• ३१ वैशाख २०८३, बिहिबार

सूक्ष्म पोषक तत्त्व भिटामिन ‘ए’

भिटामिन ‘ए’ मानव शरीरका लागि अत्यावश्यक हुन्छ । भिटामिन ‘ए’ ले विशेष गरी आँखाको दृष्टि कायम राख्न, छाला तथा आँखाको सतह (रेटिना) स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र शारीरिक वृद्धिविकासमा सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

मुस्ताङ अन्तर्आत्माको मुक्ति

नेपाल विश्वकै प्राकृतिक सौन्दर्यको अलौकिक खानी भएको मुलुक हो । यसै कारणले नेपाललाई संसारभरि पर्यटनको मुख्य आकर्षणको केन्द्र मानिन्छ । मेचीदेखि महाकालीसम्म र तराईदेखि हिमालसम्म फैलिएको हाम्रो देशमा अनेकौँ अद्वितीय स्थल छन् । तीमध्ये मुस्ताङ पनि हो । सुन झैँ चम्किरहेका हिउँचुली, गौरवसहित चारै दिशाबाट घेरिएका हराभरा र खैरा पहाड, मिठो गीत गुनगुनाउँदै बगिरहेको नदी मुस्ताङको सम्पत्ति हो । जीवनको मोहबाट मुक्तिको अनुभव पाउने एक मात्र मार्ग जस्तो लाग्छ– मुस्ताङ । यो ठाउँ नेपालको प्राकृतिक, धार्मिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्वपूर्ण स्थान हो ।

रेडियो नेपाल जाँदाको अनुभव

रेडियो भनेको रेडियो तरङ्गको प्रयोग गर्ने दूरसञ्चारको प्रविधि हो । रेडियो प्रविधि वायरलेस अर्थात् बेतार भन्ने गरिन्थ्यो । रेडियो तरङ्ग एक इलेक्ट्रोनिक उपकरणद्वारा उत्पन्न हुन्छ, जसलाई एन्टेनामा जडान गरिएको ट्रान्समिटरद्वारा तरङ्ग प्रसारित गर्छ र रेडियो रिसिभरमा जडान गरिएको अर्को एन्टेनाद्वारा प्राप्त गरिन्छ ।

परीक्षाको डर

माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकै आइसक्यो । कक्षा १० को विद्यार्थीका रूपमा मेरो मनमा चिन्ता, दबाब, आशा र दृढ सङ्कल्पको मिश्रण छ । बित्दै गरेका हरेक दिन पहिलेभन्दा गह्रौँ महसुस हुन्छन् । घडीको सुईले म

स्कुल जान नमान्ने सानी उल्लु

विज्ञान सङ्ग्रहालयको भवनपछाडि जङ्गल छ । जङ्गलको एउटा ठुलो रुखको खोक्रोभित्र ठुलठुला आँखा तथा नरम पखेटा भएकी फूलमाया नामकी सानी उल्लु बस्थी । हरेक राति बुवाले उनलाई उठाउँदै मायालु बोलीमा भन्थे, “मेरी सानी छोरी उठ, स्कुल जाने बेला भइसक्यो,” तर फूलमायाले प्वाँखभित्र अनुहार लुकाउँदै भनिन्, “नाई बुवा म स्कुल जान्न बरु आमाले बारीमा फलाएको तरकारी बेच्न जान्छु ।”

मयूर र मृगको सम्बन्ध

जावलाखेल सदर चिडियाखानाको एउटा कुनामा मयूरको घर छ । अर्को कुनामा डाँफे चरीको । अलिपर जुरेलीको । उड्न नसक्ने चरा इमु, अस्ट्रिचलगायत चराचुरुङुगीको घर अर्को कुनामा छ । चिडियाखानाका सबै जीवजन्तु आआफ्नै धुनमा रमाइरहेका थिए । चिडियाखानाकै कुनाको घरमा बसोबास गर्ने मयूरले एक दिन सधैँ फ¥याकफुरुक गर्ने मृगलाई ‘आफ्नो घरमा बोलाएर मिठो मिठो खानेकुरा दिनु प¥यो र मृगलाई भाइटीकामा

सानो माछाको कथा

समुद्रको शान्त र सुन्दर भागमा माछाको एउटा परिवार बस्थ्यो । उनीहरूको परिवारमा तीन जना सदस्य थिए । परिवारमा आमा माछा, बुवा माछा र उनीहरूको सानो बाबु माछा थियो । परिवार सुखी र खुसी थियो । सानो माछा निकै चञ्चल र जिज्ञासु स्वभावको थियो । ऊ आफ्ना साथीसँग लुकाछिपी खेल्न, कहिले माथि त कहिले गहिराइमा पौडिन धेरै रमाउँथ्यो । ऊ एक दिन खेल्दाखेल्दै घरबाट अलि टाढा पुग्यो । ऊ अचानक ए

राजाको माले साँढे

राजा रणबहादुर शाह सन्काहा स्वभावका थिए । उनका पालामा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा सरकारी गोठ थियो । त्यस गोठमा धेरै गाई र साँढे पालिएका थिए । ती साँढेमध्ये एउटा सबैभन्दा अजङ्गको थियो । त्यसको नाम माले साँढे राखिएको थियो । राजा रणबहादुर शाह त्यस माले साँढेका परम् भक्त थिए । राजाले माले साँढेलाई तपाईं भनेर सम्बोधन गर्थे । राजाले साँढेलाई तपाईंनेर आदर गरेपछि गोठालाले त ‘हजुर सरकार’ भन्नै प¥यो ।

फेरि त्यस्तो दिन नआओस्

विसं २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन अविष्मरणीय घटनाका रूपमा रहेको छ । त्यो आन्दोलन विरोध प्रदर्शन मात्र नभई नेपाली विद्यार्थी तथा युवाको चेतना र मानसिकतामा आएको ठुलो परिवर्तनको सङ्केत पनि हो । नेपाल सरकारले २०८२ भदौ १७ गते सबै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदाको परिणाम थियो त्यो आन्दोलन । जेनजी आन्दोलन काठमाडौँको माइतीघरबाट सुरु भएको थियो । त्यस क्रममा ७० भन्दा बढी यु

आन्दोलनको जगमा आमनिर्वाचन

भाइबहिनीहरू, मुलुकमा नयाँ प्रधानमन्त्री छान्नका लागि २०८२ फागुन २१ गते आमनिर्वाचन हुँदै छ । यसलाई प्रतिनिधि सभा सदस्यको निर्वाचन भनिन्छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम सङ्घमा दुई वटा सभा छन्– राष्ट्रिय सभा र प्रतिनिधि सभा । राष्ट्रिय सभालाई माथिल्लो सदन पनि भनिन्छ । प्रतिनिधि सभालाई तल्लो सदन भनिन्छ । सदनलाई सभा पनि भनिन्छ ।

लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन

भाइबहिनीहरूलाई निर्वाचनका बारेमा अलिक कमै जानकारी हुने गर्दछ । निर्वाचनलाई जनबोलीको भाषामा चुनाव पनि भनिन्छ । विद्यार्थी जीवनमा पनि चुनावको अभ्यास कुनै न कुनै रूपमा गर्ने गरेका हुन्छौँ तर पनि विद्यार्थीलाई चुनाव रुचिको विषय रहेको पाइँदैन । उमेर बढदै जाँदा र क्याम्पसको विद्यार्थी बन्दासम्म त चुनाव हरेक विद्यार्थीको अग्रचासोका विषयवस्तु बनिसकेको हुन्छ । क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सामाजिक नेतृत्व क्षमता विकास गर्ने प्रतिस्पर्धाको अभ्यास हो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसम्बन्धीका प्रतिस्पर्धा, स

बिदामा सौराहा सफारी

हाम्रो जीवनमा यात्राले विशेष स्थान राख्दो रहेछ । यात्राबाट नयाँ ठाउँ घुम्न, हेर्न, त्यहाँका बारेमा थाहा पाउन, नयाँ संस्कार सिक्न र नयाँ अनुभव पाउन सकिन्छ । म पनि तिहारको बिदामा सपरिवारसाथ काठमाडौँबाट चितवनको प्रसिद्ध पर्यटकीय स्थल सौराहा घुम्न गएँ ।

हाइकिङको मज्जा

मलाई लाग्छ– जीवनका केही क्षण यस्ता हुन्छन्, जसलाई सम्झन न कुनै पुरस्कार न त विशेष कारण नै चाहिन्छ । त्यस्तो क्षण केवल मनले चाहन्छ र आत्माले सम्झनामा सजाएर राख्छ । यसै सन्दर्भमा मेरो विद्यार्थी जीवनमा पनि एउटा यस्तो अनुपम दिन रह्यो, जसलाई आज म उल्लेख गर्दै छु । त्यो हो– मालीगाउँ र डोलेश्वरको पदयात्रा । विद्यालयले आयोजना गरेको त्यो

यस कारण म किताब पढ्छु

साथीहरू, तपाईं विद्यालयको किताबबाहेक अरू किताब कति पढ्नुहुन्छ ? अनि कस्ता किताब पढ्न मन पर्छ ? विद्यालयको किताब पढ्न मन लाग्छ कि कथा, कविता, बालपत्रिका ? कस्ता किताब पढ्न जाँगर चल्छ ? कस्ता किताब पढ्न अल्छी लाग्छ त ? मलाई सोध्नुहुन्छ भने ‘मुना’ मासिक बालपत्रिका, चित्रकथाका किताब तथा छोटा छोटा कथाका किताब पढ्न मन पर्छ । सुरुमा म किताब प

अविष्मरणीय यात्रा

गएको वर्ष पुसमा जाडो बिदा भएको भोलिपल्ट गाउँ जाने उत्सुकताका साथ म बिहानै उठेँ । झोलामा कपडा राख्न थालेँ । घरमा सबै जनाले आआफ्नो सामान तयार गरिसक्नुभएको थियो । बाबा, आमा, दिदी, दाइ र म गाउँ जान लागेका थियौँ । हामी सबै ट्याक्सी चढेर जोरपाटी पुग्यौँ र रामेछाप जाने बस चढ्यौँ । गाडीमा रमाइलो गीत बजिरहेको थियो । बाहिरका खोला, जङ्गल जस्ता रमाइला दृश्य हेर्दै र गीतसँगै रमाउँदै आनन्द लियौँ । गाडीभित्र अमिलो, पिरो, चकलेट खाँदै बाहिर हेर्दै गर्दा खाना खाने ठाउँ आइपुगेको पत्तै भएन । हामी सबैले खाना खायौँ ।