• २८ वैशाख २०८१, शुक्रबार

नेपाल आमा (कविता)

blog

हाम्री नेपाल आमा

विश्वभरिमै सुन्दर छिन्,

प्रकृति कि अनुपम लालीले शृङ्गारिएकी छन् ।

हिमाल, पहाड, तराई घरमा

बस्छौँ हामी मिलिजुली । 


बिहान उठ्दा सूर्य झुल्किँदा,

पूर्वमा देखिन्छ झिलिमिली ।

प्रकृतिका छटा हाम्रो 

विश्वमै छ चर्चित,

सगरमाथा हिमाल हाम्रो 

संसारमै छ प्रसिद्ध ।


नेपाल आमाका सन्तति हामी,

हाम्रो वीरताको गाथा महान् छ ।

वीर पुर्खाहरूले आर्जेको

नाम, कीर्तिको गाथालाई,

हामी सन्ततिले अजर अमर बनाउनु छ ।


विदेशमा गई पसिना बगाई

हुँदैन हाम्रो उन्नति,

स्वदेशमा नै पसिना र परिश्रम बगाउँदै,

नेपाल आमाको स्याहार–सुसार गर्दामा नै,

हुनेछ हामी सन्ततिको उन्नति, प्रगति, समृद्धि ।


धनी, गरिब, उँच, नीच भनी 

नगरौँ अरूलाई हेला,

कुविचार, कुसंस्कार, विकृति,

विसङ्गति मनमा नपालौँ,

नव पुस्ताका सन्तति

हामी आह्वान गर्दछौँ,

नेपाल आमाको शिर माथि उठाई,

अब हो आ–आफ्नो 

काम कर्तव्यमा जुट्ने बेला । 


राष्ट्र« हाम्रो घर हो,

सपरिवार हौँ हामी नेपाली ।

सबै मिलेर राष्ट्र« निर्माण गरौँ,

राष्ट्रि«य झन्डा शिखरमा उचाली ।