३, घर भएका २० वर्षीय केशव दमाई र १९ वर्षीय रमतिा विक सिगास गाउँपालिका– ५, खयरकोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शुक्रबार दनौलीमा सञ्चारकर्मीसँग कुरा गनुहुँदै नेता पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको हो ।
काठमाडौं, भदौ ३ गते । अक्षयकुमार अभिनीत फिल्म ‘कठपुतली’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा अक्षय प्रहरीको भूमिकामा देखिनुभएको छ । फिल्म ‘कठपुतली’ तमिल फिल्म ‘रत्सासन’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षयसँगै रकुल प्रीत कौर पनि मुख्य भूमिकामा हुनुहुन्छ । निर्माण टिमले फिल्मको टिजर सेयर गर्दै यो फिल्म सेप्टेम्बर २ मा 'ओटीटी'मा रिलिज हुने बताएको छ ।
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बुबा र छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले शुक्रबार पनि पदाधिकारी टुङ्गो लगाउन सकेन । शुक्रबार बिहान ९ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी चय गर्ने विषयमा छलफल भएको थियो ।