राष्ट्रिय दलकै वर्चस्व
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष समानुपातिक सूची बुझाएपछि सदस्य सङ्ख्याले कानुनतः वैधानिकता पाउनेछ। जसअनुसार राष्ट्रियस्तरमा नेपाली कांग्रेस सबभन्दा बढी मत ल्याउन सफल भएको छ। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बन्न सफल भएका छन्। क्षेत्रीय दलका रूपमा उदाएका मधेशकेन्द्रित दल भने यस पटक खुम्चिएका छन्।
सफलतामा अभिप्रेरणा र उत्प्रेरणा
विश्वको जुनसुकै कुनामा रहेका मानिस हुन्, जुनसुकै, जात, धर्म र सम्प्रदायका हुन्, हरेकलाई सफल हुने चाहना हुन्छ। हरेकले जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि कुनै न कुनै रूपमा अरूको प्रेरणा लिइएको हुन्छ र असल परामर्शकर्ता भेटिएमा उसले थप उत्प्रेरणा जगाएर सफल हुने बाटो र दृढतालाई अरू मजबुत बनाइदिन्छ। हरेक मानिसमा अरू सफल भएको देखेर उसमा पनि त्यसैगरी सफल हुने लोभ जाग्छ। त्यो चाहना र लोभले व्यक्तिलाई सकारात्मक रूपमा प्रेरित ग¥यो भने उसले निश्चय पनि सफलता पाउँछ तर त्यसलाई ईष्र्याका रूपमा लिएर आक्रोश मात्र व्यक्त गरिरह्यो भने उ झन्झन् पतनको बाटोमा लाग्छ। प्रेरणा दुई किसिमको हुन्छ। एक व्यक्ति स्वयंबाट प्रेरित हुन्छ। उसका राम्रा कामहरूका बारेमा अरूले
भ्रष्टाचारविरुद्ध दृढ इच्छाशक्ति
गज्जव संयोग! भर्खरै नेपालसहित विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाइएको छ। यो दिवसका सन्दर्भमा अझै पनि नेपाल र विश्वका कतिपय स्थानमा भ्रष्टाचारविरुद्धका अभियानहरू जारी छन्। यही बेला नेपालमा नयाँ सरकार निर्माणका लागि माहोल छ। यहाँ एकै साथ केन्द्र र प्रदेश सरकार निर्माणका लागि जोडघटाउ र दौडधुप छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवै तहका समानुपातिक तर्फको अन्तिम नतिजासमेत आइसकेपछि निर्वाचन आयोग आधिकारिक नतिजाको विवरण राष्ट्रपतिसमक्ष बुझाउने तयारीमा छ। आयोगले समानुपातिकतर्फ
राजनीति र रोजगारीमा युवा शक्ति
मुलुकको राजनीतिक, आर्थिक क्षेत्रमा युवाको अविस्मरणीय योगदान रहेको छ। युवा इतिहासका सर्जक, युगका अग्रगामी ताकत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन्। मानव जीवनको सबैभन्दा उर्वरशील, गतिशील, जवानीले भरिपूर्ण अवस्था युवा हो। माओले युवातर्फ सङ्केत गर्दै भनेका थिए, ‘संसार तिमीहरूकै हो, किनभने तिमीहरू उदाउँदो सूर्य हौँ भने हामी अस्ताउँदो।’ माओको यो भनाइले पनि उनी युवाको भूमिकाप्रति कति आस्वस्त थिए भन्ने प्रष्ट हुन्छ। नेपाल जनसङ्ख्याको झन्डै ४० प्रतिशत युवाले ओगटेको छ। विद्यार्थी, किसान, मजदुर, लेखक, बुद्धिजीवी, कलाकार, डाक्टर, वकिल, शिक्षक, उद्योगपति, कर्मचारी, पत्रकार, समाजसेवी, राजनीतिक नेता, कार्यकर्ता आदि क्षेत्रमा रहेको ठूलो हिस्सा युवाको नै छ। देशको प्रायः सबै क्षेत्रमा युवाको भूमिका जिम्मेवारीको स्तरले मुलुकको भाग्य र भविष्य निर्धारण गर्छ।
जल संरक्षणका चुनौती
मानव जीवनका लागि पानी अपरिहार्य तरल पदार्थ हो। जन्मँदै प्रकृतिले पानीलाई यस्तो अद्भूत गुण दिएको छ, जो बिना कुनै प्राणी न त वनस्पति कसैको पनि कल्पना गर्न सकिँदैन। चराचर जगत्प्र/कृति स्वयं बाँच्न पनि पानी नै चाहिन्छ। पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीको वर्चस्व छ। पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई सास फेर्न सहज भएको छ। पिउन, सरसफाइ गर्न र खाना पकाउनेदेखि अरू धेरै काम सम्पन्न गर्न पानी भएन भने अधुरो र अपुरो हुन्छ। स्वस्थ्य मस्तिष्क स्फूर्त जीवनको प्रस्फुटन पनि पानीकै माध्यमबाट सम्भव भएको हो। जब व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको सोचविचारले विकासात्मक कार्यमा हातेमालो गर्न सक्दैन। यो धु्र
मुख्य अङ्गबीचको समझदारी
संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा महाभियोग लगाउन सक्ने प्रावधान छ। प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एकचौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्ने र त्यसरी प्रस्ता
विकास प्रेरित राजनीति
शासन र प्रशासनभन्दा पुरानो शब्दावली हो, राजनीति। राष्ट्र, राज्य, शासन, सरकार, प्रशासन आदि सम्पूर्णको अभिभावकीय भूमिकामा राजनीति रहन्छ। मूलतः कुनै पनि सरकारले राज्य सञ्चालन गर्ने क्रममा शासन, विकास र सेवा प्रवाह गर्ने गर्छ। यस क्रममा राजनीतिक संयन्त्रबाट शासन, विकास र सेवा प्रवाहका लागि नीति तथा कार्यक्रम तर्जुमा हुन्छ भने प्रशासनिक संयन्त्रबाट तिनको कार्यान्वयन हुने गर्छ। मानव सभ्यताको विकास हुँदै गर्दा आफ्नो प्रभुत्व जमाउने र स्थापित गर्ने क्रममा ठाउँ परिवेशअनुसार व्यक्ति, समूह र भौगोलिक क्षेत्रबीचमा द्वन्द्व हुने गर्दथ्यो। जित्ने पक्षले आ
‘पपुलर मत’सँग जोडिएको साख
वि.सं. २०७४ मा वाम गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा रहेर प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई समानुपातिक मतले संसद्मा दोस्रो ठूलो दल बनाएको थियो। ‘लज्जास्पद पराजय’बाट ओठतालु सुकाएका कांग्रेसजनलाई ४ मङ्सिरमा हात परेको ५७ सिटले मलमपट्टीको काम गरे पनि समानुपातिकमा खस्केको मतले पुनः गम्भीर बनाएको छ। प्रस्तुत लेखमा कांग्रेसले देशभर पाएको समानुपातिक मतको विश्लेषण गर्ने प्रयास गरिएको छ। २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ जनाको नाम मतदाता नामावलीमा समावेश थियो। जतिबेला एक करोड पाँच लाख ९२ हजार ८२२ मत खस्दा समानुपातिकमा कांग्रेसले ३२.७७ प्रतिशत अर्थात् ३१ लाख २८ हजार ३८९ मत पाएको थियो तर ४ मङ्सिरको चुनावमा २५.७१ प्रतिशत अर्थात् २७ लाख १५ हजार २२५ मतमा खुम्चिन बाध्य भएको छ कांग्रेस। जब कि २५ लाख ६० हजार ६३२ त नयाँ मतदाता नै थपिएका थिए। थपिएका मतदाताको अनुपातमा कांग्रेसको मत बढ्नुपथ्र्यो तर
राजनीतिमा शिक्षक
राजनीतिमा शिक्षकको संलग्नताको विषयलाई लिएर पक्ष विपक्षमा बहस भइरहेको छ। यो विषयले मिडियामा पनि राम्रै स्थान पाएको छ। शिक्षक सक्रिय राजनीतिमा संलग्न भएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेको अवस्थामा शिक्षक राजनीतिक गतिविधिमा संलग्न रहँदा यसमाथि प्रश्न उठ्नु स्वाभाविकै हो। यद्यपि यस विषयलाई शिक्षकले गम्भीरतापूर्वक लिएको देखिँदैन। केही ठूला दलका शीर्ष नेताले शिक्षकलाई राजनीति गर्न नदिने हो भने कुनै पनि राजनीतिक दल चल्न नसक्ने बताउँदै आएका छन्।
मानव अधिकारप्रति उठेका प्रश्न
मानवका शाश्वत र स्वतन्त्रताका अक्षुण्णता र अनतिक्रम्य मौलिक अधिकार मानव अधिकार हो। विकास र सहभागिताको नैसर्गिक अधिकार प्रत्याभूत गर्ने हो। यसको परिपालनाको सहज वातावरण लोकतान्त्रिक राज्यको दायित्व हो। लोकतान्त्रिक शासन प्रणालीमा नागरिकका आधारभूत मानव अधिकारको प्रत्याभूति गरिएको हुन्छ। राज्य र नागरिकका बीचमा अन्तरसम्बन्धको सेतु मानव अधिकारको वैधानिक व्यवस्था हो। असल अभ्यास र नागरिकले त्यसको कुन हदसम्म उपयोग गर्न पाएका छन् भन्नेमा यसको कार्यान्वयनको पाटो निहित रहन्छ। मानव जातिको सही पहिचान र आदर्शको सोपान म
खाने तरकारी कि विषादी ?
बढ्दो जलवायु परिवर्तनको विश्वव्यापी असर अब हरेकका भान्छामा पनि पर्न थालेको छ। जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा विषादी प्रयोग गर्न थालेका छन्। कीरा वा शत्रुजीव व्यवस्थापन गर्न अन्य कुनै विकल्प नखोजी कडाभन्दा कडा विषादी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न पुगेको छ।
सरकार निर्माणको बहस
आमनिर्वाचनको अन्तिम नतिजा लगभग आइसकेको छ। प्रत्यक्षतर्फको परिणाम प्राप्त भइसकेको छ भने समानुपातिकतर्फको सङ्ख्यात्मक नतिजा प्रकाशित भइसकेको छ। समानुपातिक तर्फका व्यक्तिका बारेमा मात्रै निर्णय हुन बाँकी छ। यो लेख प्रकाशित हुँदा कुन पार्टीका को–को व्यक्तिले समानुपातिक पद्धतिबाट सांसद हुने सौभाग्य प्राप्त गरे भन्ने सबैको जानकारीमा आइसक्नेछ । कुन पार्टी सबैभन्दा ठूलो र कुन पार्टी दोस्रो, तेस्रो या त्यसपछिका भए भन्ने आमजनतालाई थाहा भइसकेको छ। बाँकी यत्ति मात्रै छ कि अब सरकार कसको र कस्तो बन्छ होला ?
सुशासन प्रत्याभूति अनिवार्य सर्त
सुशासन नहुनु भनेको भ्रष्टाचारले स्थान पाउनु हो। भ्रष्टाचार बढ्नु भनेको असल शासन व्यवस्था कायम हुन नसक्नु पनि हो। यसलाई विभिन्न तवरले नियन्त्रण गर्न सकिन्छ। उपचारात्मक, निरोधात्मक र सुधारात्मक नीति तथा कार्यक्रम अवलम्बन एवं कार्यान्वयन गरेर भ्रष्टाचार नियन्त्रण तथा निर्मूल गर्न सकिन्छ। जसलाई विभिन्न तह र तप्काबाट सहयोग, अनुसरण र समन्वयको जरुरत पर्छ। भ्रष्टाचार नियन्त्रण कार्य मानिसको आचरण तथा व्यवहारमा गरिने एक निरन्तर सुधार विधि हो। हरेक व्यक्तिले आफ्नो व्यवहारमा सुधार गर्ने चेष्टा ग¥यो भने मात्र सुशासन कायम गर्नमा मद्दत पुग्छ।
श्रमको सम्मान र उत्पादकत्व वृद्धि
भौतिक वा मानसिक गतिशीलतालाई हामी श्रम भन्छौँ। अर्थशास्त्रको भाषामा कुनै वस्तु वा सेवा उत्पादन गर्न प्रयोग हुने प्रयत्न नै श्रम हो। उत्पादनका अन्य साधन जमिन, प्रविधि र पुँजी आफैँमा सक्रिय हुन सक्दैनन् तर श्रम भने सक्रिय साधनका रूपमा अरूभन्दा बढी महत्वपूर्ण रहन्छ नै। श्रमलाई नेपाली बृहत् शब्दकोशले “कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम” भनेर अथ्र्याएको छ। श्रम भन्नासाथ त्यो उत्पादनसँग जोडिन्छ चाहे त्यो शारीरिक वा मानसिक परिश्रमबाट प्राप्त भएको होस्। शारीरिक श्रमलाई पनि दुई भागमा बाँडिएको छ। सीपको काम गर्ने र शारीरिक काम गर्ने। सीप नहुनेले सबैभन्दा गाह्रो काम गर्छ र सबैभन्दा कम ज्याला पाउँछ। त्यसैले पनि सीपको विकासको आफ्नै महत्व छ।
महिला सशक्तीकरणमा समाज
“फलानाको श्रीमती त निकै अगतिली परिछ। भाँडा माझ्ने, खाना पकाउने काम आफैँले गर्छ विचरा।” एक्काइसौँ शताब्दीका आधुनिक मान्छे हौँ हामी। चाहे महिला हौँ वा पुरुष, हाम्रो मानसिकतामा घरभित्रको सम्पूर्ण काम महिलाले नै गर्नुपर्छ भन्ने छ। जतिसुकै फुर्सदिलो भए पनि आफ्नो पतिले भाँडा माझेको, कपडा धोएको हामी तमाम श्रीमतीलाई त मन पर्दैन भने समाजलाई त झन् मन पर्ने कुरै भएन। पुस्तौँपुस्ता अगाडिदेखि पुस्तान्तरण हुँदै आएको हाम्रो मानसिकतामा आज पनि परिवर्तन हुन सकेको छैन।
सुकुम्बासी व्यवस्थापनको अन्तर्य
नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशत मात्र निरपेक्ष गरिबी रहेको तथ्याङ्क छ। अर्थ व्यवस्थाको सुधारका कारण सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तर उन्नति हुने अवस्थामा छ। नेपालमा आन्तरिक रोजगार र उद्यमको अवसर नहँुदा विदेसिनु परेको अर्थतन्त्रमा विप्रेषणको निर्भता बढ्दो छ। गरिबीका कारण शासकीय व्यवस्थामा विभिन्न चुनौती देखिएका छन्। हालै राजधानीमा देखिएको सुकुम्बासी समस्याले शासकीय प्रणालीमा अर्थपूर्ण समाधानको उपाय खोज्न दबाब दिएको छ।
सुख, शान्ति र आनन्दको बाटो
सुखको प्राप्ति हुन्छ, आनन्दको रसास्वादन गर्न पाइन्छ भनेर मानिस चाहिँदो नचाहिँदो अनेकथरी लत, कुलत र दुव्र्यसनमा फस्न पुग्छन्। यस्ता अनेकौँ उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन। आफ्नै घर, टोल/छिमेक, नातागोता र समाजमा बग्रेल्ती भेटिन्छन्। मानिसले विवाह गर्छ सुख, शान्ति र आनन्द प्राप्तिका लागि, छोराछोरीको चाहना हुन्छ तिनै सुख, शान्ति र आनन्दको प्राप्तिका लागि। कता गएर ? के कस्तो काम गरेर धन/सम्पत्ति आर्जन गर्न सकिन्छ र सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ भनी देश/विदेशमा अनेक किसिमका दुःख, कष्ट र हन्डर खान तयार हुन्छ तिनै तीनवटाको तृष्णाले।
लोकतन्त्रको रक्षाकवच
नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ। संविधानको धारा १७ ले स्वतन्त्रताको हक प्रत्याभूत गरेको छ। सबै स्वतन्त्रताको मूल आधार नै अभिव्यक्ति स्वतन्त्रता हो। अभिव्यक्ति स्वतन्त्रताको अभावमा लोकतन्त्र र सभ्य समाजको परिकल्पना गर्नु निरर्थक हुने विधिशास्त्रीको भनाइ छ।
सामाजिक सुरक्षा भत्ता वित्तीय रूपमा जोखिमपूर्ण
काठमाडौँस्थित कलङ्की घर भएका आर्थिक रूपमा सक्षम ७३ वर्षका वेदप्रसाद अर्याल र ६९ वर्षीया उहाँकी धर्मपत्नीलाई ज्येष्ठ नागरिक भत्ता आवश्यक छैन तर राज्यले दिएको सुविधा र अधिकार भनेर उहाँहरूले लिने गर्नुभएको छ। स्थायी घर बाग्लुङ भए पनि उहाँहरू काठमाडौँ बस्दै आएको दुई दशक बढी भयो। उहाँहरू कलङ्कीमा हाल बस्दै आएको घरको भाडा मासिक एक लाख रुपियाँको हारहारीमा आउँछ। काममा अझै सक्रिय अर्यालका जेठा छोराका परिवार अमेरिका र कान्छा छोराका परिवार अस्टे«लिया बस्दै आएकाले आर्थिक सहयोग आवश्यक छैन। कास्कीका ६२ वर्षका तिलोचन शर्मा दमको रोगका कारण चार वर्षदेखि असिजनका भरमा बाँचिरहनुभएको छ। छोराको सामान्य जागिर र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आउनुभएका
प्रधानमन्त्री रोजगार कार्यक्रम
छिमेकी देश भारतमा हालै त्यहाँ विगत १६ वर्षदेखि सञ्चालित महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी कार्यक्रमको उच्चस्तरीय समीक्षा भइरहेको छ। समीक्षाले कार्यक्रमलाई थप गरिबमुखी बनाउने र यसअन्तर्गत निर्माण गरिने भौतिक पूर्वाधारको गुणस्तर बढाउने विषयलाई जोड दिएको छ। सार्वजनिक न्यूनतम रोजगारमार्फत गरिबी घटाउने, नागरिकलाई सामाजिक संरक्षण प्रदान गर्ने र विकास निर्माणलाई टेवा दिने यो कार्यक्रम नेपालमा विगत तीन वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमसँग मेल खान्छ। यस्ता कार्यक्रमको नियमित समीक्षा गरेर सुधार गर्दै जानु जरुरी हुन्छ।
अर्थतन्त्रमा मन्दीको बहस
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हालै सम्पन्न भइसकेको छ। विभिन्न शङ्का र उपशङ्का बीच निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु आफैँमा उपलब्धि मान्नुपर्छ। चुनावी मतपरिणाम अन्तिम चरणमा पुगेसँगै राजनीतिक सरगर्मी केही मत्थर भएपछि मुलुकको अर्को महत्वपूर्ण पक्ष आर्थिक क्षेत्रका बारेमा चर्चा हुन थालेको छ। विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय घटनाक्रमले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको तथ्यहरू बाहिर आउन थालेका छन्। विशेषगरी बढ्दो मुद्रास्फीति, अकासिएको ब्याजदर, औद्योगिक गतिविधिमा सुस्तपन र लगानीमा आएको सङ्कुचनले मुलुकमा आर्थिक मन्दी आउन सक्ने भन्दै अर्थविद्हरूले चेतावनी दिन थालेका छन्।
सरकार निर्माणको प्राथमिकता
निर्वाचनपछिको राजनीतिलाई लिएर विभिन्न आकलन र पटाक्षेप गरिँदैछन्। संसद् कस्तो बन्ने भयो भन्नेचाहिँ स्पष्ट खाका आइसकेको छ। यस पटक केही नयाँ दलको प्रवेश भएको छ। यसअघि आफ्ना सामाजिक, पेसागत अनि सार्वजनिक जीवनमा सघन बहस गरेका तथा सशक्त अभियान उठाएका केही व्यक्तिसमेत संसद्मा पुगेका छन्। युवा र कुटिल वाककलाले सजिएका थुप्रै व्यक्ति सांसदमा निर्वाचित भएका छन्। संसद् हलको बहस गरमागरम, निकै रोचक र घोचकसमेत हुने सङ्केत आइसकेको छ। संसद् हलभित्र धुवाँदार चिन्तनमन्थन र शास्त्रार्थ सुन्न पाइने आभाष हुँदैछ। वि
दलहरूको आगामी समीकरण
गत मङ्सिर ४ मा भएको आमनिर्वाचन–२०७९ को सम्पूर्ण परिणाम प्राप्त नभइसके पनि यस निर्वाचनले केही मात्रामा परिवर्तनको बाटो देखाएको छ तर सरकार निर्माणमा भने अन्योल र भावी सरकारको स्थिरतामा शङ्का उत्पन्न गराएको छ। यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन एकातिर थियो भने नेकपा (एमाले) केही स्थानमा जसपा र राप्रपासँग तालमेल गरे पनि धेरैजसो स्थानमा एक्लै चुनावमा होमिएको थियो।
अधिकार, विकास र जवाफदेहिता
मानव अधिकार भन्नाले मानिसलाई मानव भएर बा“च्नका लागि चाहिने न्यूनतम अधारभूत अधिकारको समष्टिगत रूप हो। यी अधिकारहरू सर्वमान्य, जन्मसिद्ध, नैसर्गिक, अविभाज्य तथा अपरिहार्य छन्। मानव अधिकारलाई मौलिक अधिकार, आधारभूत स्वतन्त्रता, आधारभूत अधिकार, संवैधानिक अधिकार, प्राकृतिक अधिकार, नागरिक अधिकार आदि पनि भन्ने गरिन्छ।