• २१ वैशाख २०८१, शुक्रबार

नक्सालमा सम्पदा संस्कृति र जात्रा सम्बन्धी एकल फोटो प्रदर्शनी

blog

एकल फोटो प्रदर्शनी अवलोकन गर्दै सुरक्षाकर्मी । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ २ गते। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित खेल मैदानमा गोरखापत्र अनलाइनका फोटो पत्रकार मनोजरत्न शाहीको एकल फोटो प्रदर्शनी भएको छ। सम्पदा, संस्कृति तथा जात्रा पर्वलाई समेटेर छ वर्षको फोटो संकलनलाई प्रदशनीमा राखिएको थियो। ५० वटा फोटोमा काठमाडौं उपत्यकामा हुने जात्रा पर्व देखाउन खोजिएको थियो। 

नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिकोत्सवको अवसरमा भएको प्रदर्शनीको संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंह, संघका पदाधिकारी, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, नेपाल प्रहरी स्कुल साँगा, नेपाल प्रहरी स्कुल सामाखुसी, एपेक्सगायत १३ वटा स्कुलका विद्यार्थीले अवलोकन गरेका छन्। 


नेपाल प्रहरी श्रीमती संघको ३८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार सोही स्थानमा घरेलु तथा हस्तकलाका सामाग्रीको प्रदर्शनीसमेत गरिएको छ। प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्रीको समेत प्रदर्शन गरिएको हो। 

प्रहरी श्रीमती संघको आयोजनामा भएको प्रदर्शनीमा स्वनिगः पासा पुच, प्रगति महिला समूह, साकुरा फ्लावर सेन्टर, सावह नेपाललगायतका संघसंस्थाले विभिन्न घरेलु तथा हस्तकलाका सामाग्री प्रदर्शन गरेका थिए।