पाठ्यपुस्तकमा नयाँ फड्को
झन्डै डेढ दशकदेखि वैशाख महिना सुरु हुनासाथ सञ्चार माध्यममा निरन्तर एकै प्रकारका समाचारले प्रधान स्थान पाउँथे, “भर्ना भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन् ।” त्यति मात्रै होइन, वार्षिक परीक्षा आउन लाग्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार गत महिना छ्याप्छ्याप्ती सुनिन्थ्यो/देखिन्थ्यो । अहिले भने यो अवस्था फेरिएको छ अर्थात् शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीले हातहातै पाठ्यपुस्तक पाएका छन् । केही जिल्लामा पाठ्यपुस्तक वितरणकै क्रममा रहे पनि अधिकांश जिल्लामा पुगिसकेको छ ।
उपेक्षित आदर्श नारी
महिलाका विषय उठानका क्रममा आज पनि हाम्रो देशमा आयोजना हुने विभिन्न कार्यक्रममा क्लारा जेटकिन, रोजालक्जमवर्ग लगायतका विदेशी महिलाको नाम लिइने गरिन्छ । त्रेत्रायुगदेखि, बुद्वकाल हुँदै २०औँ, २१औँ शताब्दीमा पनि महान् कार्य गरेका महिलाको योगदानबारे हाम्रो समाजमा खासै चर्चा हुने गरेको छैन । आफ्नो देशका विभूति, आफ्नै माटोको अभियन्तालाई जबसम्म हामीले सम्मान गर्न सक्दैनौँ, सामाजिक रूपान्तरणको अभियान, परिवर्तनको प्रयास आकाशको फल समान नै हुन्छ ।
लोकतन्त्रको सौन्दर्य
वैशाख १० सम्पन्न तीनवटा संसदीय क्षेत्रको प्रतिनिधि सभा उपनिर्वाचन परिणामलाई जसले जसरी अथ्र्याए पनि जनता सर्वशक्तिमान भएको पुनः पुष्टि भएको छ । निर्वाचन परिणामले पुराना र स्थापित राजनीतिक दललाई गतिलो पाठ पनि सिकाएको छ । साथै, लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने मान्यतालाई विश्वासमा रूपान्तरण गरिदिएको छ । पुरानो लगानीको ब्याज खाने दिन अब नेपाली राजनीतिबाट बिदावारी हुने सङ्केत उपनिर्वाचन परिणामले देखाएको छ । खासगरी तनहुँ –
नागरिक सम्मान हुने संस्कार
असल काम गर्नेहरूको कदर उनीहरूको जीवनकालमै नहोला । देहावसान भएको धेरै वर्षसम्म पनि नहोला ! तर ढिलोचाँडो अवश्य पनि हुन्छ । हामीकहाँ पनि जनक, सीता, बुद्ध, अंशुवर्मा, अरनिको, राम शाहजस्ता रत्नलाई पछि आएर राष्ट्रिय विभूति घोषणा गरियो । पहिचान गर्न बाँकी त्यस्ता नाम धेरै हुन सक्छन् ।
भारत भ्रमणका प्राथमिकता
नेपालमा समसामयिक सत्ता परिवर्तनका नाटकीय परिदृश्यपश्चात् पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आठौँ पटक विस्तारित मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्रीको जिम्मेवारी एनपी साउदलाई दिएको छ । यसअघिको मन्त्रिपरिषद्मा डा. विमला पौडेल राईको छोटो कार्यकालमा निकै प्रयास गरिए पनि नेपालका तर्फबाट खासै महìवपूर्ण कूटनीतिक भ्रमण हुन सकेनन् । संसद्बाट दुई÷दुई पटक विश्वासको मत र सत्तारोहणको चार महिना बितिसक्दा पनि अझै प्रधानमन्त्रीको वैदेशिक भ्रमणको औपचारिक थालनी हुन स
घरेलु हिंसाविरुद्ध प्रभावकारी कानुन
घरेलु हिंसा सामाजिक मुद्दा हो । घरेलु हिंसा घरेलु वातावरणमा हुने हिंसात्मक व्यवहार हो, जसमा घरका कोही पनि सदस्यले अरू कुनै सदस्यको शारीरिक तथा मानसिक रूपले क्षति पु¥याउँछ । हिंसा आफ्नो शक्ति देखाउन र दोस्रो व्यक्तिलाई आफ्नो काबुमा राख्ने उद्देश्यले हुने गर्छ । घरेलु हिंसा भोगिरहेको मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिकजस्ता समस्या सहनु परेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजका रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । घरेलु हिंसा सबैभन्दा बढी हुने तथा सबैभन्दा कम देखिने हिंसाको किसि
वित्तीय जवाफदेहिता
लोकतान्त्रिक मुलुकमा जनताको स्वीकृतिबेगर न कर उठाउन र ऋण लिन पाइन्छ, न खर्च गर्न नै । जनताको स्वीकृतिलाई संसदीय प्रक्रियाबाट निर्धारण गरिन्छ र त्यसको परीक्षण सर्वोच्च लेखापरीक्षण निकायबाट गरिन्छ । सुदृढ वित्तीय जवाफदेहिता लागि वित्तीय व्यवस्थापनका प्रमुख चार पक्ष नीति प्राथमिकतामा आधारित बजेट, सुदृढ र अनुमानयोग्य कार्यान्वयन
सुशासनको प्रत्याभूति
प्रतिनिधि सभाको रिक्त रहेका स्थानमा भएको उपनिर्वाचनसँगै संसद्मा संसदीय समितिहरूको नेतृत्व चयनले तीव्रता पाएको छ । प्रतिनिधि सभाभित्र अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा समिति, संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनजस्ता समिति रहेका छन् ।
स्थानीय तहमा विद्युतीय सेवा
राज्यबाट प्रदान गरिने सेवा क्रमशः अनलाइन (विद्युतीय) माध्यमबाट प्रदान हुने क्रममा बढोत्तरी हुँदै गइरहेको अवस्था छ । उदाहरणका लागि राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता दर्ता, लाइसेन्स, सवारी दर्ता, जग्गासम्बन्धी कार्य, वैदेशिक रोजगार अनुमति, अध्ययन अनुमति, कम्पनी दर्ता, राजस्व भुक्तानी, भन्सार जाँचपासलगायतका सेवा क्रमशः अनलाइन माध्यमबाट प्रदान गरिने कार्यको सुरुआत भइसकेको छ । कतिपय सेवा सुरु हुने अवस्थामा छ; जसले गर्दा सेवाग्राही कार्यालयमा जानैपर्ने व्यवस्थाको अन्त्य हुने क्रम छ ।