• १२ पुस २०८१, शुक्रबार

आमा (कविता)

blog

तिमीले दिएको माया

ममताको छायाँ

सम्झने छु सदा

तिमीले दिएको माया,


      नौ महिना गर्भमा राखी 

       यो धर्ती देखायौ

      राम्रो संस्कार सिकाइ

      दुःख गरी हुर्कायौ,


संसार देखायौ मलाई 

बाँच्न सिकायौ 

नाच्ने, गाउने जस्ता

नौला शिल्प सिकायौ 


    मेरा रहर पूरा गर्न 

    आफ्ना इच्छा सारा त्याग्यौ

    आफू आँसु पिएरै पनि 

    मलाई हाँस्न सिकायौ ।