• १४ असार २०८१, शुक्रबार

'अमेरिकन आइडल'का उपविजेता अर्थर गन नेपालमा

blog

अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल'का उपविजेता अर्थर गन ।

काठमाडौं, भदौ २ गते । अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल'का उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । उहाँसहित ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आउनुभएको छ । 

पोखरेल आगामी शनिबार हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आउनुभएको हो । उहाँले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिने बताइएको छ । सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका उहाँ त्यसयता पहिलोपटक नेपाल आउनुभएको हो । 

टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।