• २८ वैशाख २०८१, शुक्रबार

आयो असार (कविता)

blog

बाह्र महिनामध्ये मलाई असार महिना मनपर्छ । असारमा किसानहरू खेतमा काम गर्न जान्छन् । विशेष गरेर गाउँघरमा धेरै रमाइलो हुन्छ । महिलाहरू धन रोप्छन् । पुरुषहरू आली बाउसे गर्छन् । मैले धेरै बाउसे गरेको छु । आफ्नो मिल्ने साथीलाई हिलो छ्यापेर झन् रमाइलो पनि गरेको छु । असारमा सिमसिम पानी पर्ने भएकाले म घुम ओड्न पाउँछु । घुम ओडेर खेतमा काम गर्दा खुसी लाग्छ । खेतमै खाजा खान पाइन्छ । खेतमै बिहानदेखि बेलुकासम्म परिवार मिलेर धान रोप्ने काम गर्छौं । यस बेला खेतमा मकै पाकेका हुन्छन् । हरियो मकै पोलेर खाँदा झन् मज्जा हुन्छ ।  गाउँमा बगैँचामा आरुचा र आलुबखडा पनि पाक्छन् । बोटमा चढेर खान पाइन्छ । त्यसैले मलाई असार महिना धेरै रमाइलो लाग्छ ।