हुम्लाको सदरमुकाम सिमकोटकमा लटरम्म फलेका स्याउ ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा सम्पन्न गर्न, गराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।
काठमाडौं, भदौ २ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानी जन्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको बताउनुभएको छ। बिहीबार खाद्य सुरक्षा सम्बन्धी दुई दिने कार्यशालालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। उहाँले खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबैले प्रयत्न गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो।प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानी जन्य वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै विदेशबाट आयात गर्नुपर्ने अवस्था चिन्ताको विषय हो। मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरेर आन्तरिक खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबै प्रयत्नरत हुन आवश्यक रहेको छ।’’ उहाँले नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यवस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्थाले व्यापार घाटा उच्च बन्दै गएको सन्दर्भमा नेपाल सरकारले कार्यान्वयनमा ल्याएका कृषि आधुनिकीकरण परियोजना, चैते धान र बर्षे धान प्रवर्द्धन जस्ता कार्यक्रमबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा दुई दिनसम्म चलेको ‘नेपालमा खाद्य सुरक्षा’ विषयक कार्यशाला बिहीबार सम्पन्न भएको छ। प्रधानमन्त्री देउवाको उपस्थितिमा कार्यशाला सम्पन्न भएको हो।खाद्य सुरक्षा सम्बन्धी समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयको विश्लेगषण गरेर राय सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा दुई दिने कार्यशाला गरेको हो। प्रधानमन्त्री देउवाले खाद्य सुरक्षा जस्तो समसामयिक तथा महत्वपूर्ण विषयमा विषय विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिलाई सहभागी गराई आयोजित सेमिनारका लागि नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई धन्यवाद दिनुभयो।यस किसिमको सेमिनारले सरोकारवाला निकायलाई खाद्य सुरक्षाका विविध पक्षका बारेमा जानकारी प्राप्त हुनुका साथै आगामी दिनमा खाद्य सुरक्षा सम्बन्धी मार्ग निर्देशन गर्ने विश्वास गरिएको छ।
भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहिबार एक कार्यक्रमबीच विदाई गरियो ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित खेल मैदानमा गोरखापत्र अनलाइनका फोटो पत्रकार मनोजरत्न शाहीको एकल फोटो प्रदर्शनी भएको छ।
काठमाडौं, भदौ २ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले प्रतिनिधिसभा संसद बैठकमा नेता जानु भएकोले बिहीबारको बैठक स्थगित भएको जानकारी दिनुभयो।स्थायी समिति, पदाधिकारी र पोलिट्ब्यूरो समिति टुंग्याउने बारेमा माओवादी केन्द्रको स्थायी समितिको बैठक निरन्तर बस्दै आएको छ। बिहीबार बिहान ८ बजे बस्ने भनिएको बैठक दिउँसो सारिएको थियो।उपाध्यायले भन्नुभयो, “पोलिट्ब्यूरो, स्थायी समिति सदस्य र पदाधिकारीको नाम अहिलेसम्म टुंगिएको छैन। सञ्चार माध्यममा कतिपय नामहरु अनुमानका भरमा पनि आएका छन्।” अब बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको नाम घोषणा गर्नुहुने उहाँको भनाइ छ।माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो। त्यसयता, पदाधिकारी चयन गर्न पटक–पटक बैठक बसे पनि यो टुंगिन सकेको छैन। यद्दपि, अबको बैठकले यसलाई अन्तिम रुप दिने दाबी नेताहरुले गर्नुभएको छ।
भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली बिहिबार भुटान प्रस्थान गरेको छ ।
रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहिबार फाइनलमा प्रवेश गरेका छन् । रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले हरायो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले जस्ताकाे त्यस्तै बहुमतले पारित गरेको छ ।
काठमाडौं, भदौ २ गते । अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल'का उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । उहाँसहित ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आउनुभएको छ । पोखरेल आगामी शनिबार हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आउनुभएको हो । उहाँले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिने बताइएको छ । सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका उहाँ त्यसयता पहिलोपटक नेपाल आउनुभएको हो । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले पाएको अवसरलाई आफुले भरपुर सदुपयोग गर्ने बताउनु भएको छ । अमेरिकामा बस्दै आउनु भएका हुमागाईंलाई एन्फाले असोज ११ गते हुन लागेको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ।
विराटनगर, भदौ २ गते । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव आयोजना हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा दशवटा नाटक मञ्चन हुनेछन् । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । पाठ्यक्रममा समावेश वा शिक्षक/विद्यार्थीले लेखेका एक घण्टा अवधिका नाटक शिक्षक÷विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ । इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेभसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं, भदौ २ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभएकाे हाे । "स्थानीय तहसँग समन्वय गरेर कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्", उहाँले भन्नुभयो, "विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ।"उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेसी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत मन्त्री पौडेलले निर्देशन गर्नुभयो। शिक्षक सेवा आयोगको नियामवली संशोधन प्रश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिए बमोजिम काम छिटो सम्पन्न गर्नुहुन् आग्रह गर्नुभयो। विद्यालय समायोजन लागतयका कामम सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो।
सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिनुभएको छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको उदघाटन कार्यक्रममा मन्त्री चौधरीले सो निर्देशन दिनुभएको हो ।