अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।
सुदूरपश्चिमको जनजीवनमा एउटा प्रचलित उखान छ, ‘मरुला भनेर विशु खानु, बाँचुला भनेर ओल्के खानु’ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिम प्रदेशका डोटीलगायत जिल्लामा ‘ओल्के’ त्यार (पर्व) धुमधामका साथ मनाइएको छ।
मोरङको बेलबारी –११ का ३८ वर्षीय कुमार श्रेष्ठको आगलागीमा परी बुधबार राति मृत्यु भएको छ । बोल्न नसक्ने श्रेष्ठ कान पनि सुन्दैन थिए । मोरङको सुन्दरहरैँचा ११ बेलेपुर स्थित बालकृष्ण गिरीको घरमा भएको आगलागीमा परी श्रेष्ठको मृत्यु भएको हो ।
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा निकालिने रथयात्रा स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित प्रबन्ध गर्न रथयात्रा व्यवस्थापन समिति तथा सुरक्षा एवं प्रशासनिक अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
पाँचथरको पुरानो सदरमुकाम जोरसाल बजारमा ३४ वर्ष अगाडिदेखि बन्द भएको औँसी पूर्णिमा हाट पुनः लगाउन थालिएको छ। स्थानीयले उत्पादन गरेका अन्न गेडागुडी, घरेलु र कृषि उपजसहित रैथाने उत्पादनहरूको किनबेच हुने उक्त हाट २०४५ सालदेखि बन्द भएको थियो। पछिल्लो समय स्थानीय निकायका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घको अगुवाइमा साउन २७ गतेदेखि हाट लगाउन थालिएको हो। अब यो बजार महिनाको दुई पटकअर्थात् तिथिका आधारमा औँसी र पूर्णिमामा लाग्ने फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो।
चन्द्रपुर नगरपालिकाले अलपत्र अवस्थामा रहेको बसपार्क पुनः प्रयोगमा ल्याउन पहल भएको छ। चन्द्रपुर नगरपालिका–४ टेकानमा रहेको बसपार्क पछिल्लो समयमा प्रयोगविहीन भएपछि विभिन्न आलोचना खेप्दै आएको नगरपालिकाले पुनः सञ्चालनमा ल्याउन पहल गरेको हो। सदरमुकाम गौरबाट बाहिरिने र भित्रिने करिब ३०/३५ वटा बसका लागि स्थानीयको सहयोगमा बसपार्क बनाइएको हो। २०६९ सालमा निर्माण सम्पन्न उक्त बसपार्क बाजागाजा, बसको लावालस्कर र तामझामसहित उद्घाटन भएको थियो। “उद्घाटन पश्चात् करिब एक वर्ष त्यहाँ बस पार्क प्रयोगमा आयो। त्यसपछि बसको ब्याट्रीलगायत पार्टपुर्जा चोरी हुने र बसका कर्मचारीलाई दुव्र्यवहार गर्ने जस्ता क्रियाकलापले बस व्यवसायी हैरान हुन थाले,” बस व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाशङ्कर गिरीले भन्नुभयो, “असुरक्षाको कारण सो बस पार्कमा सवारीसाधन राख्ने काम पनि बन्द भयो।”
ठूलो परिमाणमा लागूऔषध धमाधम पक्राउ पर्न थालेपछि लागूऔषध कारोबारीले ढुवानी गर्न एम्बुलेन्स प्रयोग गर्न थालेका छन्। इलाका प्रहरी कार्यालय लहानले सोमबार बेलुकी लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि गरेको सवारीसाधन जाँचको क्रममा बिरामी बोक्ने एम्बुलेन्सभित्र लागूऔषध गाँजा फेला पारेको छ।
म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले स्थलगत अनुगमन गरेको छ। उक्त अनुगमनक्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्टुरेन्ट तथा किराना र खुद्रा पसल गरी कुल २५ वटाको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वार्षिक लाखौँ रकम भ्रमणमा खर्च गर्ने गरेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री र मन्त्रीको भ्रमण भत्तामा मात्रै ६६ लाख पाँच हजार १८७ रुपियाँ खर्च गरेको पाइएको छ। आन्तरिक आयस्रोत निकै न्यून भएको कर्णालीमा मन्त्रीले सेवा–सुविधाका नाममा ठूलो रकम खर्च गर्ने गरेको भन्दै नागरिकस्तरबाट आलोचना हुने गरेको छ।
बाँके जिल्लामा कटान र डुबान नियन्त्रण गर्नका लागि राप्ती नदीमा ४२ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गर्न पहिलो पटक भारत सरकार सहमत भएको छ। करिब डेढ दशकदेखि सो तटबन्ध निर्माणका लागि नेपालले भारतसँग माग गर्दै आए पनि विभिन्न समय र चरणमा गरिएको छलफलपछि अहिले आएर भारतीय पक्षले बाँकेमा राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न सहमत भएर १० अर्ब ४४ करोड ८० लाख रुपियाँ अनुदान दिने भएको हो।
हेटौँडा उपमहानगर क्षेत्रभित्र खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले वितरण गर्दै आएको खानेपानीको शुद्धीकरणमा जोड दिने भएको छ । विगतमा खानेपानी वितरणलाई प्राथमिकता दिँदै आएकोमा चालू आर्थिक वर्ष २०७९/८० मा बोर्डले वितरण गर्ने खानेपानीको शुद्धीकरणलाई प्राथमिकतामा राख्ने नीति लिएको छ ।
मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारबाट खाना पकाउने (एलपी) ग्यास हटाउने अभियान सुरु भएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको सो कार्यक्रमअनुरूप पहिलो चरणमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट ग्यास हटाउन थालिएको हो । ऊर्जा मन्त्रालयमा रहेको न्यु कञ्चन चमेना गृह र अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनले पूर्ण रूपमा ग्यास सिलिन्डर हटाएका छन् । अरू क्यान्टिनमा भने ग्यासको प्रयोग भइरहेको छ ।