दलसम्बन्धी कानुन परिमार्जन
राजनीतिक दल प्रजातान्त्रिक संस्था हुन् । प्रजातान्त्रिक व्यवस्थामा दल जति मजबुत, व्यवस्थित र पारदर्शी हुन्छन्, प्रजातन्त्र त्यति नै सबल हुन्छ । राजनीतिक दलको दर्ता, नियमन, सञ्चालन र व्यवस्थापन संविधान, कानुन, राजनीतिक मूल्यमान्यता र संस्कारद्वारा हुने गर्छ । दलको नियमन र सञ्चालनमा संविधान र कानुनको अलवा मूल्यमान्यता र संस्कारको समेत महìवपूर्ण भूमिका रहन्छ । राजनीतिक दल सङ्ख्यात्मक रूपमा मात्र वृद्धि भएर पनि हुँदैन । दलहरू संस्थागत रूपमा सृदृढ र गुणात्मक रूपमा परिवर्तन हुनु महìवपूर्ण हो ।
अक्षय तृतीयाको मौलिकता
आज अक्षय तृतीया । प्रदूषित वातावरण, शुष्क कण्ठ, जलवायु परिवर्तनको समस्या र गर्मीको मौसमका साथ यस वर्षको सरस पर्व अक्षय तृतीया हाम्रो घर आँगनमा प्रवेश गरेको छ । संसारमा अन्यत्र नभएको मौलिक संस्कृतिले नै हामी र हाम्रो देशलाई उभ्याएको छ । अक्षय तृतीया– अपूर्व पुण्य प्राप्त गर्ने दिन । यस दिनलाई शिव पार्वतीको बिहेको दिनको रूपमा, ईश्वरको आवेश अवतार परशुराम जयन्तीको रूपमा समेत हेरिने यो पर्वको विशेष महìव छ । अक्षय तृतीयालाई ज्ञानको आरम्भ, त्रेतायुग आरम्भको दिन मानिन्छ । हिन्दु धर्म संस्कृतिमा यस दिनलाई विशेष पर्वको रूपमा मान्ने चलन छ । वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्र्वमा गरिएका साना पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने कारण
डढेलोले सिकाएको पाठ
“प्रविधि अवश्य पनि दुईधारे तरबार हो । आगोले हाम्रो खाना पकाउन त सक्छ नै तर हामीलाई जलाउन पनि सक्छ,” जेसन सिल्भाको यो भनाइले धेरै कुरालाई इङ्गित गर्छ । खासगरी नेपाल जहाँ बाह्रैमास आगलागीजन्य घटना भइरहन्छन् । प्राविधिक अर्थमा घरायसी प्रयोजनका लागि प्रयोग हुने, घर–धनसम्पत्तिमा लाग्ने आगोलाई ‘आगलागी’ (अङ्ग्रेजीमा फायर) भनिन्छ भने वनजङ्गलमा लाग्ने आगोलाई ‘डढेलो’ (अङ्ग्रेजीमा फरेस्ट फायर वा वाइल्ड फायर) भनिन्छ ।
अस्तित्वको खोजी
यसको अर्थ हो– मेहनतले मात्रै कार्य सिद्धि हुन्छ, इच्छाले मात्र पुग्दैन । सिंह वनको राजा हो तर सुतेको सिंहको मुखमा मृग आफैँ आएर उसको भोजन बन्न सक्दैन, आफ्नो भोजनको व्यवस्थाका निम्ति सिंहले परिश्रम पनि गर्नुपर्छ ।
सहरी गरिबी निवारणका सूत्र
गरिबी निवारणका लागि विश्वव्यापी प्रयासलाई संयुक्त राष्ट्रसङ्घले पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । हरेक देशले गरिबी निवारणका लागि आफ्नो भौगोलिक विकटता र सामाजिक विषमता अनुरूपका योजना, कार्यक्रम र रणनीति बनाएका छन् । त्यसबाहेक राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय कार्यक्रम दिगो विकास लक्ष्यअन्तर्गत एक एजेन्डाका रूपमा रहेको छ–गरिबी निवारण । यसै क्रममा नेपाल सरकारले १५औँ योजनामा गरिबी निवारणको विषय तीन तहका सरकारको जिम्मेवारी भित्र रहेको हुँदा तीन तहका सरकारबाट गरिबी निवारणका कार्यक्रम कार्यान्वयन हुने बलियो आधार बनेका छन् ।
वातावरणीय क्षयीकरणको दुष्चक्र
संयुक्त राष्ट्रसङ्घको विपत् न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय रणनीतिअनुसार सामाजिक तथा पर्यावरणीय उद्देश्य तथा आवश्यकता पूर्ति गर्नसक्ने वातावरणको क्षमतामा ह्रास आउनु नै वातावरणीय क्षयीकरण हो । यो पर्यावरणको भौतिक, जैविक तथा रासायनिक गुणवत्ता तथा उपयोगितामा आउने गिरावट हो । वनजङ्गल, हावापानी तथा माटोजस्ता पर्यावरणीय तìवहरू ह्रासोन्मुख हुँदा वातावरण विनाश हुन जान्छ । यसले पर्यावरण चक्रलाई ध्वस्त बनाउनुका साथै जीव र वनस्पतिको विलुप्तीकरणलाई तीव्र बनाउँछ । वातावरणीय विनाश तथा क्षयीकरण पछिल्लो समयमा विश्व समुदायको साझा चासो तथा चिन्ताको विषय बनिरहेको छ । तथा
ज्येष्ठ नागरिकको धरातलीय यथार्थ
ज्येष्ठ नागरिक सीप, ज्ञान र अनुभवका खानी हुन् । सामान्यतया सेवाबाट निवृत्त हुने उमेरको आधारमा ज्येष्ठ नागरिक तोक्ने गरिन्छ । नेपालमा निवृत्त हुने उमेर ५८ देखि ६५ वर्षसम्म तोकिए पनि ज्येष्ठ नागरिक ऐन, २०६३ ले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ । धेरै विकसित देशमा आर्थिक र स्वास्थ्य स्थिति राम्रो रहेकाले प्रायः निवृत्त उमेर ६५ तोकिएको हुन्छ ।
पृथ्वी संरक्षणमा चासो
अप्रिल २२; विश्व पृथ्वी दिवसको ५३औँ वार्षिक उत्सव । विगत ५१ वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी उत्सव मनाउँदै आएको सन्दर्भमा यस वर्षको पृथ्वी दिवस ‘पृथ्वी र प्रकृतिसँंगको सामीप्यता बढाऔँ, हाम्रो विश्वलाई पुनस्र्थापना गर्ने गतिविधिमा जुटौँ’ भन्ने नाराका साथ पृथ्वी दिवस मनाउन संयुक्त राष्ट्रसङ्घले पनि आह्वान गरेको छ । पृथ्वीको संरक्षणमा सबै
नागरिक दृष्टिमा शासकीय संयन्त्र
प्रशासनिक संयन्त्र सरकार र जनताबीच उत्कृष्ट र प्रभावकारी सेवा प्रवाह गर्ने एउटा अति नै महìवपूर्ण सरोकारवाला हो । सरकारले जनताप्रति प्रवाह गर्नुपर्ने सेवासुविधा आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्ने गर्छ । यसैले प्रशासनिक संयन्त्रलाई सार्वजनिक प्रशासन पनि भन्ने गरिन्छ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जनआकाङ्क्षालाई नीति निर्माणका लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकारसमक्ष पु¥याइदिने संवाहकको रूपमा सार्वजनिक प्रशासनको भूमि