न जायते मृयते वा कदाचिन्
नायं भूत्वा भाविता वा न भूय ।
अजो नित्यं शाश्वत्वयं पुराणो
न हन्यते हन्य माने शरीरे ।।
श्रीमद्भागवत् गीतामा वर्णित माथिको मृत्यु र शरीरसम्बन्धी श्लोकको आफ्नै तार्किक शक्तिबाट व्याख्या गर्ने समाजवादी चिन्तक प्रदीप गिरी (२००४ कात्तिक – २०७९ भदौ ४) पशुपति आर्यघाटमा भदौ ५ गते चितामा आफै प्रयोग बनिरहनुभएको देखिन्थ्यो । यसो त हामीहरू सबैको अन्तिम गन्तव्य त्यही नै हो ।
प्रदीप गिरीको दार्शनिक चिन्तन, समाजका बारे, नेपाली राजनीतिका बारे विश्लेषण गर्ने शैली अद्भूत भएकै कारण संसद्मा होस् या राजनीतिक कार्यक्रममा होस्, सबैथरी श्रोता बढी ध्यान दिएर सुन्ने गर्थे । एक किसिमले अजात शत्रुजस्तो विशिष्ट पहिचानको अग्लो व्यक्तित्व भएका कारण गिरी सबैका प्यारा हुनुहुन्थ्यो । उहाँलाई धेरैले वि.सं. २०४६ पछिको सर्वाधिक विचारवान्, चेतनायुक्त र मानवीय गहिरो संवेदनाको गुण भएका दार्शनिक नेताका रूपमा स्वीकार्छन् । हुन पनि गिरीको समाजलाई, राष्ट्रलाई, दिन प्रतिदिन परिवर्तन हुँदै गएको राजनीतिक अवस्था, युवाको विदेश पलायनको बढ्दो क्रम आदिका बारे चित्तबुझ्दो तर्क गर्ने दृष्टिकोण भिन्न थियो ।
प्रदीप गिरीको दार्शनिक चिन्तन, समाजका बारे, नेपाली राजनीतिका बारे विश्लेषण गर्ने शैली अद्भूत भएकै कारण संसद्मा होस् या राजनीतिक कार्यक्रममा होस्, सबैथरी श्रोता बढी ध्यान दिएर सुन्ने गर्थे । एक किसिमले अजात शत्रुजस्तो विशिष्ट पहिचानको अग्लो व्यक्तित्व भएका कारण गिरी सबैका प्यारा हुनुहुन्थ्यो ।
उहाँले पाँच वर्षपछि देखापर्ने सामाजिक परिवर्तन आफ्ना ज्ञानचक्षु र कर्मचक्षुका माध्यमले बताइरहँदा श्रोता छक्क पर्थे । दसवर्षे जनयुद्धताका तत्कालीन विद्रोही माओवादी समूह होलेरी काण्डपछि एउटा सूत्रमार्फत संसदीय शासन प्रणाली स्वीकार गर्दै छ भनी तर्क गर्नु, तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएपछि अब देश राजारहित बन्दै छ, शाहवंशीय शासनकाल समाप्त हुँदै छ है भनी समाजलाई सुसूचित गराउनु, २०७४ सालको संसदीय चुनावअघि नै काँग्रेस इतरका राजनीतिक पार्टीहरू एक ठाउँमा जम्मा हुँदैछन्, पार्टीले समयमा नै ध्यान पुर्याओस् भनी सचेतना देखाउनु आदि जस्ता गिरीका सूक्ष्म अध्ययनले पछिल्लो अवस्थामा सोही कुरा देखाएको छ ।
प्रत्येक मानिसका गिरीसँगका रमाइला र रोचक प्रसङ्ग होलान् । पङ्क्तिकारका पनि केही प्रसङ्ग छन् । जुन अतीतको यादले त्यो विलक्षण प्रतिभा गिरिको वाक्कला, साधारण जीवनशैली, सबैसँग समान रूपमा गर्ने उहाँको कपटरहित व्यवहारले सम्झाइ रहन्छ ।
महाभारत र रामायणका हरेक पात्रका बारे केस्राकेस्रा केलाउन सक्ने उहाँ घटना–परिघटना किन अगाडि आए भन्नेबारे चित्तबुझ्दो गरी व्याख्या गर्नुहुन्थ्यो । रोचक ढङ्गले उहाँको व्याख्या विश्लेषण जति सुने पनि नअघाइने खालको लाग्थ्यो ।
वि.सं. २०३८ पछि नेपाली काँग्रेस पार्टीभित्र तत्कालीन राजा वीरेन्द्रले ल्याएको सुधारिएको पञ्चायतमा प्रवेश गरेर विद्रोह गर्ने कि ? बाहिरबाट विचारको क्रान्ति गर्ने भन्ने बहस चलेको थियो । गिरी विचारको क्रान्ति गरेर नै अघि बढ्ने भनेर गणेशमानजीलाई राय दिइरहनुभएको थियो । उहाँ अब पञ्चायतको शासन बढीमा पाँच÷छ वर्ष मात्र टिक्छ भनिरहनुभएको थियो तर यो क्रान्ति केवल काँग्रेस पार्टीले मात्र गरेर सम्भव छैन, वामपन्थी शक्तिलाई मिलाएर लैजानुपर्छ, नेतृत्व काँग्रेस पार्टीले गर्नुपर्छ । उहाँले उक्त कुरा बताइरहँदा त्यसबेला पार्टीका केहीले उहाँको यो भनाइको चर्को विरोध पनि गरेका थिए । नभन्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलन गणेशमान सिंहको सर्वोच्च कमान्डमा सफल भयो । संसदीय शासन प्रणाली देशमा पुनः लागू भयो ।
वि.सं. २०४२ मा सत्याग्रह आन्दोलन सुरु भयो । जेठ १० गतेबाट सुरु गरिएको सो अहिंसात्मक आन्दोलन नेपाली काँग्रेस पार्टीको अगुवाइमा गरिएको थियो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ घेरेका थिए । पक्राउ पूर्जीसहित नख्खु कारागार ललितपुरमा १० महिना र केही दिन नजरबन्दमा हामी बस्न बाध्य भयौँ । राजधानीको दरबार मार्गस्थित एक होटल र ठाउँ–ठाउँमा बम विस्फोट भएपछि सत्याग्रह आन्दोलन बीचैमा रोकियो । बम विस्फोटमा परी पाँच जनाको ज्यान गयो । कारागारबाट रिहापछि सर्वोच्च नेता गणेशमानको चाक्सीबारीस्थित निवासमा भेट गर्न भनी पुगेँ । त्यहाँ नेता जगन्नाथ आचार्य, मङ्गलादेवी, प्रदीप गिरी, पत्रकार भारती सिलवाललगायतको उपस्थिति थियो ।
गीत÷सङ्गीत र साहित्यमा गहिरो अभिरुचि राख्नुहुने गिरीले देख्नेबित्तिकै अब रेडियो नेपालमा तपाईंलाई गीत गाउन बन्देज त गरिँदैन भनी प्रश्न गर्दै गीत सुनाउन भन्नुभयो । हवस् भन्दै रेडियोमा रेकर्ड गरिएका दुईवटा गीत पनि सबैका अगाडि सुनाएँ । अर्थसहित देउडा गीत सुनाउँदा गिरीले “देउडा गीत, संस्कृतिको चर्चा गर्दै यो गीत देउवाजीलाई पनि सुनाउनुहोस्, केवल कर्णाली, सेती, महाकाली अञ्चलको मात्र नभनी नेपालको गीत भन्नुहोस्” भनी सल्लाह दिनुभयो ।
वि.सं. २०४८ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको सूची घोषणा हुँदा गिरीले किसुनजीले जित्न मुस्किल छ, सुदूरपश्चिममा शेरबहादुर देउवाको वर्चस्व रहन्छ, काँग्रेसमय सुदूरपश्चिम भनी घोषणा गरे हुन्छ भन्नुभएको थियो । आखिर जनमत पनि उहाँले भनेअनुसार आयो । किसुनजीले कसरी पराजय भोग्नुहुन्छ, हावादारी गफ लगाउनुहुन्छ भनी गिरीमाथि खनिनेहरूलाई सरल रूपमा सजिलो उत्तर दिँदै उहाँले भन्नुभयो, “एउटै जङ्गलमा दुइटा बाघ कसरी बस्न सक्छन् र ? किसुनजीको लोकप्रियता र
िगरिजाबाबुको प्रधानमन्त्री बन्ने तीव्र चाहना तपाईंहरूले बुझ्नुभएकै छ नि ।”
शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला उहाँलाई पार्टीको सामान्य सदस्य पनि नरहने गरी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्नुभयो । त्यसबेला नेता चिरञ्जीवी वाग्ले र प्रदीप गिरीले देउवालाई कि तपाईं राजनीतिबाट सन्न्यास लिनुहोस्, कि नयाँ पार्टीको घोषणा गर्नुहोस् भनी सुझाव दिनुभएको थियो । नयाँ पार्टी ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ स्थापनापछि देउवा पार्टी सभापति र गिरी केन्द्रीय सदस्य बन्नुभएको थियो ।
माघ १९, २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिए । सबै दलका नेता नजरबन्दमा परे । गिरीले जनआन्दोलन सुरु हुनुअगावै एक कार्यक्रममा “नेपालमा शाहवंशीय पुरानो इतिहास समाप्त हुँदै छ, जनताले सडकबाट घोषणा गर्न मात्र बाँकी छ । यो कुरा नयाँ राजाले बुभूmन्” भनी आफ्नो धारणा राख्नुभएको थियो ।
वि.सं. २०६३ असोज १३ गते नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक एक हुँदै थियो । काठमाडौँ त्रिपुरेश्वरमा उहाँसँग भेट भयो । आज मिठाइ खाएर जानुपर्छ सानेपा भन्नुभयो । एक होटलमा बसी मिठाइ खायौँ । खल्तीको दामभन्दा हामीले बढी खाएछौँ । दुई सय रुपियाँ मात्र बोक्नुभएका गिरीले मलाई तिराउन मान्नु भएन । एक हप्तापछि उहाँ आपैmँले इमानदार भएर तिर्नुभएछ । सानेपा पार्टी कार्यालयमा दुवै पार्टीका सभापतिले मञ्चमा हात मिलाउँदै एक भएको घोषणा गर्नुभयो । मञ्चबाट सङ्क्षिप्त मन्तव्य दिँदै गिरीले किसुनजीको अनुपस्थितिले कार्यक्रम केही खल्लो भए पनि दुवै जना नेता अब इमानदार बन्नुपर्छ भन्नुभयो ।
महाभारत र रामायणका हरेक पात्रका बारे केस्राकेस्रा केलाउन सक्ने उहाँ घटना–परिघटना किन अगाडि आए भन्नेबारे चित्तबुझ्दो गरी व्याख्या गर्नुहुन्थ्यो । रोचक ढङ्गले उहाँको व्याख्या विश्लेषण जति सुने पनि नअघाइने खालको लाग्थ्यो । यी दुइटै ग्रन्थका बारे सविस्तार बताउन सक्नु सामान्य होइन । संस्कृति र सङ्गीतका बारेमा पनि गहिरो अध्ययन गर्नुभएको रहेछ उहाँले । ‘देउडा त समावेशी संस्कृति पो रहेछ, जातजाति नभनी सबैले अनौठो तरिकाले हात मिलाई, पाइला मिलाई घुमिरहनुपर्ने । त्यसैले पो देउवाजी सुदूरपश्चिममा लोकप्रिय बन्नुभएको रहेछ’, विसु पर्वको कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । २०४७ साल मङ्सिरमा स्वर सम्राट् नारायणगोपालको निधनपश्चात् दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “अर्को नारायणगोपाल जन्माउन नेपाल आमालाई धेरै वर्ष लाग्नेछ ।” सत्य, निष्ठा, परोपकारी गुणले भरिनुभएका उहाँ आफ्नै पार्टीभित्रका विपक्षी नेताजस्तै देखिनुहुन्थ्यो । आफ्नो खानपिनमा खासै वास्ता नगर्ने स्वभावका गिरीले सुदूरपश्चिमका पहाडी जिल्लामा घुमी त्यहाँको रहनसहन, खानपिन र भाषाबारे जानकारी लिने इच्छा व्यक्त गर्नुभएको थियो तर उहाँको इच्छा
पूरा गर्न सकिएन ।
फूलले कलात्मक तरिकाले सिँगारिएको उहाँको चिता देखेर भावुक नहुने मलामी थिएनन् पशुपति आर्यघाटमा । अन्तिम श्रद्धाञ्जलि दिनेहरूमध्ये धेरैका आँखाबाट तपतप आँसु चुहेका देखिन्थे । ‘प्रदीप गिरी अमर रहून्’का वाणीहरू सुनिने बेला पनि पवित्र बागमती नदी साक्षी बन्दै गिरीको दुःखद रैवार (खबर) बोकेर बग्दै थिइन् । उहाँको जन्मघर सिराहाको बस्तीपुरबाट आएका एक हुल नरनारी आँसु झार्दै भन्दै थिए– अब प्रदीप दाइसँग हाम्रो भेट स्वर्गमा होला । उहाँलाई सम्झँदै भन्न मन लाग्छ यतिखेर –
अमर रहून् प्रदीप गिरी देश रहेसम्म ।
म त भन्छु गिरीदाइको होला पुनर्जन्म ।।