मुख्यमन्त्रीसँग‘मुना’ संवाद
भाइबहिनीहरू, तपाईंहरूको आफ्नै प्यारो ‘मुना’ पत्रिका ३२ वर्षको भयो । मुनाको जन्मोत्सवको अवसरमा हामीले गण्डकी प्रदेशलगायत पोखराका विभिन्न विद्यालयमा अध्ययन गर्ने भाइबहिनीहरूसँग मुनाका विषयमा कुराकानी गरेका थियौँ । भाइबहिनीहरूले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग र मुना पत्रिकाका टिमसँग विभिन्न विषयमा सोधपुछ गरेका थिए । पोखराको फिस्टेल एकेडेमीकी कक्षा ११ मा पढ्ने प्राप्ति लस्सालले मुना पत्रिका दुर्गम ठाउँका भाइबहिनीसम्म पु¥याउन के कस्तो प्रयास गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभएको थियो । उहाँले पहिले त्यति नपढे पनि अबदेखि मुना पढ्ने प्रतिबद्धता जनाउनुभयो । प्राप्तिले मुनामा समावेश सामग्री हामीजस्तै भाइबहिनीहरूका लागि निकै फलदायी भएकोले यस्तो पत्रिका सबै ठाउँमा पु¥याउन आग्रहसमेत गर्नुभयो ।