कष्टकर यात्राको सम्झना (कविता)
याद आइरहन्छ तीन दशक उतैको गर्न लागे चर्चा मनासलु यात्राको समय सीमा चै कातिक भाष हो दुई हजार चउन्न विक्रम संवत्को
हृदयरोग उपचारका साक्षी
अक्षरको आविष्कार भएपछि संसारमा कसले ‘कति’ लेखिसके होलान् ? त्यसको तथ्याङ्क खोजी गर्नु मूर्खता होला तर एउटा अर्को प्रश्न गर्नु भने सान्दर्भिक नै होला–लेख्दा ‘के’ लेखिए होलान् ? सामान्यतः विभिन्न शास्त्र पुराणको गणनालाई पर राखेर आजको समसामयिक विषयमा कुरा गर्दा साहित्य लेखनलाई नै अगाडि राख्नुपर्ने हुन्छ । अझ हामै्र देशको सन्दर्भमा त साहित्यले नै अधिकांशतः किताबका पृष्ठ ओगटेको छ । मूलतः वर्तमान साहित्यमा उपन्यास, कथा, कविता, नियात्रा, गीत गजलका अलावा एउटा अर्को विधा बढी मुखरित भएर आएको पाइन्छ । त्यो हो, जीवनी । सम्भवतः एक व्यक्तिले दोस्रो व्यक्तिको जीवनमा आधारित भएर लेख्ने विधा नै जीवनी हो । जीवनीकै लहरमा हिजोआज स्वयम्ले आत्मकथा वा आत्मवृत्तान्त लेख्ने क्रम निकै बढेको छ । त्यसो त, यो विधा साहित्यिक व्यक्तित्वमै आधारित नहुन पनि सक्छ । यस क्रममा जुन पुस्तकको चर्चा यहाँ गरिँदै छ, त्यो एक चिकित्सकले लेख्नुभएको हो–‘मुटुसँग सहयात्रा’ । यो पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्याय हुनुहुन्छ ।
प्रकृतिको चमत्कार एलोस्टोन राष्ट्रिय निकुञ्ज
हामीले पहिला नै तीन पटक अमेरिका भ्रमण गरिसकेका थियौँ । त्यसैले छोरी र ज्वाइँको अमेरिका भ्रमणको निम्तोबाट त्यति रोमाञ्चित भएका थिएनौँ तर भ्रमणलाई त्यतिकै टार्न पनि मनले मानेन । यद्यपि हाम्रो अनुमानविपरीत यसपालिको यात्रा अत्यन्तै रोमाञ्चकारी हुन पुग्यो । हामीले जुन २९ मा कनेक्टिकट राज्यको हार्डफोर्डबाट अमेरिकाको सुदूरपश्चिमका राज्यहरूको भ्रमण आरम्भ ग¥यौँ । जुन ३० र जुलाई १ गरेर दुई दिन वासिङ्टन राज्यको ठुलो सहर सियाटलमा दृश्यावलोकन गरेपछि वासिङ्टनकै एलेन्सवर्ग सहरमा बास बस्न पुग्यौँ । एलेन्सवर्गको होटलमा बिहानको नास्तापछि हाम्रो यात्रा पुनः सुरु भयो । दुई घण्टाको यात्रापछि वासिङ्टन राज्यको दोस्रो ठुलो स्पोकन सहरमा पुग्यौँ । स्पोकन सहरलाई ‘फादर्स डे’ को जन्मस्थल भनेर चिनिन्छ । हामीले त्यहाँको पाँच वटा वालमार्ट स्टोरमध्ये एउटामा आगामी यात्राका लागि चाहिने सामग्रीहरूको खरिदमा दुई घण्टा जति समय बितायौँ र एउटा फास्टफुड चमेना गृहमा लन्च पनि ग¥यौँ ।
गोरखनाथ, गोरखा र पर्यटन
गोरखा जिल्ला महासिद्धयोगी गुरु गोरखनाथको साधनास्थल हो । गुरु गोरखनाथको नामबाट गोरखा जिल्लाको नामकरण भएको हो । गोरखा पूर्वीय सभ्यताका केन्द्रबिन्दुहरूमध्ये एक हो । राजा द्रव्य शाहले विसं १६१६ साल भदौ २५ गते गोरखा राज्यको स्थापना गरेका थिए । उनीपछिका दसौँ पुस्ताका राजा पृथ्वीनारायण शाह हुन् । गोरखा राज्यको स्थापना र विस्तारसँग गुरु गोरखनाथको सम्बन्ध गाँसिएको छ । त्यसैले उहाँ
नेपाल–अङ्ग्रेज युद्ध बुटवलको लडाइँ
नेपाल र अङ्ग्रेजको सैनिक मुठभेड विसं १८२४ देखि सुरु भएको थियो, जुनबेला क्याप्टेन किनलकले कान्तिपुरका राजा जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध आफ्नो सेना उतार्न खोजेका थिए । काठमाडौँमा आक्रमण गर्न आएका गोर्खालीलाई तिनीहरूबाट बचाउन किनलकले मल्ल राजालाई सघाउन आउ“दै थिए । यसमा अङग्रेजको सिन्धुलीमा हार भयो । त्यसको ४८ वर्षपछि आएर सबैभन्दा ठुलो फौजी युद्धमा बदलियो । यसलाई ‘नेपाल–कम्पनी’ युद्ध वा ‘नेपाल–अङ्ग्रेज युद्ध’ भनिन्छ । जसमा नेपालले आफ्नो देशको आधाजसो भूभाग गुमाउन पुग्यो । युद्धमा हारजित विश्वव्यापी सत्य हो । नेपाली सेनाले जिउज्यान लगाएर आफूभन्दा कता हो कता शक्तिशाली शत्रुसँग डिफेन्सिभ÷अफेन्सिभ (जाइ कटक नगर्ने झिकी कटक गर्ने) युद्ध लड्यो । अङ्ग्रेजले नेपाललाई पनि उपनिवेश बनाउन चाहन्थे होलान् तर नेपाल विश्व इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन ।
तपाईं रिटायर्ड हुनुभएको हो ?
त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापक तथा नेपाली साहित्यका प्रसिद्ध समालोचकसँग एउटा पुस्तकको अन्तर्क्रियामा भेट भयो । निकै लामो समयपछिको भेट भएकाले कुशलक्षेम सोध्ने क्रममा उहाँले सोध्नुभयो, “तपाईं रिटायर्ड हुनुभएको हो ?” उहाँको प्रश्नले म झसङ्ग भएँ । मैले कहिले पनि रिटायर्ड भएको वा रिटायर्ड हुने कुरा सोचेको छैन । मैले उहाँलाई जवाफ दिएँ, “मेरो जागिर मात्र छुटेको हो, म रिटायर्ड भएको होइन ।” मेरो जवाफ सायद उहाँका लागि पनि अनपेक्षित थियो । किनभने केही निश्चित अवधि जागिर खाएर त्यो जागिर छुटेपछि मानिस रिटायर्ड हुन्छन् भन्ने आमबुझाइ छ हाम्रो समाजमा । रिटायर्ड अर्थात् बुढो अर्थात् सव्रिmय जीवन बिताउन नसक्ने अर्थात् अब काम नलाग्ने ।उहाँले मेरो जवाफ सुनेपछि एकछिन विचार गर्नुभयो र त्यसपछि भन्नुभयो, “मैले भन्न खोजेको पनि जागिर छुटेको कुरा नै हो ।”हामी दुवै हाँस्यौँ । यो सामान्य संवाद थियो हाम्रोबिचमा तर यसले मलाई एकाएक सोचमग्न बनायो ।
जम्काभेट बाघसँग
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पको असर, त्यसलगत्तै हाम्रो दक्षिणी छिमेकीले गरेको नाकाबन्दी र फेरि उत्तरको छिमेकीबाट विश्वभर फैलिएको कोविरोग (कोभिड–१९) ले थला परेकोे पर्यटन गतिविधि यस पटक उत्साहजनक रह्यो । आन्तरिक र बाह्य पर्यटकको उच्च चाप देशका सबै क्षेत्रमा पर्यो । चितवनको सौराहा पनि यसबाट फाइदामा परेको थियो ।
सपनामा ट्र्याजेडी (कथा)
सपना, तिमी आउँछ्यौ । मेरो नजिक बस्छ्यौ । प्रेमका अनेक कथा बुन्छ्यौ । तिमी कथा जस्तै जीवन भन्छ्यौ अथवा जीवन जस्तै कथा सुनाउँछ्यौ । म सुनिरहन्छु । तिम्रो मुहार हेरिरहन्छु । तिम्रो वाणी र तिम्रो मुहारको सादृश्यलाई म अनेक उपमाले सोच्छु, तर सबै उपमाहरू निस्तेज वा निरर्थक लाग्न थाल्छन् । म उपमाहीन भएर तिमीलाई हेरिरहन्छु । हेरिरहन्छु । केवल हेरिरहन्छु ।
मन छ (कविता)
भन्छन् उठाउन गाह्रो छ सुतेको बहाना गर्नेहरूलाई मलाई सुतेझैँ गर्नेहरूलाई उठाइदिन मन छ ।
अन्तिम खोज (कविता)
तिमीले मलाई जुन ठाउँबाट छोडेर गयौ त्यही ठाउँबाट मैले यात्रा सुरु गरेको छु । मात्र घामपानी छेक्ने एउटा झुप्रो
विस्मृतिका शिखर व्यक्तित्व जगदीश
जगदीश नेपाली भाषासेवी महानन्द सापकोटाका छोरा हुन् । यसो भन्दा उनको व्यक्तित्वलाई पिताको व्यक्तित्वले थिचेको महसुस हुन्छ । नेपालमा यस्ता प्रतिभा धेरै छन् जसलाई पिता, पति, दाजुुभाइ, सन्तानको व्यक्तित्वले छायामा पारेको छ । सामाज सुधारक, शैक्षिक आन्दोलक, साहित्य सर्जक, साहित्यसेवी र राजनीतिक आन्दोलकका धेरै व्यक्तित्व एकैमा देखिने व्यक्ति हुन् जगदीश नेपाली । यस अर्थमा उनी बहुआयामिक व्यक्तित्व हुन् । भनिए जस्तै मोफसलका किनारीकृत प्रतिभा हुन्, पिताका कारण पनि छोपिएका व्यक्तित्व हुन् ।
‘हालोङ बे’ मा नेपाली झन्डा
हामी पूर्वको यात्रामा थियौँ, पूर्वको पनि पूर्व हान्निँदै थियौँ त्यो बिहान । रमाउँदै थियौँ देखिएका दृश्यमा, कौतूहल थियो मनमा र रोमाञ्चित थिए आँखाहरू । ताल तलैया र खोला त थिए नै, हिँडेदेखि छाडेका हैनन् राता झन्डाले । बजार, बस्ती त आउनै हुँदैन, जब बस्ती बाक्लिन्छ, बजार आउँछ तब देखिन्छन् छपक्कै राता झन्डा आँखै तिरमिराउने । झन्डा पनि एकै खालका होइनन् तीन किसिमका, कुनै कागजका खाली पाना जस्ता लामा ठाडा एकरङ्गे जे जे सोचे, कल्पना गरे पनि हुने, कुनै चारपाटे के के चिह्न अङ्कित ।
स्याङ्जाको आँगनमा सिर्जना उत्सव
काठमाडौँको चक्रपथमा भइरहेको भिड जम्मा र खुला–बन्द जस्ता हल्लाको बेवास्ता गर्दै कलङ्कीमा जम्मा भएर यात्रा थाल्दा बिहानको साढे छ बजिसकेको थियो । वालिङ प्रज्ञा–प्रतिष्ठान, वालिङ नगरपालिका आयोजक रहेको कृति लोकार्पण, विमर्श एवं स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा सहभागिता जनाउन थालेका थियौँ यात्रा ।
सिँजामा पर्यटनको प्रचुर सम्भावना
सिँजा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । यस गाउँपालिका नेपालको राजधानी काठमाडौँबाट ८११.८ किमी पश्चिम र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट करिब २३०.५ किमी उत्तरतर्फ पर्छ । १५३.२९ वर्ग किमी कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका, पश्चिममा कालीकोट जिल्ला, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा हिमा र तातोपानी गाउँपालिका रहेका छन् । जुम्ला जिल्लाको आठ वटा स्थानीय तहमध्ये सिँजा गाउँपालिका पनि एक हो । यो गाउँपालिका साबिकको धापा, नराकोट र शनिगाउँ गाविस समावेश गरी बनाइएको हो । पछिल्लो जनगणना, २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ ।
टप्पुवासी त्रासदीमा
वर्षा गएसँगै टप्पुवासी सन्तोषले सास फेर्न थाल्छन् । कोसीको सतह घट्दै जादा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्काे वर्षायाम आउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने उनीहरू कहिल्यै मुक्त हुन सकेका छैनन् । यस वर्ष टप्पुवासीका लागि गएका वर्षहरूभन्दा कष्टकर रह्यो । कोशी नदीमा पानीको सतह गएका दशकभन्दा बढी भएपछि टप्पुवासीमा त्रासदी बढ्यो । नदीले गरैया टप्पु क्षेत्रमा तीव्र कटान गरेपछि नदी उकास क्षेत्रमा रहेका आधा दर्जन घर सार्नु परेको थियो । पछिल्ला केही वर्षदेखि त्यहाँ कटान हुन थालेपछि टप्पु क्षेत्र प्रत्येक वर्ष
विगत बिर्साउने मानव अधिकारको दियो
समृद्धिको उचाइतर्फ लम्किरहेको युरोप यति शान्त र स्थिर थिएन । युद्धले थङथिलो भएको रक्तरञ्जित इतिहासको आधारशिलामा उभिएको छ युरोप । त्यो अनुभूति युरोपको भूमिमा उभिएर महसुस गर्ने अवसर यो पङ्क्तिकारलाई गत महिना प्राप्त भयो । करिब नौ दिनको यात्राले विश्वशक्ति पथको प्रत्यक्ष दर्शन गरायो । हाउस अफ युरोपियन हिस्ट्रीको भव्य ऐतिहासिक सङ्ग्रहालय होस् वा इतिहाससँगै युरोपको नवप्रवर्तन बोलिरहेको पार्लियामेन्ट्रियम दुवैले युरोपको रक्तरञ्जित इतिहासलाई कतै नलुकाई अभिव्यक्त गरेको छ ।
अफसोस [कथा]
अफसोस यस कुरामा भयो नारायणलाई, उसले त्यसो किन भन्यो ? भन्न नहुने थियो तर भन्यो र अहिले पश्चात्ताप गर्नु परिरहेछ । कहिलेको बोली कुन किसिमले भनिएको हुन्छ त्यो चाँडै नै सत्य साबित हुनु दुःखद हुन सक्दो रहेछ । यस तथ्यले नारायणलाई भित्रभित्र पोल्दै थियो । उसले असर्फीलाई यत्ति मात्र भनेको थियो, “तपाईंहरू हाम्रोमा आउनुभएन भने आइन्दा हामी पनि आउँदैनौँ ।” यसको अर्थ त सोझो थियो, परस्परको मित्रता कायम रहोस् । कायम मात्र होइन चलायमान रहोस् । अफसोस यसै
निर्दोष मृत्यु (कविता)
मैले मिसाइल त उसको छातीमा दागेँ तर त्यहाँ मर्दै छ उसको आकाश जस्तो भावना कोमल प्रेम र जीवन यता उसले दागेको लेजर मिसाइलले मेरो
शान्तदास दाइ, स्वयम्भूको आँखा र एक साँझ (कविता)
अस्ताइसकेको छ आजको घाम बिस्तारै पारि स्वयम्भूको डाँडाबाट मन छैन त्यो ठाडो उकालो उक्लिएर एक्कासि बुद्धका आँखा स्पर्श गरूँ र माने घुमाउँदै, शान्तिको कामना गरूँ
गोपी च्यामेको दुःख
‘कालको ओखती छैन, हुकुमको जवाफ छैन,’ ‘जसको हातमा तरबार उसैको हातमा दरबार’ । यस्ता अनेकौँ राणाकालीन आहान अहिले पनि जनजिब्रोमा छन् । कथित माथिल्लो जातिको पुरुषले कथित ‘पानी नचल्ने’ जातकी महिलालाई ल्याए उसको जात पनि पत्नीकै सरह बनाउने चलन राणाकालीन न्याय व्यवस्थाको एउटा विद्रूप विम्ब थियो, हो ।
फेरि चिनियो नेपाल
“अजिङ्गरको पुछारमा छौँ हामी, टाउको समात्न जाऊँ !” आमदिङबाट हिँड्ने बेलामा निमा आङजु लामाले मलाई भनेथे । अघिल्लो दिन काठमाडौँबाट यहाँ आइपुग्दा गाला ताछ्ने चिसो र हावाको लाछलुछ मेरा लागि शैलुङको स्याँठभन्दा फरक थिएन । बिहानै भुटेको मकै र अरू खित्रिङमित्रिङ झोलामा हालेर निमा घर छेउको बुद्ध प्रतिमातिर लगे । पाँच रङ्गे लुङ्ता घरअघिल्तिर गोलुङ र जङ्गलमा रिलुङ फिर्फिराइरहेथे । नदी र पुलमा टाँगिने लुङ्तालाई जुङलुङ भनिने रहेछ ।
मौन महामारीको बढ्दो जोखिम
विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरुकता सप्ताह शुक्रबार (यही नोभेम्बर १८ देखि २४ सम्म) सम्पन्न भएको छ । विश्वव्यापी रूपमा नै एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) लाई सबैभन्दा ठुलो स्वास्थ्य खतराका रूपमा लिइन्छ । घरेलु औषधी उद्योगले एन्टिबायोटिक प्रदूषणलाई सीमित गर्न अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।
विश्वकप क्रिकेटमा अस्ट्रेलियाको उचाइ
विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ । सन् २०११ देखि लगातार आयोजक राष्ट्रले नै विश्वकप जितेको दृष्टान्त छ । त्यसैले पनि यसपालि प्रतियोगिताअघि भारतले नै विश्वकप जित्छ भनेर ठुलै होहल्ला भयो । भारतको टिम बलियो पनि थियो । त्यसैले राम्रो टिम त्यसमा पनि घरेलु मैदानमा खेल्ने भएकाले भारतले यसपालि विश्वकप जित्ने धेरैले अपेक्षा गरेका थिए । भारतको क्रिकेट टिम फाइनलअघिसम्म अजय नै देखिन्थ्यो । भारत लगातार दस खेल
कलश पूजन परम्परा
कलश विभिन्न कार्यमा प्रयोग हुने एउटा पवित्र पात्र (वर्तन) हो । यसको पूर्वीय संस्कृतिमा आफ्नै महìव र विशेषता रहेको छ । कलश मुख्यतयाः धातु र माटोबाट निर्माण भएको हुन्छ । धातुबाट निर्मित कलशको प्रयोग हुनुपूर्व माटाको कलश नै प्रयोग हुन्थे । कलशलाई घडा, घट, कुम्भ, जलपात्रका रूपमा पनि लिइन्छ भने पूर्वीय वाङ्मयमा कुम्भ, निधि, घट र अमृतपात्रका रूपमा समेत यसको चर्चा पाइन्छ । विभिन्न धार्मिक कृत्य एवं संस्कारमा यसको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । पानीले भरिएको तामा,