• ३१ असोज २०८२, शुक्रबार

व्यक्तित्व विकासका लागि बालअधिकार

blog

शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक, सामाजिक आदि रूपले परिपक्व नभएका उमेर समूहलाई बालबालिका भनिन्छ । हरेक देशको कानुनले बालबालिकाको उमेर समूह तोक्ने गर्दछ । नेपालको कानुनले १६ वर्षभन्दा कम उमेरकालाई बालबालिका भनेको छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिले बालबालिकाको उमेर १८ वर्षसम्म हुने भनेको छ । 

बालबालिकाको शारीरिक, मानसिक, बौद्धिकलगायतका विकासका लागि उचित स्याहार, शिक्षा र सुरक्षाको आवश्यकता पर्छ । बालबालिकाको विकास र हकहित संरक्षण गर्न बालअधिकार महत्वपूर्ण आधार हो । बालबालिकाको चौतर्फी विकासका लागि निर्माण गरिएका अधिकारलाई बालअधिकार भनिन्छ । बालअधिकार बालबालिकाको विशेष अधिकार हो । बालअधिकार महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भई सन् १९९० सेप्टेम्बर १ मा लागु भएको थियो । महासन्धिमा बालबालिकालाई विभेद वा फरक गर्न नपाइने कुरा उल्लेख छ । उनीहरूले स्वतन्त्र रूपमा हाँस्न, खेल्न, रमाउन, आफ्नो प्रतिभा देखाउन, उमेर अनुसार सिप सिक्न पाउँछन् । 

मुलुकको मूल कानुनलाई संविधान भनिन्छ । नेपालको संविधानमा बालअधिकारलाई सुनिश्चित गरिएको छ । संविधानमा बालअधिकारसम्बन्धी हकको व्यवस्था छ । हरेक बालबालिकाको नाम र जन्मदर्ताको अधिकार रहन्छ । बालबालिकालाई शारीरिक, मानसिक वा यौनिक दुव्र्यवहार गर्न पाइँदैन । बालविवाह गर्न वा गराउन, बालश्रम गराउन वा गैरकानुनी ओसारप्रसार र अपहरण गर्न वा बन्धक बनाएर राख्न पनि पाइँदैन । 

बाल अधिकार बालबालिकाका लागि महìवपूर्ण अधिकार हो । बालअधिकारले उमेर अनुसार सामाजिकीकरण गर्न, अध्ययनमा प्रभावकारिता ल्याउन, सिर्जनात्मक सिपको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउँछ । बालअधिकार बालबालिकाको जन्मसिद्ध अधिकार हो । बालअधिकारले बालविवाह तथा बालश्रम रोकथाम गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको छ । बालअधिकारले बालबालिकाका आधारभूत आवश्यकता पनि पूरा गराउन मद्दत गर्दछ । यसले बालबालिकाको व्यक्तित्व विकासका लागि पनि भूमिका निर्वाह गर्दछ । 

बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिका देशको भविष्य हुन् । उनीहरू आफ्नो हित र अहितबारे पूर्ण रूपमा सोच्न सक्दैनन् । त्यसैले उनीहरूलाई विशेष संरक्षण र हेरचाहको आवश्यकता पर्दछ । बालबालिकाले राम्रोसँग हुर्कन, खेल खेल्न, पढ्न, सिपको विकास गर्न अवसर पाउनु पर्छ । बालबालिकाको स्वतन्त्रतामा असर पु¥याउनु हुँदैन । बालबालिकालाई विभेद, हिंसा र मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर पु¥याउने कुराबाट जोगाउनु पर्छ । बालबालिकाको विचार र भावनाको कदर गर्नु पर्छ । आफ्ना इच्छा र रहर पूरा गर्न नपाउँदा वा आफ्ना भावनाको कदर नहुँदा सबैलाई नरमाइलो लाग्छ । बालबालिकालाई पनि आफ्नो विचारको कदर नहुँदा, रहर पूरा हुन सक्दा र मन लागेको कुरा गर्न नपाउँदा नकारात्मक असर पुग्छ ।

बालअधिकार अन्तर्गत विभिन्न अधिकार पर्दछन् । बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार, सहभागिताको अधिकार आदि बालअधिकार हुन् । गर्भमा रहेदेखि सुरक्षित जन्मन पाउनेसम्मका अधिकार रहन्छ । जन्मेपछि खानपान, जन्मदर्ता, नियमित स्वास्थ्य परीक्षण, पौष्टिक आहार, खोप, उपचारलगायतका कुरा पनि बाँच्न पाउने अधिकारमा पर्दछन् । बालबालिकालाई शारीरिक तथा मानसिक दुव्र्यवहार वा हिंसा गर्न पाइँदैन । अपाङ्गता भएका र जोखिममा रहेका बालबालिकालाई थप सुरक्षा प्रदान गर्नु पर्छ । उमेर अनुसार सिपको विकास, शिक्षा, खेलकुद र चौतर्फी विकास पनि बालअधिकार हो । घर, विद्यालय र समुदायको निर्णय प्रक्रियामा भाग लिने, आफ्नो विचार व्यक्त गर्न अवसर दिने, विभिन्न क्रियाकलापमा सक्रिय हुन प्रोत्साहन गर्ने कुरा पनि बालअधिकारभित्र पर्दछन् ।

विश्वका धेरै मुलुकको सन्दर्भमा प्रायः सबै बालबालिकाको जीवनशैली फरक फरक रहेको छ । कतिपय बालबालिका विद्यालय जान्छन् भने कतिपय बालबालिका सडक तथा सार्वजनिक स्थानमा भिख माग्दै हिँडेका छन् । आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना बालबालिकालाई पढ्न पठाउनुको सट्टा घरायसी काममा लगाउँछन् । यसले गर्दा ती बालबालिकाको जीवन निकै दुःखद हुने गरेको छ । उनीहरूको बालअधिकार पनि हनन भएको छ । बालअधिकार खोसिनुलाई बालअधिकार हनन भएको भनिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको कविता ‘नटिप्नु, हेर कोपिला नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ’ सुनेका वा पढेका छौँ । यी हरफमा भने झैँ बालबालिका पनि कोपिला हुन् । उनीहरूलाई कोपिलाबाट फूल हुन दिनु पर्छ । कोपिला चुँड्दा पाप लागे झैँ, बालबालिकाको बाल्यकाल उजाडेर अँध्यारो भविष्यतर्फ धकेल्नु धर्म र दया गुमाउनु हो । बालबालिकाको अधिकार हनन हुँदा उनीहरूको कमलो मस्तिष्कमा असर पर्दछ । मस्तिष्कमा असर पर्दा बालबालिका नकारात्मक सोच्ने हुन सक्छन् । बालबालिकाको सोच सकारात्मक हुनु पर्छ । सकारात्मक बनाइदिनु पनि पर्दछ । 

बालबालिकाका चाहनालाई हरेक अभिभावकले बुझ्नु जरुरी हुन्छ । अभिभावकको माया र प्रेमको अभावमा बालबालिकाले आफूलाई एक्लो महसुस गर्छन् र नराम्रो दुव्र्यसनमा फस्ने गर्छन् । अनि उनीहरू कलिलै उमेरदेखि लागुपदार्थ सेवन गर्ने, मानसिक समस्या हुने अवस्थाको सिर्जना हुन सक्छ । बालबालिकाको पालनपोषण, रेखदेख, हुर्काइ राम्रोसँग गर्न सक्यौँ भने भोलि योग्य जनशक्ति उत्पादन हुन सक्छ । तसर्थ कुनै पनि देशको सुन्दर, समृद्ध र उज्ज्वल भविष्यका लागि बालबालिका सुरक्षित र अधिकार सम्पन्न हुनु पर्छ । हरेक वर्षको भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । यो दिवस एक दिन मनाउने मात्र नभई हरेक दिन बालअधिकार सुनिश्चित हुने गरी सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनु पर्छ । त्यसै अनुसारको कर्म गर्न सिकौँ ।  

मुना