• ५ वैशाख २०८३, शनिबार

आमा (कविता)

आमा । तिमी जन्म दिने मलाई आमा । तिमी प्राण दिने मलाई आमा । तिमी बोट, म फूल त्यसको हो दान तिमै्र जति जे छ मेरो ।

रामको जुक्ति (कथा)

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँ धेरै ठूूलो थियो । त्यो गाउँको नाम नगर थियो । नगरमा दुई परिवार बस्ने गर्थे, राम र धनीलालको परिवार । धनीलालको परिवार धनी थियो भने रामको सामान्य । धनीलाल सम्पन्न परिवारका । उसले प्रायः घरमा धेरैजसो पार्टी, भोजका कार्यक्रम भइराख्थे । र, उनीहरूले कार्यक्रम गरेर चलेको भोजपछि बचेको खाना जहिले पनि रामको घरअगाडि लगेर फ्याँक्थे । धनीलालको परिवारले निरन्तर यस्तै गरिरहने हुँदा रामको परिवार दिक्क भएका थिए । यसरी जहिले पनि आफ्नो घरअगाडि खाना फ्याँकेको देखेर चिन्तित राम र उनकी श्रीमती रीता एकदिन धनीलालसँग कुरा गर्न उसको घरमा गएका थिए ।

आमाको माया [कथा]

बिहानको ६ बजे नै रेडियोका लागि मोटरसाइकलमा हेटौँडा बजार निस्केँ । एउटा सानो बाबु सबैसँग आफ्नो हात फैलाउँदै पैसा मागिरहेको थियो । कसैले पैसा झिकेर दिन्थे त कोही नबोली हिँडथे । त्यो सानो बाबु मेरो नजिक पनि आइपुग्यो । मसँग पनि पैसा माग्यो । उसको नम्र बोली, मलिन अनुहार देखेर मलाई पनि माया लाग्यो । मैले पनि थोरै पैसा उसको हातमा दिएँ । मलाई लाग्यो, यति सानो बाबुले किन पैसा माग्दै हिँडेको होला । मनमनै सोचेँ । उसलाई बेलाएर केही सोधु सोधु लाग्यो र बोलाएँ । बाबु यो पैसा जथाभावी खर्च नगर है ।

खुसी ‘यसरी हुन्छौं ...’

भाइबहिनीहरू ! तिमीहरू सानै उमेरबाट लेखपढ गर्न थालेका छौ । तिमीमध्ये केहीलाई लेख्न पढ्न निकै रमाइलो लाग्छ । केहीलाई भने पढ्न लेख्न मनै लाग्दैन होला । साँच्चै तिमीमध्ये केहीले त भविष्यमा राम्रो काम पाउन र प्रशस्त धन कमाउनुपर्छ भनेर पनि पढिरहेका छौ होला । भविष्यमा केही राम्रो गराँै भनेर । अहिले मेहनत गर्नु निश्चय पनि राम्रो कुरा हो । विद्यालयमा तिमीले भाषा, विज्ञान, गणित र सामाजिक विषय पढ्छौ होला । र, यी विषय पक्कै पनि परीक्षा पढ्नकै लागि बनाइएका विषय होइनन् । हामीले अरूसँग कसरी कुराकानी गर्नुपर्छ ? प्रकृतिमा विभिन्न घटना के कारणले भइरहेका छन् ? विभिन्न फरक तर्क दिनसक्ने र ज्ञान लिएर विषय वस्तुमा समाधान दिन सक्ने बन्न विज्ञान र गणित विषय पढेका छौ नै । यसबाहेक सामाजिक विषयले समाजमा कसरी बस्ने ? छिमेकीसँग कस्तो व्यवहार गर्नेलगायतका कुरा सिकाउँछ । तिम्रो विद्यालयमा नृत्य, कला, सङ्गीत, स्वास्थ्य तथा शारीरिकलगायतका विषय पनि पठनपाठन हुने गर्दछन् क्यारे !

एनिमेसन के हो कसरी बनाउने ?

कार्टुन भन्ने बित्तिकै भाइबहिनीलाई टम एन्ड जेरी, डोरेमन, छोटा भीम, मोटु और पत्लुको सम्झना हुन्छ । फुर्सदको समयमा रमाइलो गर्न हामी कार्टुन हेर्छौं । कार्टुन हेर्दा रमाइलो त हुन्छ यसका साथै यी कार्टुनले हामीलाई केही ज्ञानगुनका कुरासमेत सिकाउँछन् । त्यसैले भाइबहिनी ! यस पटक कार्टुन कसरी बन्छ र एनिमेसन के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।

बादलको रूख (कविता)

नीलो नीलो आकाशमा बादलको रुख । त्यही रुखमा हेर साथी हात्तीजस्तो रूप ।

एआई : यसरी बुझौँ

अनुहार देखाएर अथवा औँलाले छोएर मोबाइलको ‘लक’ खुलेको त भाइबहिनीले पक्कै देख्नुभएको होला । अनि युट्युबमा बाल भिडियो हेर्दा क्रमैसँग अरू पनि त्यस्तै भिडियो आउने गरेको त याद होला । भाइबहिनीले कहिलै सोच्नुभएको छ, मोबाइलमा हुने म्यापले हामीलाई कसरी ठ्याक्कै भनेकै ठाउँमा पु-याउँछ ? ‘ओके गुगल’ भन्दै कति पटक मोबाइलमा आफूले चाहेको प्रश्न सोधेर आवाजबाटै उत्तर पनि त पाउनुभएको होला । आखिर यो सबै कसरी भइरहेको छ ?

विद्यालयको रङले कस्तो प्रभाव पर्छ ?

बालबालिका पढ्ने, बुझ्ने र ऊर्जाशील बन्ने उमेर बाल्यकाल हो । भनिन्छ, स्कुले विद्यार्थी जीवन । विद्यार्थी जीवन एउटा रमाइलो, उत्साहित र बाल क्रियाकलाप पनि जीवनका लागि स्मरणीय अवस्थाका रूपमा लिइन्छ । यो समय मानिसको जीवन महत्त्वपूर्ण मानिन्छ । विद्यार्थी जीवनको अध्ययनले मानिसको भविष्यको दिशानिर्देश गरेको हुन्छ ।

स्कूलले गुहार्‍यो आमालाई

संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्या जस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र ? दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहं भूमिका हुन्छ ।

आमा (कविता)

तिमीले दिएको माया ममताको छायाँ सम्झने छु सदा तिमीले दिएको माया,

आत्म विश्वास नै सफलता

होचो कद, सानो र पातलो शरीर झट्ट हेर्दा उहाँलाई कसैले पनि हिमाल आरोही भनेर विश्वास नै गर्दैनन् । धेरै ठाउँमा उहाँले फोटो देखाएपछि मात्र मान्छेहरू अचम्म मान्छन् । यति सानो मान्छेले पनि सगरमाथा चढ्न सक्छन ? पत्यार नै मान्दैनन् । मुना मासिकसँग कुराकानीको क्रममा सफल हिमाल आरोही पूर्णिमा श्रेष्ठले भन्नुभयो, “हट्टाकट्टा देखिने बलियो खाइलाग्दो शरीर हुनेले मात्र सगरमाथा चढ्न सक्छन् भन्ने मान्छेहरूको बुझाइ हुने रहेछ तर होइन । हिमाल चढ्न होस् या कुनै पनि काम गर्न शारीरिक बनावटले होइन, बलियो आत्मविश्वास र इच्छाशक्तिले मात्र सफल हुन सकिन्छ भन्ने कुराको पूर्णिमा श्रेष्ठ उदाहरण नै हुनुहुन्छ । आफूभित्र केही गर्छु भन्ने आत्मविश्वास भए संसारमा कुनै पनि कुरा असम्भव हुँदैन ।” आठ हजार मिटर उचाइका आधा दर्जन हिमालको सफल आरोहण गरिसक्नुभएकी सगरमाथा आरोही पूर्णिमासँग धेरै सफल अनुभव छन् ।

शिक्षाको महत्त्व (निबन्ध)

‘शिक्षा’ भन्ने बित्तिकै स्कुल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने–गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनाको महत्त्व हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षाबिना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ ।

बुलिङ भनेको के हो ?

प्रिय भाइबहिनीहरू, ‘बुलिङ’ अर्थात् बदमासी भनेको के हो, के तपाईंहरूलाई थाहा छ ? स–साना भाइबहिनीदेखि किशोरकिशोरीले गर्ने त्यस्तो प्रकारको व्यवहार जसमा उनीहरूले आफ्नो साथीभाइ, दिदीबहिनी र कहिलेकाहीँ त आफ्नै गुरु तथा गुरुआमाहरू तथा जो कोहीलाई मनमा बिझ्याउनेगरी गर्ने व्यवहारलाई बुलिङ (Bullying) अर्थात् बदमासी भन्ने गरिन्छ । जो कसैलाई मर्का पर्नेगरी कुनै त्यस्तो व्यवहार गर्ने र उक्त व्यवहारको प्रतिक्रिया हेरेर आफूले आन्नद लिने जे जति कार्य पर्दछन् ती सबै समस्यामूलक व्यवहारलाई नै ‘बुलिङ’ भनिन्छ । तपाईंहरूको मनको साथी मुनाको यस अङ्कमा यसै विषयमा केही कुरा गरौँ है त :

मौरीबाट सिक्ने की?

भाइबहिनीहरू तिमीहरू सबैले खाएकै छौ होला महको स्वाद कति गुलियो, स्वादिलो अनि मीठो हुन्छ । यति मीठो मह बनाउने मौरी कति सानो हुन्छ । उनीहरूले समूहमा मिलेर बराबरी काम गर्छन् । नजिकै फुलेको फूलको रस चुसेर जम्मा गर्दै गर्दै धेरै मह आफ्नो घार अर्थात् उनीहरू बस्ने घरमा सङ्कलन गर्छन् । उनीहरू आफू पनि खाँदैनन् । यसका लागि उनीहरू फूलको रस लिन टाढा टाढा पनि पुग्छन् ।

लोकप्रियस्थल ‘सदर चिडियाखाना’

भाईबहिनीहरु तपाईहरुलाई घुम्न कत्तिको मनपर्छ रु घुम्न जाने ठाउँमध्य तपाईहरुको पहिलो रोजाईमा पक्कै चिडियाखाना नै पर्छ होला । हामी मानिसहरुको बस्ने घर भनेजस्तै चिडियाखानालाई जनावरहरुको घर भन्न सकिन्छ । सदर चिडियाखाना (सेन्ट्रर जू) नेपालको सबै भन्दा पुरानो चिडियाखाना हो । यो बालबालिकाले अत्यन्तै मन पराउने गन्तव्य हो । जुन ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । जाउलाखेल, लगनखेल जाने सार्वजनिक सवारीसाधनमा चढेर सजिलै चिडियाखाना पुग्न सकिन्छ ।