• १७ असार २०८१, सोमबार

अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

blog

अवैध उत्खनन् गर्दैगर्दा नियन्त्रणमा लिइएका ट्याक्टर । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, भदौ २ गते । पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो । 

त्यसैगरी बिनयी खोलाबाट अवैध रुपमा ढुङगा, गिट्टी, बालुवा उत्खनन् गर्दैगर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लु ४ त २१२, ना ७ त ३७९०, लु २ त २२१०, लु ४ त ९३० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ । पाठकले बताउनुभयो ।