• ८ असार २०८१, शनिबार

इन्टरनेटबाट हुनसक्ने दुव्र्यवहार

blog

पछिल्लो केही वर्षदेखि इन्टरनेटको मार्फतबाट हुने विभिन्न अपराधको शैली फरक–फरक स्वरूपमा बढिरहेको छ । अपराधीले विभिन्न माध्यमबाट अपराधजन्य काम गरिहरेको हुन्छ । समयमै यसबारे सही सूचना नपाउँदा पीडित झन् बढी पीडा भोग्नु पर्ने अवस्था आइरहेको छ  । महिला र बालबालिका यस्ता खाले साइबर अपराधका घटनाबाट बढी पीडित भएको तथ्य छ । अपराधीले कुन कुन माध्यमबाट कसरी अपराधका शैली अपनाउँछन् भन्ने कुरा जानस् राखौँ है त । 


इन्टरनेटमार्फत भइरहेका यौनजन्य दुव्र्यवहार र अपराधका फरक–फरक शैली फोटो मल्टिनेसन :

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने

रिभेन्ज पोर्न : अश्लील फोटो तथा भिडियोहरू इन्टरनेटमा प्रकाशित गर्ने

रेन्समवेर अट्याक : सम्पूर्ण सूचना नियन्त्रणमा लिएर फिरौती माग गर्ने

इम्पोस्टर : सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने

फोर्स अट्याक : ह्याकिङका लागि विभिन्न तरिकाले आक्रमण गर्ने ।

डिफेमेसन : राम्रो प्रतिष्ठा भएको व्यक्ति वा कम्पनीको साख बिगार्ने ।

साइबर स्टाल्किङ : विभिन्न उपकरण र माध्यम प्रयोग गरेर धम्काउने ।

साइबर बुलिङ : विभिन्न उपकरण र माध्यमको प्रयोग गरी लज्जित गर्ने र ह्यारासमेन्ट गर्ने ।