• १२ असोज २०८१, शनिबार

गजल

blog

खुसी लाख भर्छु तिमीले भने

सयौँ सिन्धु तर्छु तिमीले भने


टिपी जूनतारा म आकाशको

सिँढीबाट झर्छु तिमीले भने


तिमी फूल बास्ना म उद्यान हुँ

सबै दुःख हर्छु तिमीले  भने


म हाँगा जुनीको तिमी हौ जरा

शरणमा म पर्छु तिमीले भने


कहाँ बन्छु ढुङ्गा तिमी पग्लिँदा

गरी घात मर्छु तिमीले भने