• १५ कात्तिक २०८१, बिहिबार

चेसका चर्चित पुरुषोत्तम

अहिले पुरुषोत्तम सिलवाल विश्व चेसकै सबभन्दा ठुलो पदवी ग्रान्डमास्टर बन्छु भन्ने सपनासहति खेलिरहेका छन् । खेलकुदमा रुचि भएका भाइबहिनीलाई सोद्धा, म फुटबल खेलाडी बन्छु, क्रिकेटर बन्छु भन्छ तर पुरुषोत्तमको सपना विश्वस्तरीय चेस खेलाडी बन्नु हो । पुरुषोत्तम अहिले मात्र १४ वर्षका भए । यही मङ्सिर महिनामा नेपालमा भएको एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम १८ वर्षभन्दा कम उमेर समूहमा च्याम्पियन बने ।

तेक्वान्दोका उत्कृष्ट ‘आयुष’

मार्सल आर्ट्स त्यसमा पनि तेक्वान्दो नेपालमा प्रशिक्षण लिएर सबभन्दा बढी खेलिने खेल हो । देशभरि मार्सल आर्ट्स डोजाङको सङ्ख्या गन्ने हो भने हजारौँ पुग्छ । जसबाट हाम्रो देशमा यो खेलको लोकप्रियता थाहा हुन्छ । सन् २००७ मा जन्मिएका आयुषले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेलिसकेका छन् । अहिले नै आयुषको घरमा रहेको सङ्ग्रहमा थुप्रै ट्रफी, पदक छन् ।

नायकका नायक ‘अभिनीत’

अभिनीत चौलागाईं काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलमा कक्षा १० मा पढ्छन् । उनले कक्षा १ देखि नै नाटकमा अभिनय सुरु गरेका अभिनीतले दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरेर अन्तर्राष्ट्रियस्तरबाट पुरस्कृतसमेत भएका छन् । उनले म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरेका छन् । भोला, उल्लु, महाराजको दाम्मी लुगा, साइँला बरै (थ्रेनोडी फर कुमार), हिरोज डन्ट कम, चार्ली एन्ड द चकलेट याक्ट्री, उज्यालोतिर, बाबु नजाऊ है धेरै टाढालगायतका नाटकबाट उनले दर्शकको मन जित्न सफल भएका थिए ।

नेपाली चेसका पुरुषोत्तम

भाइबहिनीहरू तिमीहरूलाई थाहा छ, विश्वमा करोडौँ मानिसले नियमित रूपमा चेस खेल्छन् रे । चेस सजिलै खेल्न सकिने खेल हो । घर घर, स्कुल स्कुल अझ जहाँ पनि खेल्न सकिन्छ । मात्र एउटा बोर्ड, गोटी र खेल्ने व्यक्ति भए पुगिहाल्यो । अहिले त अनलाइन चेस खेल्नेहरूको जमात पनि लाखौँमा छ । चेस खेल्यो भने मानसिक र बौद्धिक क्षमता अभिवृद्धि हुन्छ । त्यसैले पनि चेस खेल्नेको सङ्ख्या बढी भएको हुनु पर्छ । त्यसैले विश्वमा चेस खेल लोकप्रिय छ । चेसका खेलाडीहरूले राम्रो कमाइ पनि गर्छ तर नेपालमा यो खेल व्यावसायिक बन्न सकेको छैन । यो खेल नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्तो लोकप्रिय पनि छैन । त्यसैले त

शीर्षक के हो ?

छाडेको छैन । आज पनि हाम्रा शैक्षिक संस्थाहरू समाजमा आफ्नो शैक्षिक संस्थाको नाम, दाम र शान बढाउने ध्येयले परीक्षामा उच्च अङ्क ल्याएर परिचित हुनका लागि घोकन्ते विद्यामा जोड दिइरहेका छन् । दुःखका साथ भन्नु पर्छ यसले सिक्ने, सिकाउने ज्ञानको मन्दिरलाई व्यापार गर्ने व्यावसायिक संस्थाको छविमा परिवर्तन गरिरहेको छ । घोकन्ते विद्याले बालबालिकाको धेरै पक्षमा प्रभाव पारेको देखिन्छ । यसले बालबालिकाको सामाजिक, शैक्षिक, मानसिक जस्ता विभिन्न पक्षमा नकारात्मक असर पारेको देखिन्छ । यसले बालबालिकाको पूर्ण

संस्कार संस्कृतको

साथीहरू । बिहानको समय पढ्ने, योगा गर्ने, ध्यान गर्ने, भगवान्को नाम जप्ने हो रे त्यही भएर बिहान म मोबाइल, टिभी हेर्दिनँ । मलाई यशोदाको नन्दलाला भन्ने टिभी सिरियल एकदमै मन पर्छ, युट्युबमा दोहोराइ दोहोराइ हेरेको छु । मेरो स्कुल बिदा भएको बेलामा श्रीकृष्णले माटो खाएको, गाई चराएको ठाउँ वृन्दावनमा जाने ठुलो रहर छ । कुनै दिन मिलाएर बाबाले लैजान्छु भन्नुभएको छ । मलाई धेरै भजन पनि गाउन आउँछ, एकादशी तुलसी तिलको दान..., अच्युतम केशवम्...हे राम... जय राम..., ओम नमो भगवते वासुदेवाय..., हरहर शम्भु, नारायण नारायण..., जय सरस्वती माता... यस्ता धेरै भजन हामी साँझको सन्ध्या पूजा गरेपछि मम्मीसँगै गाउँछौँ ।

सगरमाथा (कविता)

सगरमाथा शिखर विश्वकै अग्लो हिमाल भएको छ हाम्रो देशको नामै ठुलो विशाल ।

जानकारी लिन जे सिके पनि हुन्छ ‘जेमा लागिन्छ, मेहनतसहित लाग्नु पर्छ’

‘बालकसँग स्रष्टा संवाद’ मा यस पटक हामीले साहित्यकार तथा समालोचक प्रमोद प्रधानसँग संवाद गरेका छौं । विसं २०१५ मा विराटनगरमा जन्मनुभएका साहित्यकार प्रधानले बालसाहित्य क्षेत्रमा प्रशस्त योगदान पु-याउनुभएको छ । बालबालिकाका लागि विगत तीन दशकदेखि जानकारीमूलक, ज्ञानवद्र्धक पाठ्यसामग्रीसहित ‘मुना’ प्रकाशन हुँदै आएको छ । र, यस मुना पत्रिकामार्फत बालबालिकाको पठन र लेखन संस्कृति कसरी बढाउन सकिन्छ भनेर मुना पत्रिकाले बालबालि

सङ्गतको प्रभाव (पौराणिक कथा)

नीतिशास्त्र भन्छ ‘संसर्गजा दोष गुणा भवन्ति ।’ अर्थात् संसर्ग वा सङ्गतले असललाई खराब र खराबलाई असल बनाउन सक्छ वा बनाउने गर्छ । फूलको सङ्गतमा परे किरा कमिलाले पनि देवीदेवताको शिरमा बस्न पाउँछन् । मूर्खको सङ्गतमा परे हीरामा पनि किरा लाग्न सक्छ । सज्जनको सङ्गत पाए दुर्जन पनि सज्जन बन्न पुग्छन् । दुर्जनको सङ्गतमा पर्नु परे सज्जनले पनि दुर्जन बन्नुपर्ने हुन्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै एउटा अद्भुत कथा प्रस्तुत गरिएको छ ।

पारिजात

भाइबहिनीहरू, तपाईंहरूलाई थाहा छ, पारिजात के हो ? पारिजात एउटा यस्तो फूल हो जुन रातिमा मात्र फुल्छ र बिहान सबै झर्छ । अनि यो एउटा मात्र फूल हो जुन भुइँमा झरे पनि भगवान्लाई चढाउन सकिन्छ तर आज हामी फूल पारिजातको बारेमा होइन, साहित्यकार पारिजातको जीवनीका बारेमा केही जानौँ है त । भाइबहिनीहरू, पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको पिता केएन वाइबा र माता अमृता मोक्तानले उनको नाम विष्णुकुमारी राखे पनि लामाले चेकुडोल्मा ‘तारा रानी’ राखिदिएका थिए ।

सौन्दर्यले भरिपूर्ण मयूर

नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जको सौराहामा सौन्दर्यले भरिपूर्ण मयूर पन्छी देख्न पाइन्छ । मयूर वनको चरा भएकाले यो चरा अन्य राष्ट्रिया निकुञ्जमा पनि देख्न सकिन्छ । जमिनमा गुँड बनाउँछ तर रुखमा बस्छ । यो चरालाई बहुरङ्गी चरा पनि भनिन्छ । दक्षिण एसियाका विभिन्न देशमा मयूर पाइन्छ । प्रजननको मौसममा सौराहा जङ्गलमा मयूरको अत्यधिक चहलपहल हुने गर्दछ ।

पुर्खा (कविता)

हाम्रा पुर्खा थिए साह्रै आँटिला वीर साहसी ज्यानको बलिदानै त दिन हुन्थे तयार ती ।। महान् देश हाम्रो यो बनेको बलिदानले लिन आएर नेपाल सक्थे के गर्न शत्रुले ?

सामुदायिक विद्यालय ‘अध्ययनसँगसँगै आम्दानी’

विद्यालय ज्ञान आर्जन गर्ने स्थान हो । विद्यालयबाट लिएको ज्ञानले विद्यार्थीलाई भविष्य उज्ज्वल बनाउन बाटो निर्देशित गर्छ । विद्यालयले वातावरण मिलाउन सक्ने हो भने साना नानीबाबुहरूले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि लिन सकिन्छ । शैक्षिकसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नमा उदाहरणीय बनेको छ बाँकेको कोहलपुर नगरपालिका–११, भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालय । यो विद्यालयका विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिक्ने अवसर पाइरहेका छन् ।

लोभी नीरज

एकादेशमा एउटा गाउँ थियो । त्यहाँ एउटा नीरज नाम गरेको व्यक्ति बस्थ्यो । उ धेरै लोभी थियो । उसलाई जति पैसा भए पनि पुग्दैनथ्यो । उ एकदिन भगवान्को ध्यान गर्न गयो । उसको ध्यान देखेर भगवान् खुसी हुनुभयो र नीरजलाई आँखा खोल्न भन्नुभयो । त्यत्तिकैमा उसले आँखा खोल्यो । उसले भगवान्लाई नमस्कार ग-यो । नीरजले आँखा खोलेपछि भगवान्ले सोध्नुभयो । “तिमीलाई के चाहियो ?” भगवान्को प्रश्नपछि उसले खुसी हुँदै भन्यो, “मैले जे छोए पनि पैसा बनाइदिनुहोस् भगवान् ।” त्यसपछि भगवान्ले उसको लोभ थाहा पाउनुभयो । तैपनि भगवान्ले उसको चाहना पूरा होस् भनेर वरदान दिनुभयो । नीरज झन् खुसी भयो । भगवान्को वरदान पाएको नीरजले त्यसले काम गर्छ कि गर्दैन भनेर नजिकै रहेको

मेरी प्यारी आमा (कविता)

मेरी प्यारी आमा किनु दिनु जामा फुरुफुरु नाच्छु खुसीले बाँच्छु