कुलुङका ‘महाकुलुङ’
विसं २०७८ को १२ औँ राष्ट्रिय जनगणनामा १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्याङ्क आएको छ । त्यसमध्ये कुलुङ जाति पनि एक हो । यो तथ्याङ्कले वास्तवमै विविध जातजाति, भाषाभाषी र धार्मिक समूह आदिको साझा फूलबारी जनाउँछ । विसं २०७८ को राष्ट्रिय जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या ३३ हजार ३८८ रहेको छ । त्यस्तै कुलुङ भाषा वक्ता सङ्ख्या ३७ हजार ९१२ र आफ्नो पुर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको सङ्ख्या ४० हजार ४७९ रहेको छ तर कुलुङ जातिको आधिकारिक संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (किरात कूलू गूसखोम) ले
नेपाल–अङ्ग्रेज युद्ध अद्वितीय समनपुर लडाइँ
नेपालको इतिहासको ज्यादै महत्वपूर्ण घटना हो, नेपाल–अङ्ग्रेज युद्ध । वर्तमान भारतको शासकका रूपमा रहेको तत्कालीन इस्ट इन्डिया कम्पनी (अङ्ग्रेज) सरकार र नेपाल सरकारबिच कैयौँ महिनासम्म चलेको भयङ्कर सङ्ग्रामका क्रममा अधिकांश ठाउँमा नेपाल पराजित भएको थियो भने केही ठाउँमा नेपालको विजय भएको थियो । नेपाली पक्षको विजय भएको लडाइँमध्ये ज्यादै पृथक् र दुर्लभ रहेको रौतहटको समनपुर लडाइँ हो । इतिहासमा यस्तो दुर्लभ विजय ज्यादै न्यून पाइन्छ ।
फड्को मार्दै नेपाली चलचित्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले लिएका सुशासन, सामाजिक न्याय, समृद्धि, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयताको व्यावहारिक कार्यान्वयन भएको देखिन्छ । सरकार गठन भएको यो एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा जस्तै सांस्कृतिक क्षेत्रको चलचित्रको विकासमा सरकारले उल्लेखनीय कार्य गरेको छ ।
एआई सङ्कट कि अवसर ?
विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।
आधुनिकतासँगै अध्यात्म
भौतिक सुविधाको चरमचुलीमा पुगे पनि मानिसमा खुसीको अनुभूति हुन सकेको छैन । धन, सम्पत्ति, मान, सम्मान सबै छ तर खुसी छैन । आज मानिस वास्तविक सुख र खुसीको खोजीमा भौँतारिइरहेको छ । भौतिकता एउटा चरणसम्मका लागि खुसी र सुखको स्रोत बन्यो । तर जीवनपर्यन्त वा लामो समयसम्म यसले मानिसलाई खुसी दिन सकेन । भौतिक सुख र सुविधाको उत्कर्षमा पुगेको आजको समाज यही सुविधाले छिन्नभिन्न भएर एउटै घरभित्रका मानिसमा आत्मीय र भावनात्मक सम्बन्ध स्थापित हुन सकेन । प्रविधिले मानिसलाई केही हदसम्म सुविधा दियो तर सबै खुसी खोसेर लगेको निष्कर्ष मानवशास्त्री तथा समाजशास्त्रीहरूको तर्क रहेको छ । खुसी के मा छ त– पूर्वीय संस्कार र संस्कृतिमा मानिस आफू
रुख, बिरुवा र झारपात (कविता)
रुख टुप्पो ! आकाशमा अग्लिन्छ अग्लिएर फैलिन्छ
गीत
टिप्न मन लाग्छ, जूनतारा टिप्न मन लाग्छ सधैँ, चन्द्र सूर्य फूलहरू चुम्न मन लाग्छ सधैँ, हिमालका शिरहरू गाउँछन गीत कोइली, मनका ती व्यथाहरू
कम्युनिस्ट आन्दोलनको वृत्तान्त
केशवप्रसाद बडाल नेपालको कम्युनिस्ट आन्दोलनका पुराना पुस्ताका नेतामध्ये स्थापित हुनुहुन्छ भन्ने त थाहा भएकै कुरा हो तर आफू संलग्न आन्दोलन, पार्टी, कमिटी र बैठकका बारेमा उहाँ संवेदनशील हुनु हुँदोरहेछ भन्ने चाहिँ ‘सिंहावलोकन’ (नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि दसौँ महाधिवेशनसम्म) पुस्तक पढेपछि मात्र खुल्छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलोदेखि दसौँ महाधिवेशनसम्म केन्द्रित रहेर लेखिएको पुस्तकमा अविभाजित कालका तीन वटाबाहेक चौथो महाधिवेशन (२०४६) देखि प्रत्यक्ष संलग्न बडालले तिथिमिति, स्थान, पात्र र घटनाक्रमलाई सिलसिलेवार रूपमा पस्किनुभएको छ, जसबाट इच्छुक पाठक स्वयम्लाई त्यसमा सहभागी भए जस्तो अनुभूति हुन्छ ।
फुटपाथमा मान्द्रो ओढेको जाँतो !
“मेरो निबन्धको विषय वस्तु म आफैँ हुँ” भन्ने मोन्तेनको महावाक्य सुनेपछि मनमा लामै समयदेखि छड्किरहेको भावना, सल्याङबल्याङ गरिरहेको उकुसमुकुस र पन्पी रहेको मनका तरङ्गले केही आकार लिन खोजिरहेको भान हुन्थ्यो । सहर चलायमान बनेको एकातिर थियो भने दिउँसमास हेटौँडा बजारको मूलचोकको फुटपाथमै तमासे बनेको हाम्रो बसाइँ हिँडेको झिटी अर्थात् काठको गह्रुङ्गो र भारी लाग्ने सन्दुक, मानी हल्लिने र हातो फुस्किएको घट्टे ढुङ्गाले चिनेको जाँतो, बुनोट खुकुलिएको मान्द्रो र चलनचल्तीको गलैँचाभन्दा ठुलो पराले सुकुलले बनाइरहेको नोस्टाल्जियामा यो उक्ति यसरी खेल्न थाल्यो कि ४०/४५ वर्षअघिको बसाइँ हिँडेको थातथलोको सबै कुरा मस्तिष्कभरि फनफनी रिङ्न थाल्यो ।
उमेर ३८ सन्तान ३०
सजीव होस् वा सृष्टिको उद्भव, अस्तित्वको बहसमा मातृत्व छुट्दैन । पूर्वीय दर्शन हुन् वा पश्चिमी सभ्यता, आदिवासीका मिथक हुन् कि आधुनिक दर्शनशास्त्र, आमाको भूमिकाबिना पूरा हुन सक्दैनन् । यही सत्य हृदयङ्गम गरी विख्यात साहित्यकार रुडयाड किप्लिङले लेख्नुभएको छ, “भगवान् सबैतिर पुग्न सक्दैनन्, त्यसैले भगवान्ले आमाको सृष्टि गरे ।” अधिकतर महिला आफैँ सन्तान जन्माएर हुर्काउँछन्, भविष्य सन्तानकै लागि समर्पित गर्छन् । केही बिरलै आमा छन्, जो आफ्ना सुख, सुविधा र जीवनको पर्वाह गर्दैनन्, असहाय बालबालिकालाई मातृत्व दिन्छन्, भविष्य निर्माण गरिदिन्छन् । यस्तै बिरलै र नमुना आमा हुनुहुन्छः कमला पराजुली ।
भाषा र ध्वनिको पर्याय चित्रकला
कला अभिव्यक्तिको एक सशक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना र विचारको, कलाले दृश्यद्वारा विचार र भावनालाई सौन्दर्यपूर्ण ढङ्गबाट सहज रूपमा समाजसामु प्रस्तुत गर्छ । कला भावना तथा अभिव्यक्तिको एक सशक्त माध्यम हो । विश्वकला परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, वौद्धिकस्तर र गहन रूपमा रूपाकृति भएको भावमा बुझिन्छ । चित्रकला विश्व भाषा हो । यसलाई बुझ्न र बुझाउन भाषाको आव
यस्तो पनि गुरुदक्षिणा !
‘बोधिसत्व’ कसैको नराम्रो नसोची, सबैको चित्त बुझाई, राम्रो बोधिज्ञान प्राप्त भई बोधिसìव मार्गमा पुग्न सकिन्छ भन्ने कथामा आधारित नाटक हो । मानिसले आफ्नो भोगविलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने कुरा नाटकमा उजागर गर्न खोजिएको छ ।
आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द
हेटौँडा औद्योगिक क्षेत्रका चार वटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो ।
जूरिकको बिहानी बेलुकी
जर्मनीको राजधानी बर्लिनदेखि स्विट्जरल्यान्डको जूरिकको बस यात्रा सुरक्षित लाग्यो तर बसको यात्रा मलाई स्वदेश होस् कि विदेश; कहीँ पनि लोभलाग्दो लाग्दैन । जूरिक शब्दको शुद्ध उच्चारण जूरिख हुन्छ, मेरो साथी प्रकाश ए. राज भन्नुहुन्छ किनभने उहाँलाई स्विस भाषाको अल्पज्ञान छ । त्यसै अल्पज्ञानको भरमा उहाँ पटक पटक भन्नुहुन्छ, जूरिक होइन जूरिख र मलाई आनन्द लाग्छ ।
विवाह पञ्चमीको रौनक
मङ्गल आजु जनकपुर हे, घरघर मङ्गल हे ! वध नगरियासे अएलै बरिअतिया हे सोहावन लागे... जनकपुर नगरिया भेलै शोर, हे सोहावन लागे ...!! मिथिलामा हुने बिहेमा गाइने गीत हो यो । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा यो गीत जनकपुरधाममा सुनिन थालिएको छ । लोकलहरीले जनकपुरधामको माहोल विवाहमय छ । विवाह,
फिज्यान्ट संरक्षणमा चुनौती
नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बि
आँसु (कविता)
हामी आँसु बहाइरहेछौँ जो भूकम्पले पुरिएर गए जो पहिरोले लछारिएर गए हामीले विषादमा नरोएको भए अनुभूतको आकाशबाट आँसु नबहेको भए
गजल
तिम्रो मुटु मेरो मुटु साथसाथ रह्यो सयौँ जुनी बाँच्ने कुरा आसआस रह्यो उकाली ओराली धेरै यात्रा सँगैसँगै गर्याेँ नछुट्टिने सयौँ वाचाहरू खातखात रह्यो
अर्को सेल्टरमा नसरेको भए...
नेपालमा कुनैबेला यस्तो समय पनि थियो, जतिबेला नन्दबहादुर पुनको मृत टाउको लिएर आउनेलाई तत्कालीन सरकारले ३५ लाख रुपियाँ पुरस्कार दिने औपचारिक घोषणा गरेको थियो । टेलिभिजन, रेडियो, पत्रपत्रिका र सार्वजनिक ठाउँमा उहाँको टाउकोको मूल्य किटान गरिएको थियो । त्यसको डेढ दशक नबित्दै नेपालको दोस्रो सर्वोच्च मर्यादा क्रममा रहने उपराष्ट्रपति पदमा उहाँ बहाल हुनुभयो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पुनद्वारा लिखित ‘यात्रा जिन्दगी : जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ यही उथलपुथलकारी यात्राको सजीव र सनसनीपूर्ण साबिती बयान हो ।
स्कन्द भेल र गोरा पुरोहित
वेल्स राज्यमा पर्ने स्कन्द भेल लन्डनबाट करिब पाँच घण्टाको यात्रामा सकिन्छ । श्रीलङ्काका तमिल समुदायको बाहुल्यता देखिने यस मन्दिरमा दक्षिण भारतीय र पछिल्लो समय नेपालीको पनि उल्लेख्य उपस्थिति हुन थालेको छ । एकै स्थानमा धेरै देवीदेवताको पूजा गरिने भएकाले यसलाई ‘परमेश्वरहरूको समुदाय’ का रूपमा विकसित गर्दै लगिएको छ । त्यति मात्र हैन, आत्मा भएका सबै प्राणी पवित्र हुन्छन् भन्ने दर्शनको आधारमा यहाँ विभिन्न जनावर तथा पन्छीको समेत पालन गरिएको छ । बेलायतमा बस्ने श्रीलङ्काली समुदायको यो महान् कामलाई प्रोत्साहनस्वरूप त्यहाँका तत्कालीन राष्ट्रपति जयबद्र्धनाले उपहार पठाउनुभएको हात्ती ‘भल्ली’ अहिले पनि विशेष महìवका साथ पुजिने गर्दछ । यस स्थलको स्थापना गर्ने गुरु श्रीसुब्रमण्यम
संरक्षणको पर्खाइमा सालिक
विश्व समुदायमा नेपालको परिचय के हो र ? नेपाल जस्ता विकासोन्मुख र साना देशहरूको परिचय विश्व समुदायमा सधैँ एकनासको हुन नसक्दो रहेछ । नेपालको स्थायी परिचय भूपरिवेष्टित तथा हिमाली मुलुक हो । प्राकृतिक/जैविक सम्पदाहरू नदी र वनजङ्गलका साथै विश्वको सर्वाेच्च शिखर सगरमाथा, सांस्कृतिक विविधता र बुद्धको जन्मस्थल पनि नेपालका स्थायी परिचय हुन् ।
प्रेमका प्रतीक रानीमहल
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि
सार्कमा गतिरोध दोष कसको ?
सन् २०१६ मा पाकिस्तानमा आयोजना हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन अझै अन्यौलमा छ । सन् २०१४ को नोभेम्बरमा काठमाडौँमा आयोजना भएको १८औँ शिखर सम्मेलनमा अध्यक्षको जिम्मेवारी लिएको नेपालले त्यसलाई बिसाउन पाएको छैन । सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको सम्मेलनबाट अध्यक्षको जिम्मेवारी पाकिस्तानलाई सुम्पिने तयारी गरिरहेको नेपाल त्यसको सात वर्ष बित्दा पनि सार्कको अध्यक्ष छ । १८औँ शिखर सम्मेलन पनि सन् २०११ मा माल्दिभ्समा सम्पन्न सम्मेलनको तीन वर्षपछि आयोजना भएको थियो ।
मुखुन्डो
माघको चिसो सिरेटोमा कुहिरोको कवजभित्र म आफू तातो महसुस गर्दै हिँडिरहेको थिएँ । नरकटको झाडी र कालोपुलको खोला आफ्नै सुरमा सुसाइरह्यो । हिडँदा हिँडदै केही मानिस मेरो सुराकी लागेँ । समयले केही नयाँ रहस्य अचानक खोतल्दै गरेको आभाष हुँदै थियो । यात्रामा म एक्लो तर कमजोर देखिइन तर पछाडिको आकृतिसँग आँखा जुधाउन पनि समर्थ भईन् । नजिकै थियो कलेज तर डरको डिग्री अझ नजिक थियो । यसैबिच आफू उभिएको ठाउँबाट उज्यालो ओझेलमा प¥यो । तैपनि म असहज नदेखिन नक्कल पारेर सकेसम्म छिटो छिटो हिँड्न खोज्थे । मानव रूपी दानवलाई हेर्दिनथेँ । तथापि आफैँभित्र जन्मिएको मुटु काप्ने वास्तविकताबाट अब म मुक्त रहिनँ । योजनाबद्ध रूपमा ती दानवहरू पो हिँडेका थिए । डरले मन र तन दुवै अत्तालिए । बाँच्ने रहरबाहेक अर्को कुनै चाहना थिएन ।