• २६ जेठ २०८२, सोमबार

मेरो विद्यालय, मेरो प्रेरणा

blog

थर मेरो घिमिरे नाम हो आहाना

कविता भनेर खुसी हुने चाहना

म कक्षा ५ की आज्ञाकारी छात्रा

मन पराउँछु संस्कृति र जात्रा ।


विजय स्मारक मावि हो मेरो स्कुलको नाम

विद्यार्थीलाई ज्ञान गुण सिकाउने यसको काम

रहेको छ कालिकास्थान डिल्लीबजार

बनाइसक्यो कर्मठ नागरिक हजारौँ हजार ।


पाएकी छु गुरुको माया, सिकाउँछन् अनेक ज्ञान

यसैबाट बन्ने छु म असल र बुद्धिमान

बुक फ्री फ्राई डेमा खेल्छौँ सिक्छौँ नयाँ कुरा

ज्ञान र सिप सिकी गर्छौं देशको माग पूरा ।


विद्यालयले बनाउने छ मलाई योग्य र दक्ष

पढी गुनी देशको सेवा गर्ने मेरो लक्ष्य

विजय स्मारक हो मेरो आधार

ज्ञानको दीप जलाउने यो संसार ।


पुस्तक मात्र पढ्ने होइन यहाँ

शिक्षक र साथीसँग रमाइन्छ जहाँ

पढ्छु म शिक्षकको प्रेरणालाई सँगाल्दै

बढ्दै छु म देशप्रेम र राष्ट्रभक्त अँगाल्दै ।


विद्यालयले देखाएको उज्यालो यो बाटो

विद्यालयको इज्जत बढाउने छु यसको साटो

बन्ने छौँ हामी धेरै धेरै ज्ञानी

शिक्षक र स्कुलले भनेको कुरा मानी ।


मेरो विद्यालय हो मेरो गौरव

यहीँ पढी देखाउने छु मेरो पौरख

सबै कुरा सिकाउने स्कुलको आँगन

फैलाउन चेतना सबै साथी जाग न ।   

  मुना