पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदरबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीले साङ्केतिक रुपमा आन्दोलन गरेका हुन् ।
गोरखापत्र संस्थानका प्रकाशनहरुका समाचार सामग्रीहरू अब ‘हाम्रो पात्रो’ मा पढ्न र हेर्न सकिने भएको छ । गोरखापत्र संस्थान र स्मार्ट आइडियाज प्रा.लि. (हाम्रो पात्रो) बीच संस्थान कार्यालयमा बिहीबार दुई पक्षबीच सम्झौता भएपछि पाठकलाई यो सुविधा प्राप्त भएको हो ।
पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाउनु भएको छ।
जिल्लाका दुुई गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालयहरु शिक्षक दरबन्दीबिनै सञ्चालनमा ल्याइएका छन् । मावि स्वीकृत पाएका तथा दरबन्दी पाउन नसकेपछि तीन विद्यालयहरु गाउँपालिका अनुदानबाट सञ्चालनमा आएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताउनुभयो ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सांसद अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदिप ज्ञवालीले नागरिकता विधेयक जस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिनिहुँदै एमालेका उपमहासचिव ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्विकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो ।
दाङको राप्ती नदीमा पटेला (डुङ्गा) पल्टिदा डुङ्गामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भिर रहेको छ । बिहीवार विहान ९ बजे लमही नगरपालिका वडा ९ तरुलियाबाट राजपुर गाउँपालिका ७ मा.वि.सिक्टास्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो ।
संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।