• १२ मंसिर २०८१, बुधबार

रामको जुक्ति (कथा)

blog

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँ धेरै ठूूलो थियो । त्यो गाउँको नाम नगर थियो । नगरमा दुई परिवार बस्ने गर्थे, राम र धनीलालको  परिवार । धनीलालको  परिवार धनी थियो भने रामको  सामान्य । धनीलाल सम्पन्न  परिवारका । उसले प्रायः घरमा धेरैजसो पार्टी, भोजका कार्यक्रम भइराख्थे । र, उनीहरूले कार्यक्रम गरेर चलेको भोजपछि बचेको खाना जहिले पनि रामको 

घरअगाडि लगेर फ्याँक्थे । धनीलालको परिवारले निरन्तर यस्तै गरिरहने हुँदा रामको परिवार दिक्क भएका थिए । यसरी जहिले पनि आफ्नो घरअगाडि खाना फ्याँकेको देखेर  चिन्तित  राम र उनकी श्रीमती रीता एकदिन धनीलालसँग कुरा गर्न उसको घरमा गएका थिए । 

 घरमा गएर उनीहरूले खानाका विषयमा कुरा गरे तर उनीहरूको कुरा कसैले पनि ध्यान दिएर सुनेनन् । त्यसपछि राम र रीता धनीलालको घरबाट निस्के । राति रामलाई एउटा राम्रो जुक्ति आयो । अनि उसले अर्को दिन धनीराम छिमेकीको घरअगाडि फोहोरै फोहोर लगेर फ्याँक्यो । फोहोर फ्याँकेको थाहा पाएपछि धनीलाल बाहिर आयो । चिच्याएर रामलाई बोलायो । के भयो ? फोहोर देखेर रिस उठ्यो तपाईंलाई ? सोच्नुहोस् त हरेक दिन हामीलाई कस्तो महहुस हुन्छ होला ? हेर्नुहोस् मैले यो चाहेर गरेको पक्कै होइन । यो त हजुरलाई सम्झाउन र बुझाउनका लागि गरेको हुँ । 

मेरो यस्तो व्यवहारले नराम्रो लाग्यो भने म माफी चाहन्छु तर आफँै सोच्नुहोस् त यो फोहोर हाम्रो वातावरणका लागि कति हानिकारक छ ? तपाईंले यसरी जथाभावी फ्याँकेको खानाले एकातिर वातावरण प्रदूषित हुन्छ भने अर्कोतिर  अनावश्यक मगाएको र खेर गएको खानाले कति मान्छेहरूको पेट भरिन्छ ? आज विश्वमा भोकमरीका कारण कति धेरै मानिस मरिरहेका छन् ? 

कति धेरै बालबालिका कुपोषणको सिकार भएका छन् ? हो, तपाईंलाई सचेत गराउन हामीले तपाईंको घरअगाडि फोहोर फालेका हौँ । हामीले कहिल्यै खाना फ्याँक्नु हुँदैन र बच्यो भने आवश्यक परेको मान्छेलाई दिनुपर्छ ।” रामको कुरा धनीलालले बुझ्यो र अबदेखि खाना नफ्याँक्ने निर्णय ग-यो । यो कथाबाट हामीले खानाको महत्त्व बुझ्यौँ र जथाभावी फोहोर फाल्नु गलत हो भनेर थाहा पायौँ ।