• १३ साउन २०८१, आइतबार

कांग्रेस नेता गिरीको स्वास्थ्य लाभका लागि सामूहिक प्रार्थना

blog

काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै शुक्रबार सामूहिक प्रार्थना सभा गरिएको छ। 

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइ रहनु भएका राजनीतिक विश्लेषक, समालोचक एवं साहित्यकारसमेत रहनुभएका नेता गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै सामूहिक प्रार्थना सभा गरिएको हो।

समाजवादी चिन्तक गिरी विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ। भारतमा उपाचारपाछि स्वास्थ लाभ गरिरहनु भएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। 

मेडिसिटी अस्पतालको आईसीयूमा उपचारत गिरीको स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस वैचारिक अभियानले नेपाल सांस्कृतिक संघ डिल्ली बजारमा प्रार्थना सभाको आयोजना गरेको हो। 

सभामा नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली राजनीतिलाई मुल बाटोमा डोर्याउने नेता गिरी जस्ता चिन्तक देशलाई अझ आवश्यक रहेकाले पुनः स्वास्थ्य लाभको कामना गर्नुभयो। 

नेता साउदले भन्नुभयो, “श्रद्धेय नेता र बौद्धिक व्यक्तित्व प्रदीप गिरीजी अस्पतालको शैय्यामा हुनुहुन्छ, युवराज खातीले कार्यक्रमको आयोजना गरेको मैले उहाँलाई सुनाएँ। सायद सुन्नुभयो होला। तर, केही प्रतिक्रिया दिन सक्नु भएन।”