• १५ कात्तिक २०८१, बिहिबार

शीर्षक के हो ?

blog

एकादेशमा ज्यामिरे नाम गरेको एक गाउँ थियो । त्यस गाउँमा मानबहादुर नाम गरेको एक मेहनती र असल किसान बस्थ्यो । उनको परिवारमा उनको श्रीमती, एक छोरा र एक छोरी बस्थे । उनी एक गरिब किसान थिए तर पनि जहिले पनि खुसी रहन्थे । उनी र उनको श्रीमतीले खेती किसानीमा धेरै रुचि राख्थे । उनले आफ्नो खेतमा धेरै प्रकारका फलफूल र तरकारीहरू लगाएका थिए । उनले आफूले उमारेको अनाजलाई आफूले खाइ र बाँकी भएको नजिकै बजारमा बेच्ने गर्थे । 

त्यही गाउँको नजिकै एउटा ठूलो जङ्गल थियो । त्यही जङ्गलमा एउटा बाँदर बस्थ्यो । एक दिनको कुरा हो त्यो बाँदर जङ्गलमा घुम्दै जाँदा मानबहादुरको खेतमा पुग्यो । उसले मानबहादुरको खेतमा तरकारी र फलफूलहरू देख्छ । उसैले त्यहाँबाट केही तरकारी र फलफूल टिपेर खान्छ । उसलाई मानबहादुरको खेतको फलफूल र तरकारी धेरै मन पर्छ । त्यो मानबहादुरको खेतको फलफूल र तरकारी चोरेर खाइदिने गथ्र्यो । अनि जङ्गल फर्किन्थ्यो । बाँदर जहिले लखट्थ्यो । यो क्रम केही महिनासम्म चलिरह्यो ।

एकदिन मानबहादुर जहिलेको जसरी बाँदरलाई लखेट्दा लखेट्दा थकित भएर घर पुग्छ । उसले घर पुगेपछि शान्त मनले सोच्छ किन बाँदर जहिले पनि उसको खेतको फलफूल र तरकारी चोरेर खान्छ । उसले सोच्छ बाँदरको कोही छैन होला । उसले ठान्छ अब भोलिदेखि ऊ बाँदरलाई आफ्नै हातबाट खानेकुरा दिन्छु । भोलिपल्ट बिहान बाँदर मानबहादुरको खेतमा जाने बेला मानबहादुरको आफ्नो हातमा फलफूल र तरकारी लिएर बस्छ । बाँदर त्यहाँ आएपछि उसले मानबहादुरको हातमा खानेकुरा देख्छ । बाँदर त्यो हेरिरहेको बेलामा मानबहादुरले बाँदरलाई खानेकुरा दिन्छ । मानबहादुरले खानेकुरा दिएपछि बाँदर खु्सी हुन्छ । ऊ खुसी भएर मानबहादु्रले दिएको खानेकुरा खान्छ र बाँकी भएको जङ्गलमा लग्यो । अर्को दिनदेखि जहिले बाँदर आउँथ्यो र मानबहादुर उसलाई खानेकुरा दिने गथ्र्यो । अरू बेलामा त जहिले मानबहादुरलाई दुःख दिने बाँदर अहिले उसँग नम्र स्वभावको हुन थाल्यो ।

बाँदर उसलाई कुटो, कोदालोमा सहयोग गथ्र्यो । यसरी नै केही महिना बित्यो । उनीहरू असल मित्र बने । एकदिन मानबहादुर घर फर्किंदै थियो । उसको पछि त्यो बाँदर पनि उसको घर पुग्छ । बाँदर पछि आएको देखेर मानबहादुरलाई बाँदरको दया लाग्छ र उ बाँदरलाई आफ्नो घरमा राख्छ । यसरी उनीहरूको मित्रता अझै गहिरो हुँदै जान्छ । मानबहादुर जहाँ जान्थ्यो । बाँदरलाई पनि लग्थ्यो । उ जहाँ जहाँ जान्थ्यो । बाँदरलाई पनि लाग्थ्यो । धेरै वर्ष बित्यो मानबहादुर बूढो भयो र बाँदर पनि बूढो भयो । बूढो भएकोले मानबहादुरलाई धेरै रोग लाग्छ र उसको मृत्यु हुन्छ । उसको मृत्यु भएपछि मानबहादुरको छोरा र छोरीले त्यो बाँदरको स्याहारसुसार गरे । मानबहादुरको मृत्युको दुई महिनापछि बाँदरको पनि मृत्यु भयो । उनको मृत्यु भएपछि पनि गाउँलेहरूले उनीहरूको असल मित्रता जहिले पनि सम्झिरहेँ ।