• १२ वैशाख २०८१, बुधबार

आमा (कविता)

blog

आमा । तिमी जन्म दिने मलाई

आमा । तिमी प्राण दिने मलाई

आमा । तिमी बोट, म फूल त्यसको

हो दान तिमै्र जति जे छ मेरो ।


आमा । छ तिम्रो महिमा अपार

सिद्धिन्न गाए पनि बारम्बार

हरदम बहाइकन प्रेमधारा

दिन्छ्यौ मलाई कतिको साहारा ।


असङ्ख्य तिम्रो गुणको तिमित्त

केही कुरा छैन दिने मबाट

संसार यो जति सजाउने छु 

सपूत तिम्रो कहलाउने छु ।


बिग्रिरहेको म बनाइदिन्छु

सारा रुनेलाई हसाइदिन्छु

ज्ञानी भई नाम कमाइ उच्च

बन्नेछु तिम्रो म सुयोग्य पुत्र ।