खेलकुदको विश्व मेला
ओलम्पिकलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेला मानिन्छ । ओलम्पिक खेलमा विश्वका सबै देशले भाग लिन्छन् । विश्वमा खेलिने प्रायः सबै लोकप्रिय खेल ओलम्पिकमा खेलिन्छन् । ओलम्पिकमा विश्वका सबै देशका उत्कृष्ट खेलाडीको एकै ठाउँमा जमघट हुन्छ । त्यसैले ओलम्पिक खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर पदक जित्ने सौभाग्य कमैलाई मात्र मिल्छ । ओलम्पिक प्राचीनकालमै सुरु भएको हो । ग्रिसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नामकरण पनि ओलम्पिक भयो । प्राचीन ओलम्पिकको सुरुवात इसापूर्व ७७६ मा भएको मानिन्छ ।
बालबालिकामा मेरुदण्ड बाङ्गो हुने समस्या
प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै जसो १० वर्ष उमेर ना
सिनेमाको इतिहास
नेपालमा धेरै भाषा बोलिन्छ । भाषा संरक्षणका दृष्टिकोणले पनि विभिन्न भाषामा सिनेमा निर्माण गर्ने गरिन्छ । नेपालमा नेपाली, नेवारी, तामाङ, गुरुङ, मगर, मैथिली, भोजपुरीलगायत थुप्रै मातृभाषामा सिनेमा बनेका छन् । सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो सिनेमा सार्वजनिक गरिएको थियो । फ्रान्सका अगस्ट लुमियर र लुई लुमियर दाजुभाइले आफैँले निर्माण गरेको प्रोजेक्टरको सहायताले सिनेमा देखाएका थिए तर ती सिनेमामा अहिले जस्तो कुनै कथा, पटकथा र संवाद थिएनन्, मात्र दृश्य थियो । सन् १९२७ मा सिनेमामा पहिलो पटक आवाजको प्रयोग गरियो । सन् १९२७ मा अमेरिकामा
सिनेमाको सुटिङ यसरी गरिन्छ
भाइबहिनीहरू, चलचित्र (सिनेमा) हेर्न मजा हुन्छ है ? सिनेमा तयार गर्दा कति मेहनत पर्छ भन्ने कमैलाई थाहा हुन सक्छ । चलचित्र बनाउन निर्माता, निर्देशक, कलाकार र प्राविधिकको भूमिका हुन्छ । निर्देशकले चलचित्र निर्माण गर्न राम्रो कथा छान्छन् । कथामा लगानी गर्न सक्ने निर्मातालाई उनले लाग्ने खर्चका बारेमा भन्छन् । निर्माताले आफूले रकम खर्च गर्न तयार भएको निर्णय गरेपछि निर्देशकले कलाकार र प्राविधिक छनोट गर्छन् । त्यसैले सिनेमाका निर्देशकलाई क्याप्टेन अफ दी सी अर्थात् जहाजको कप्तान पनि भनिन्छ ।
लामो झोलुङ्गे पुल
भाइबहिनीहरू, झोलुङ्गे पुल देख्नुभएको छ ? नदी वा खोला तर्नका लागि लच्किने वा हल्लिने खालका फलामे वस्तु प्रयोग गरेर पुल बनाइएका हुन्छन् । फलामका ठुला खम्बामा पुल अड्याइएको हुन्छ । बच्चालाई सुताउन घरमा तन्ना वा पछ्यौराको झोलुङ्गो बनाउने गरिन्छ । ठ्याक्कै झोलुङ्गो जस्तै हुने भएकाले यस्ता पुललाई झोलुङ्गे पुल भनिएको हो । अब भन्नुहोस् त नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कुन होला ? पक्कै पनि हामी सबैले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदीमा बनेको झोलुङ्गे पुल सबैभन्दा लामो हो भनी पढ्दै र सुन्दै आ
क्याप्टेन छान्न चुनाव
साथीहरू, सांसद छान्ने चुनाव देख्नुभएको छ ? चुनावका लागि मतपत्र तयार गरिन्छ । मतदातासँग मत माग्नका लागि चुनाव प्रचार गरिन्छ । तोकिएको दिनमा मतदाता मतदान स्थलमा पुग्छन् । सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ । कर्मचारी पनि हुन्छन् । मतदाताले जसलाई जिताउन चाहन्छन् उनको चुनाव चिह्नमा स्वस्तिक चिह्न भएको छाप लगाउँछन् । त्यसपछि बडेमानको बाकसको प्वालबाट मतपत्रलाई खसालिन्छ । अन्तिममा मत गनिन्छ र सबैभन्दा बढी मत ल्याउनेले चुनाव जित्छन् । ठिक त्यसै गरी कास्की पोखरा–१६, बाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालयले क्याप्टेन र सहायक क्याप्टेन छान्न चुनाव नै गराएको छ ।
अनुशासन (निबन्ध)
अनुशासन ‘शासन’ शब्दको अगाडि ‘अनु’ उपसर्ग लागेर बनेको हो । अनुशासन भनेको आफूले आफैँलाई नियममा बाँध्नु हो । हामी विद्यार्थीका लागि अनुशासन गहना हो । अनुशासन पालना गर्ने विद्यार्थी असल हुन्छ । हामीले विद्यालयमा होस् वा घरमा अनुशासन पालना गर्नु पर्छ । जसले हामीलाई सफल बनाउन सहयोग गर्छ ।
मनसुनलाई यसरी बुझौँ
हामी सबैले मनसुन भन्ने शब्द त सुनेकै छौँ । यो शब्द अरबी भाषाको ‘मवसिम’ बाट आएको हो । सामान्यतया मनसुन आयो भन्नेबित्तिकै हामीले अब वर्षा लाग्यो, पानी पर्ने भयो भनेर बुझ्छौँ तर मनसुन भन्नाले पानी पार्ने मात्र नभई सुक्खा पनि पर्न सक्छ । मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा अस
आर्थिक वर्ष भनेको के हो ?
भाइबहिनीलाई हाम्रो दैनिक जीवनका धेरै तिथिमिति १२ महिनाको आधारमा तय हुन्छन् । देश अनुसार वर्ष सुरु हुने र अन्त्य हुने महिना पनि फरक हुन सक्छ । विक्रम संवत्को पात्रो प्रयोग गर्ने नेपालमा वैशाखबाट वर्षको सुरुवात भएर चैतमा अन्त्य हुन्छ । इस्वी संवत्को पात्रो प्रयोग गर्ने धेरै देशमा जनवरीमा वर्षको सुरुवात भएर डिसेम्बरमा अन्त्य हुन्छ ।
मेरी सानी बहिनी (कविता)
मेरी सानी बाहिनी सबैभन्दा ज्ञानी । मेरोभन्दा राम्रो उसको आनीबानी ।। मुसुमुसु हाँस्छे । गीत गाउँदै नाच्छे ।।
कलम मेरो साथी (कविता)
साना साना हातले कलम समाउने, पढ्न लेख्न पाउँदा मन रमाउने । स्कुलमा साथीभाइ खेली हाँसेको,
मखन चोर कृष्ण (कविता)
बाँसुरीको धुनले सबलाई आनन्द दिलाउँछ । चकचक गरी गोकुलमा खुसियाली ल्याउँछ ।। राति हुँदा जन्मेकोले कृष्ण हुन्छ काले । उसको कथा सुनाउँदै भन्नुहुन्छ बाले ।।
कम्प्युटरको सुरक्षा कसरी गर्ने ?
भाइबहिनीहरू, अहिले पनि विद्यालयको कम्प्युटर ल्याब (कोठा) मा जाँदा जुत्ता खोल्नु पर्छ होला, हैन ? कम्प्युटर ल्याबमा जुत्ता लगाएर जाँदैमा के होला भन्ने मनमा लाग्न सक्ला । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयौँ भने जुत्तासँगै धुलो र अन्य फोहोर प्रवेश गर्न सक्छन् । कम्प्युटर ल्याबभित्र फोहोर जान नपाओस् भनेर बाहिर जुत्ता खोल्ने गरिएको हो । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयो भने भाइरस सर्छ भन्ने कुरा सरासर गलत हो । त्यसैले कम्प्युटर ल्याबमा धुलो नहोस् भनेर
नारायणहिटी दरबार सङ्ग्रहालय पुग्दा
काठमाडौँमा धेरै वटा सङ्ग्रहालय छन् । तीमध्ये नारायणहिटी दरबार सङ्ग्रहालय पनि चर्चित छ । त्यहाँ दैनिक सयौँ मानिस अवलोकनका लागि पुग्ने गरेका छन् । हाम्रो विद्यालयले कक्षा ५ का विद्यार्थीलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा लैजाने निर्णय ग¥यो । विद्यालयको निर्णयबाट हामी खुसी भयौँ । शैक्षिक भ्रमणका लागि भनेर गत २०८० साल मङ्सिर २८ गते नारायणहिटी दरबार सङ्ग्रहालयमा हामीलाई लगिएको थियो । शैक्षिक भ्रमणमा लैजाने दिन हामी सबै जना विद्यालयमा जम्मा भएका थियौँ । हाम्रो टोलीमा ३३ जना थियौँ ।
संसार देख्ने आशा (बालकथा)
“सर, तपाईं हाम्रो किताबको लेखक हो ?” एउटा बालकले मेरो हात समाएर सोधे । “किन सोध्नुभयो बाबु ? हो म लेखक त हुँ तर तपाईं कुन कक्षामा पढ्नु हुन्छ ?” उनले मेरो उत्तर दिएनन्, केबल आँखा झिमझिम पारिरहे । मैले नियालेर हेरेँ, उनी दृष्टिविहीन रहेछन् । मैले फेरि सोधेँ, “किन बाबु, के सोध्न मन छ, भन्नुहोस् न । म लेखक नै हुँ । मलाई जे सोधे पनि हुन्छ । म तपाईं जस्तै बालबालिकाका लागि लेख्ने लेखक हुँ ।” “मेरो साथीले भन्थ्यो लेखकहरूले मात्र हाम्रा कुरा बुझ्छन् । अरू कसैले हाम्रा कुरा बुझ्दैनन्” उनले आफ्नै लबजमा कुरा सुनाए । उनले एक वाक्य मात्र बोले तर उनको यस कुराले मलाई केही भावुक बनायो । म उनका छेउमा बसेँ । मसँग झोलामा केही दाना लिची थिएँ । उनलाई पनि दिएँ । मैले पनि खाएँ । हामी कुरा गर्न थाल्यौँ ।